आइतार राति इटालिएन सिरि एमा क्रिस्टियानो रोनाल्डोको टोली युभेन्ट्स रोमा फुटबल क्लबसँग २–० ले पराजित भयो ।

 

सो खेलमा क्रिस्टियानो रोनाल्डो र रोमाका कप्तान आलेसान्द्रो फ्लोरेन्जीबीच विवाद भएको थियो। त्यस क्रममा रोनाल्डोले फ्लोरेन्जीलाई होचो उचाईको भन्दै जिस्क्याएका थिए ।

 

रोमाका खेलाडी इदेन जेकोलाई घाइते भएका कारण उपचार गरिएको बेलामा खेलको ५८ औं मिनेटमा दुवैबीच विवाद सुरु भएको थियो। रोनाल्डोले जब फ्लोरेन्जीलाई होचो भएको र धेरै नबोल्न रोनाल्डोले संकेत गरेका थिए।

 

अवस्था थप जटिल बनेको थियो। परिस्थितीलाई नियन्त्रण गर्न आक्रोशित फ्लोरेन्जीलाई उनका खेलाडी साथीले पछाडि तानेका थिए ।

 

भिडियो हेर्नुहोस