माेरङ -रामजानकी टोलमा मोबाइलको ब्याट्री पड्किएर शुक्रबार एक बालकको ज्यान गएको छ भने एक बालिका घाईते भएकी छिन । मृत्यु हुनेमा सुभाष मण्डलको ११ वर्षीय छोरा अमित मण्डल छन् भने  राजेश मण्डलकी ६ वर्षीया छोरी राधिका मण्डल घाइते भएकी छिन् ।

शुक्रबार दिउँसो बाटोमा भेट्टाएको मोबाइलको ब्याट्री आगोमा हाल्दा पड्किन गदुवै जना गम्भीर घाइते उनिहरुलाई उपचारको लागि तत्काल कोशी अञ्चल अस्पताल विराटनगर लगिएकोमा उपचारकै क्रममा अमितको मृत्यु भएको र राधिकाको कोशी अञ्चल अस्पतालमा नै उपचार भइरहेको प्रहरीले जनाएकाे छ । 

मृतक अमित मण्डलकाे परिवारलाई प्रदेश सरकारले १ लाख रुपैयाँ राहत र घाइते राधिका मण्डलको उपचार गरिदिने भएको छ । प्रदेश-१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले मृतक मण्डलका परिवारलाई कोशी अञ्चल अस्पताल पुगेर तत्काल २५ हजार नगद हस्तान्तरण गर्नुभयाे।