आफूलाई नेपाल प्रहरीको नायब उपरीक्षक (डी.एस.पी) भएको बताउँदै ठगी गर्दै आएका एक युवक पक्राउ परेका छन्। दुई सातादेखि डी.एस.पी.बताउदै धाक, धम्कि, रवाफ देखाई आपराधिक गतिविधि गर्दै आएका थिए ।


प्रहरीका अनुसार भक्तपुर बालकोट घर भएका ३५ बर्षका अनिल थापा रहेका छन्। कमलादी स्थित तिरुप होटलको कोठा नम्बर २०३ मा बसि ठमेल र दरबारमार्गका होटल, रेष्टुराँहरूमा समेत उनले ठगि कार्य गर्दै आएका थिए ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका अनुसार उनीविरुद्ध अदालतबाट अनुसन्धानका लागि म्याद लिएर किर्ते अभियोगमा अनुसन्धान भइरहेको छ।