मानिसहरु आजभोलि एक्लै अथवा एकल परिवारमा रमाउन थालेका छन, श्रीमान्, श्रीमती र छोराछोरी । हजुरबुबा, हजुरआमाको चलन बिर्षन लागिसक्यो नेपाली समाजले । बुढेसकाल लागेका बाबुआमालाई एक्लै छाडेर छुट्टै बस्नेहरुलाई यो एउटा उदाहरण हो । परिवारमा खुशी हुनलाई २,४ जना बसेर मात्र सकिदैन ।

 

मन हो ठूलो कुरा हेर्नुहोस त अङ्ग्रेजीलालको परिवार ५० जना भएर पनि खुशी छन । हो, हाम्रो समाज यस्तै थियो । ठूलो परिवारमा बस्ने तर समयको परिवर्तन संगै यो अबस्था बदलिएको छ । यस्तै कैलालीमा एउटा अनौठो परिवार छ, जुन परिवारमा ५० जना छन । सबैको आ आफ्नै जिम्मेवारी, कामको बाडफाड गर्ने उनिहरुको परिवार एउटा टोल जस्तो देखिन्छ ।

 

घर कारखाना जस्तो देखिन्छ, ब्यबस्थापन राम्रो देखिन्छ । रोचक कुरा त के छ भने यति ठूलो परिवारमा १ जनाको मात्र बैकमा खाता छ । घरमा अलि पैसा जम्मा हुनेबित्तिकै उनकै खातामा राख्ने रहेछन । जति ठूलो परिवार उति ठूलो मन । हेर्नुहोस भिडियो ।

 

भिडियो  हेर्नुहोस:

 

सयुक्त परिवार VS एकल परिवार

शास्त्रमा भनिएको छ, परिवारको केन्द्र स्त्री र धर्म हुन्छ । दुबैको सम्मानले नै परिवार र समाजलाई बलियो बनाइराख्छ । स्त्री जो, परिवारको गजुर हुन् । धर्म त्यस गजुरको ताकत ।

परिवार-सुखलाई जीवनको सर्वोच्व सुख मानिएको छ । जब हाम्रो परिवार मर्यादित हुन्छ, उत्तरदायी हुन्छ, सुखी हुन्छ, खुसी हुन्छ, तब हाम्रा सबै दुःख, कष्ट, पीडा, अभाव नष्ट हुन्छ । त्यसैले हामी जहिले पनि परिवारसँग एकाकार भएर नै जीवनको सर्वोच्व खुसी खोज्ने हो ।

तर, अहिले हाम्रो परिवार विखण्डित हुँदैछ । टुक्रदैछ । हामी आमाबुवालाई बृद्धाश्रममा पुर्‍याउँछौं । छोराछोरीलाई होस्टलमा । एक्लो जीवनमै रमाउने अभ्यास गर्छौं ।

तर, मान्छेको प्रवृत्ति वा स्वभाव एक्लै बस्ने होइन । आदिम युगदेखि नै हामी समूहमा बस्दै आयौं । एकअर्काको आड भरोसा, एकअर्काको दुःखसुख साटेर बाँच्दै आयौं । समूहबाटै हाम्रो समाज बन्यो । त्यही समाजले तय गरेको मूल्य र मान्यतालाई आत्मसात गर्दै हामी पारिवारिक जीवनमा अभ्यस्त भयौं ।

कुनैबेला हामी संयुक्त परिवारमा बस्थ्यौं । एउटै छानोमुनी हजुरबा, हजुरआमा, काका, काकी, बुवा आमा, छोरा, छोरी, दाजुभाई-दिदीवहिनी बस्थ्यौं । यस्तोमा घरका पाको व्यक्ति हाम्रा आदर्श बन्थे । घर परिवारलाई एकढिक्का बनाएर राख्न उनीहरुको महत्वपूर्ण भूमिका हुन्थ्यो ।

हरेक घरको आफ्नै संस्कार हुन्छ, चालचलन हुन्छ । त्यही संस्कारले नै परिवारलाई मर्यादित बनाउने हो । अक्सर हजुरआमा, हजुरबाले आफ्ना सन्ततीलाई पारिवारिक संस्कारको पालना गराउँथे । उनीहरुले आफुले हासिल गरेको परिपक्क सीप, ज्ञान, अनुभव बाँकी पुस्तामामा बाढ्थे ।

तर, समय फेरियो । पारिवारिक संरचना फेरियो । परिवारको दायित्व र मर्यादा खुम्चियो । अहिले हामीले संयुक्त परिवारलाई टुक्रायौं । एकल परिवारमा रमाउन थाल्यौं । आमाबुवा, छोराछोरी सबैजना एकै छानोमुनी बस्ने, एउटै चुल्होमा पकाएर खाने बानी हराउँदै गयो । हामी एक्लिदै गयौं । हाम्रा खुसी र उत्साह पनि छाँटिदै गयो ।

परिवारको केन्द्र
परिवारलाई एकढिक्का बनाउनका लागि महिलाको खास भूमिका रहन्छ । पारिवारिक धर्मले पनि सबै सदस्यलाई मर्यादित जीवन जिउनका लागि प्रेरित गर्छ । धर्मले मान्छेलाई विनम्र बनाउँछ । विनम्रताले एकअर्कामा सम्मान भाव पैदा गर्छ । एकअर्कामा गरिने आदर सम्मानले परिवारलाई सुखी तुल्याउँछ । परिवारलाई सुखी, खुसी, समृद्ध बनाउनका लागि धेरै कुराको आवश्यक्ता हुन्छ ।

कुलको सम्मान
खासमा कुल भनेको हाम्रो परिवारको उद्गम हो । आफ्ना पूर्खालाई हामी कुल मानेर श्रद्धा गर्छौं । कलहले कुलको नष्ट हुन्छ । कुलिनताले कुलको वृद्धि हुन्छ । संयुक्त परिवारको आधार हो, कुल, कुलको परम्परा, कुल देवता, कुल देवी, कुल धर्म र कुल स्थान । धर्मकोल अरु पनि कुनै केन्द्र हुन्छ, जसलाई सम्भिmएर त्ससलाई सम्मान गर्नुपर्छ ।

स्त्रीको धर्म
शास्त्रको अनुसार स्त्री परिवार र धर्मको केन्द्रविन्दु हो । यसैले स्त्रीले पनि आफ्नो धर्मलाई पालना गर्नुपर्छ । आफ्नो मर्यादाको ख्याल गर्नुपर्छ । शासत्रले भन्छ कि, स्त्रीले पति र घरका बुजुर्गको कुरालाई सम्मान गर्नुपर्छ । पालना गर्नुपर्छ ।

पति र पत्नीबीच मतभेद हुनु सामान्य र स्वभाविक हो । तर, यस्तो अवस्थामा संयमित भएर पतिको साथ दिनुपर्छ । पतिसँग यस कुरामा एकान्तमा छलफल गर्नुपर्छ । स्त्रीले आफ्नो चरित्रलाई उत्तम बनाएर राख्नुपर्छ । शास्त्र भन्छ कि, जब पति पत्नीमा आपसी कटुता वा मतभेत हुँदैन, गृहस्थी धर्म, अर्थ वा काम सुख समृद्ध हुन्छ ।

पुरुषको धर्म
शास्त्र अनुसार जहाँ नारीको पूजा र सम्मान हुन्छ, त्यहाँ सुख, शान्ति र समृद्धि रहन्छ । पुरुषले यदि स्त्रीको उचित सम्मान गर्दैन, उनको भावनाको ख्याल राख्दैन भने उनको पारिवारिक जीवन नर्क समान हुन्छ । पुरुष एक पत्नीव्रत हुनुपर्छ ।

पुरुषले आफ्नो योग्यता, धन, बुद्धि सम्मान, शुद्ध चरित्र र परिवारप्रति दयाभाव बढाउनुपर्छ । परिवारका पाको, स्त्री र बच्चालाई खुसी राख्नमा ध्यान दिनुपर्छ । पुरुषले वीरतापूर्वक आफ्नो जिम्मेवारी वहन गर्नुपर्छ । हरेक समयमा उनले नेतृत्वदायी भूमिका खेलेर आफ्ना परिवारका सदस्यमा सहास र भयमुक्त जीवनको संचार गराउनुपर्छ । यद्यपी पुरुषले आफ्नो निर्णय एकलौटी रुपमा लिनु हुँदैन । सबैसँग सल्लाह गरेर लिनुपर्छ ।

संयुक्त परिवारको महत्व
संयुक्त परिवारमा आमाबुवा, हजुरआमाहजुरबा, छोराछोरी रहन्छन् । काकाकाकी पनि रहन सक्छ । परिवारका सबै सदस्य एकढिक्का भएर बस्नु नै संयुक्त परिवारको खास विशेषता हो ।
हिन्दु सनातन धर्मले संयुक्त परिवारलाई श्रेष्ठ शिक्षण संस्थान मानेको छ । धर्मशास्त्रमा भनिएको छ, जुन घर संयुक्त परिवारको पोषक हुन्न, उनीहरुको शान्ति र समृद्धि केवल एक भ्रम हो ।

संयुक्त परिवारले नै घरमा खुसी र समृद्धि ल्याउने हो । संयुक्त परिवारको रक्षा हुन्छ, सम्मान हुन्छ, संयम हुन्छ र सहयोग हुन्छ । संयुक्त परिवारबाट संयुक्त उर्जाको जन्म हुन्छ । संयुक्त उर्जाले हरेक दुःख नष्ट गर्छ । संयुक्र परिवार बढेर कुटुम्ब सम्बन्ध बन्छ । कुटुम्बको भावनाले सबै किसिमको दुःख मेटिन्छ । यही पितृयज्ञ पनि हो ।

तर, आजको सामाजिक परिवर्तनले धेरै परिवारलाई टुक्र्याएको छ । संयुक्त परिवारको ठाउँमा एकल परिवार छ । बद्लिदो जीवनशैली र प्रतिस्पर्धाले तनाव एवं बेचैनी जन्माइदिएको छ ।
जबकी संयुक्त परिवारमा तनाव कम हुन्छ । एकअर्काको सहयोग, आड भरोसाले जीवन सधै खुसीपूर्वक वित्छ ।

संयुक्त परिवारमा बालबच्चाको लालनपालन र मानसिक विकास पनि सही ढंगले हुन्छ । बुढाबुढीहरु सन्तुष्ट हुन्छन् । बालबच्चाले घर परिवारबाट अमूल्य संस्कार सिक्ने मौका पाउँछन् ।

कसरी जन्मन्छ पारिवारिक प्रेम
-परिवारमा एकले अर्काको सम्मान गर्नुपर्छ । मर्यादाक्रम अनुसार आफन्त, ठूला एवं पाका व्यक्तिहरुलाई श्रद्धा गर्नुपर्छ । उनीहरुबाट अनुभव, शिक्षा दिक्षा लिनुपर्छ । संस्कार सिक्नुपर्छ ।
-परिवारका सदस्यले एकअर्काको दुःखमा साथ दिनुपर्छ । आपसमा मिलेर हरेक समस्याको हल खोज्नुपर्छ ।

-घरका मूल अर्थात हजुरआमा, हजुरबा । वा बुवाआमा सधै पूज्य हुन्छन् । उनीहरुले निर्धारण गरेको मूल्य र मान्यतालाई परिवारका अन्य सदस्यले पालना गर्नुपर्छ ।
-सबैजना सक्रिय रहने, स्वस्थ्य रहने, सकारात्मक रहने अभ्यासले घरमा समृद्धि भित्रिन्छ ।

-घर परिवार चलाउनका लागि पूँजी अर्थात पैसाको आवश्यक्ता पर्छ । तर, पारिवारिक सुखमा पैसालाई मूल कारण बनाउनु हुन्न ।
-पारिवारिक उत्सव, चाडपर्वमा सबैले समान सहभागिता जनाउनुपर्छ ।
-परिवारका सबैले आ-आफ्नो मर्यादा पालना गर्नुपर्छ । परिवारका सदस्यले आफ्नो जिम्मेवारी एवं उत्तरदायी विर्सनुहुन्न । स्रोत: साझा सवाल र रेडियोकलाको सहयोगमा