भारतमा चर्चित बनेकी अभिनेत्री सुरवीन चावला फेरि चर्चामा छाएकी छन् । एक महिनाअघि छोरी ईवालाई जन्म दिएकी उनले फोटोसुट गरेसँगै चर्चामा आएकी हुन् ।

चावलाले छोरीको नाम ईवा राखेकी छन् । सोमबार उनले छोरीसँग गरेर इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । फोटोमा चावलाले छोरीलाई छातीमा टाँसेकी छन् । उनले ‘ब्ल्याक एण्ड ह्वाइट’मा खिचिएको फोटो अति सुन्दर भन्दै तारिफ सुरु भएको छ ।

 

अभिनेत्री सुरवीन चावला साथमा उनको १ महिनाको छोरी

 

चावलाले इन्स्टाग्राममा फोटो शेयर गर्दै लेखेकी छन्, ‘यो माया हो, जसमा एक महिनाको पहिचान लुकेको छ ।’ उनले पहिलो पटक छोरीसँग फोटो खिचेर शेयर गरेको उल्लेख गरेकी छन् । एजेन्सी

 

केही समय अगाडीका तस्बिर: