नायिका स्वस्तिमा खड्का आफ्नो समाजिक संजालमा रमाइरहेको फोटो शेयर गर्न मन पराउँछिन् । हाल उनी अष्ट्रलियाको समुन्द्रमा रम्दै गरेको तस्बिर इन्स्टाग्राम र फेसबुकमा सार्वजनिक गरेकि छिन् । उनले आफ्नो समाजिक संजालको ‘डे’ मा तस्बिर सार्वजनिक गरेकि हुन् ।

 

०७५ मा स्वस्तिमा खड्काले अभिनय गरेको ‘बुलबुल’, ‘जय भोले’ र ‘नाइँ नभन्नु ल ५’ रिलिज भयो । यो वर्ष उनी अभिनित सबै फिल्मको व्यापारिक रिपोर्ट औसत नै थियो तर ‘बुलबुल’मा उनले गरेको अभिनयले सर्वत्र प्रशंसा पायो ।

 

समीक्षकहरुले ‘बुलबुल’को अभिनयलाई स्वस्तिमाको करिअरकै उत्कृष्ट अभिनयको रुपमा विश्लेषण गरे । उनले निर्वाह गरेको टेम्पो ड्राइभरको भूमिकाले उनलाई ०७५ को अब्बल अभिनेत्रीको सूचीमा पु¥यायो ।

 

पाठ पढाउने ‘बुलबुल’

वाह्य प्रभावमा परेर बनाइने सिनेमाको त के कुरा गर्नु ? मौलिक भनिएकै नेपाली सिनेमाहरुमा देखिँदै आएको ठूलो समस्या हो– पटकथा र दृश्यमा मिहिनेत नगरिनु । फिल्ममा कथा त हुन्छ तर त्यसलाई भन्न दृश्यभन्दा बढी संवादकै सहारा लिइन्छ ।

 

अहिले हलमा प्रदर्शन भइरहेको फिल्म ‘बुलबुल’ यी समस्याहरुबाट पूर्णतः मुक्त छ । फिल्म हेरेर बाहिर निस्कँदासम्म फिल्मका पात्रहरुले मस्तिष्कबाट बिदा लिन मान्दैनन् बरु प्रश्नैप्रश्न सिर्जना गरिदिन्छन् । यो फिल्मको पटकथाकार समेत रहेका फिल्म निर्देशक विनोद पौडेलको सबैभन्दा ठूलो सफलता हो ।

 

फिल्मको नामै, ‘बुलबुल’ । झट्ट सुन्दा लाग्दो हो– यो फिल्मकै कुनै क्यारेक्टर हो । तर, यथार्थमा यो निर्देशकले पात्रको जीवनलाई हेरेर दिएको एउटा सुन्दर विम्ब हो । ‘बुलबुल’ अर्थात् पानीको फोका ।

 

फिल्मकी प्रमुख पात्र रणकला (स्वस्तिमा खड्का)को जीवन पनि पानीको फोकाजस्तै छ । उनको जीवनसँग जोडिने खुशी र सम्बन्धहरु पनि फोकाजस्तै लाग्छन् । आउँछन् तर एकछिनका लागि । त्यसपछि फेरि फुट्छन र उनको जिन्दगीबाट बिलाउँदै जान्छन् । फिल्म हेरिसकेपछि यस्तै महसुस हुन्छ ।

 

‘बुलबुल’ काठमाडौंमा टेम्पो चलाउने रणकला (स्वस्तिमा खड्का)को कथा हो । उनको जिन्दगी त्यही टेम्पोको ‘स्टेयरिङ’सँगै घुमिरहेको छ । टेम्पो चलाएरै उनी घर चलाइरहेकी छन्, डेराको भाडा तिरिरहेकी छन्, छोरीको फि तिरिरहेकी छन् अनि घरमा प्यारालाइसिस भएर थलिएका ससुरा बा’को उपचार पनि गरिरहेकी छन् ।

 

श्रीमान् विदेश गएको ६ वर्ष भयो तर अझै घर फर्किएका छैनन् । यसरी श्रीमान् कुरिरहेकी रणकलालाई जर्बजस्त प्रेम गर्न थाल्छन्, अर्घाखाँचीका चोपेन्द्र भुषाल (मुकुन भुषाल)। दिनहुँ उनकै टेम्पो चढ्छन् । सहचालक बनेर ‘छाउनी, स्वयम्भू, भगवानपाउ…’ भन्दै उनलाई यात्रु बोलाउन सघाइदिन्छन् ।

 

चोपेन्द्रको प्रेमलाई रणकलाले कसरी लिन्छिन् ?
एउटी टेम्पो महिला चालकको जिन्दगी कस्तो हुन्छ ?
ग्यारेजको मिस्त्रीले रणकलासँग कस्तो व्यवहार गर्छ ?
यात्रुले हेर्ने नजर कस्तो हुन्छ ?
श्रीमान् विदेश भएकी महिलालाई समाजले कसरी मौका छोप्न खोज्छ ?

 

फिल्ममा निर्देशकले रणकलामार्फत यिनै प्रश्नहरुको जवाफ दिने प्रयत्न गरेका छन् । दर्शकले फिल्ममा सूत्र खोज्दैनन्, पात्र खोज्छन् । फिल्म हेर्दै गर्दा यस्तै लाग्छ । निर्देशकले कथा भन्नलाई फिल्मको कुनै परम्परागत सूत्र र संरचना पछ्याउन आवश्यक ठानेका छैनन् । आफूलाई भन्न मन लागेको कथा आफ्नै शैलीमा भनेका छन् । त्यसैले पनि दर्शकलाई पृथक् र मौलिक लागिहाल्छ ।

 

फिल्ममा पात्रको अभिनयसँगै दृश्य, ध्वनि र प्रकाशको गज्जब सम्मिश्रण छ । धेरै दृश्यहरु छन्, जसले दर्शकको ध्यान मात्रै तान्दैनन्, अर्थपूर्ण पनि लाग्छन् । निर्देशकले विम्बको प्रयोग एकदमै धेरै गरेका छन् । जस्तै, रणकलाले कुदाउने टेम्पोको पाङ्ग्रा । टेम्पोको एउटा पाङ्ग्रा काम नलाग्ने डायलगपछि चोपेन्द्रसँगको सम्बन्धमा देखिने ‘ट्विस्ट’ले त्यो प्रस्ट पार्छ ।

 

रणकला नुहाइरहेको दृश्यले पनि नयाँ जीवन थाल्ने निर्णयको संकेत गर्छ । श्रीमतीले ब्लु फिल्म हेर्दा पिट्ने श्रीमान्को दृश्यले हाम्रो सामाजिक अवस्थालाई दर्शाउँछ । नेपाली फिल्ममा महिला चरित्र र पुरुषप्रधान मानसिकतालाई यति स्वाभाविक र कलात्मक ढंगले चित्रण गरिएको विरलै पाइन्छ । निर्देशकमा देखिएको यो संवेदनशीलता तारिफयोग्य छ ।

 

ब्लु फिल्म हेरेकै कारण श्रीमान्को पिटाइ खाएकी भीमा (लक्ष्मी बर्देवा)ले त्यसपछि रिस मार्नलाई खाने केराको दृश्य उस्तै मार्मिक लाग्छ । रणकला र चोपेन्द्र सँगै बसेर मकै खाइरहेका बेला पृष्ठभूमिमा एक पात्रले बजाउने बाँसुरीको धुनले प्रेम महसुस गराउँछ । रणकलाको मोबाइलमा पटकपटक बजिरहने रिङटोन अर्को सुन्दर विम्ब हो । रिङटोनले ‘मेरो जीवनबाट जाने भए जाऊ, तर अन्तिमपल्ट भेट्न आऊ’ भनिरहँदा त्यसले परदेशिएका श्रीमान्प्रति रणकलाको प्रेम र आशा दर्शाइरहेको हुन्छ । फिल्मको ‘इन्डिङ सिन’ पनि उस्तै मन छुने छ ।

 

फिल्ममा साउन्डको प्रयोग पनि विम्बात्मक छ । पात्रको डर र पीडासँगै पृष्ठभूमिमा बज्ने साउन्डले दर्शकको ध्यान झन् खिँच्छ । पानी परिरहेको आवाज र दृश्य उस्तै प्रतीकात्मक लाग्छ । पानी परिरहेको आवाजले पात्रको भावना, परिस्थिति र मनोदशालाई चित्रण गरिरहेजस्तो लाग्छ । रणकलाको एक्लोपन र आँसुसँगै पर्ने पानी विम्बात्मक छ । खतराको आवाजले भने पात्रको डर संकेत गरिरहेजस्तो लाग्छ ।

 

धेरै नेपाली फिल्ममा झैँ यो फिल्ममा पनि अन्तरंग दृश्य छन् । ‘राँडाबान’, ‘जाँठा’जस्ता गाली पनि छन् । तर दृश्यप्रति कहीँकतै निर्देशकको गलत नियत देखिन्न । उनले फिल्ममा पात्र र उनीहरुको सम्बन्धलाई यति स्वाभाविक ढंगले पस्केका छन् कि ती दर्शकलाई स्वाभाविक लागिदिन्छ । अपाच्य महसुस हुन्न । सधैँ निर्मम देखिँदै आएको सेन्सर बोर्डले समेत सायद यस्तै महसुस गरेर तिनलाई सग्लै छाडिदियो ।

 

फिल्मका कलाकारको पहिरनप्रति पनि निर्देशक सचेत देखिन्छन् । प्रायः रोनाधोना र रोमान्टिक फिल्ममा अभिनय गर्दै आइरहेकी स्वस्तिमा खड्का गीतमा नाच्दा पनि कुर्ता सुरुवालमै हुन्छिन् । ‘गीतमै भए पनि ग्ल्यामरस देखाइदिऊँ न त’ भन्ने नियत निर्देशकले राखेका छैनन् ।

 

‘बुलबुल’ अभिनेत्री स्वस्तिमा खड्काको करिअरमा सम्झनलायक फिल्म हो । उनले यसमा जस्तो अभिनय यसअघिका कुनै फिल्ममा गरेकी थिइनन् । लक्ष्मी बर्देवाको अभिनय झन् बुलन्द छ । फिल्म हेर्दा यस्तो लाग्छ, सायद स्वस्तिमाको चरित्रमा लक्ष्मी भएको भए झन् गज्जब हुन्थ्यो । नेपाली फिल्म क्षेत्रका लागि ‘बुलबुल’ले दिएको एउटा सुन्दर उपहार हो– मुकुन भुषाल ।

 

उनको हाउभाउ र अभिनय कहीँकतै पनि दर्शकलाई बिझाउँदैन । चोपेन्द्रको चरित्रमा उनी जीवन्त लाग्छन् । अर्घाखाँचीका उनले आफ्नै गाउँघरको बोली बोल्दा दर्शकलाई प्रिय लाग्छ । जोयस पान्डे, दीपक क्षेत्रीको अभिनय पनि फिल्ममा स्वाभाविक नै छ ।

 

यो फिल्म सुन्दर बन्नुको श्रेय सिनेमाटोग्राफर सुसन प्रजापतिलाई पनि जान्छ । निर्देशकको कल्पनालाई उनले दृश्यमा दुरुस्तै कैद गरेका छन् । कथाको लय र पात्रको मुडअनुसार नै उनले क्यामेरा चलाएका छन् । एउटै टेम्पोलाई पात्रको अवस्थाअनुसार विविध फ्रेममा देखाउनु कलात्मक लाग्छ ।

 

धेरै राम्रा पक्षहरु हुँदाहुँदै दर्शकलाई फिल्म थोरै सुस्त लाग्न सक्छ । पात्रको जीवनशैलीलाई विस्तृत देखाउन खोज्दा फिल्मको गति सुस्त भएकै हो । यसमा निर्देशकले थोरै ख्याल गरेको भए दर्शकले बोर मान्ने ठाउँ रहने थिएन । निर्देशकले फिल्मलाई जसरी ‘ओपन इन्डिङ’ गरेर छोडेका छन्, त्यसले सबैखाले दर्शकको चित्त बुझाउँदैन । यद्यपि यसरी दर्शकलाई आफ्नो ढंगले बुझ्ने छुट दिनु निर्देशकले जानीजानी मोलेको चुनौती हो । र, यो ठूलो साहस पनि हो ।

 

शंकै छैन, ‘बुलबुल’ नेपाली फिल्ममा नयाँ प्रयोग हो । हलमा दर्शक बटुल्लारनबटुल्ला त्यो अर्कै कुरा तर नेपाली फिल्मको परम्परागत कथ्य शैलीलाई प्रहार भने पक्कै गर्छ । फिल्म यसरी पनि बनाउन सकिन्छ भनेर पुरानै ढर्रामा अल्झिएका फिल्मकर्मीका लागि ‘बुलबुल’ एउटा पाठ बन्न सक्छ । खड्का हिट चलचित्र ‘होस्टल रिटन्र्स’बाट कलाक्षेत्रमा डेब्यु गरेकी हुन् अभिनेत्री स्वस्तिमा खड्काले ।

 

पहिलो चलचित्रबाट नै उनी सफलताको झण्डा गाड्न सफल रहिन् । अभिनयको सफलता सेलाउन नपाउँदै निर्देशक निश्चल बस्नेतसँगको लगनगाँठो उनको अर्काे चर्चाको विषय बन्यो । केही वर्ष अगाडि उनले निर्देशक निश्चल बस्नेतसँग लगनगाँठो कसेकी हुन् । म्युजिक भिडियो हँुदै चलचित्र यात्रा थालेकी खड्का अहिले फेरि चर्चामा छिन् ।

 

थुप्रै म्युजिक भिडियो र केही भिडियो चलचित्र अभिनय अनुभव सँगालेकी उनी अहिले श्रीमान् हिरो रहेको चलचित्र ‘दुई रुपियाँको हिरो’ समेत अभिनय गरिरहेकी छन् । थोरै चलचित्र अभिनय गरे पनि राम्रो चर्चा पाउने अभिनेत्री स्वस्तिमाको रातोपाटी अनलाईनमा सार्वजनिक अन्तर्वार्ता हेरौँः

 

फुर्सदमा मनोरन्जन कसरी गर्नु हुन्छ ?
मेरो मनोरन्जन लिने प्रमुख साधन भनेको मोबाइल हो । गीत सुन्नेदेखि युट्युबमा विभिन्न भिडियोहरु हेर्नसम्म मोबाइलबाट गर्ने गरेकी छु ।
फिटनेसमा कतिको ध्यान दिने गर्नुभएको छ ?
त्यो कुनै क्लासहरु ज्वाइन गरेकी छैन । ज्वाइन गर्ने प्लान धेरै पहिलेदेखिको हो । म स्लिम छु र बिजी छु । त्यसैले फिटनेसतिर ध्यान खासै दिनुपरेको छैन ।

 

फेसनमा कतिको रुचि छ ?
मोडलिङ फिल्ड मेरो पेशा भएपछि यसमा लगाव नहुने कुरै भएन । अरु मोडल अभिनेत्रीको तुलनामा म फेसनएबलभन्दा पनि कम्फर्टेबल पहिरनमा जोड दिन्छु । म फेसन कन्सियस नभएको पनि होइन । ठीकै छ भन्न रुचाउँछु ।

 

स्वतन्त्र लाइफलाई विवाहले कतिको प्रभाव पार्दाे रहेछ ?
त्यो आफूमा भर पर्ने कुरा हो । आफ्नो स्वतन्त्रताले कसैले हानि गर्दिएन भने निर्धक्क स्वतन्त्र हुन पाइन्छ । विवाह अगाडिभन्दा पछाडि केही कुरामा बाधिनुपर्छ । प्रभाव अलिअलि पर्छ । तर धेरै कुरा आफुमा भर पर्ने कुरो हो ।

 

श्रीमान् निश्चलजीसँग कतिको डिस्कस पर्छ ?
पर्छ, नपर्ने भन्ने कुरै हुँदैन । एक दुई दिनसम्म पनि नबोल्ने स्थिति बनेको पनि छ । यस्तो अवस्थामा केटी मान्छेहरुले प्रायः फकाउँदैनन् रे । तर म भने मेरो गल्ती छ भने आफै रियलाइज गरेर फकाउन अगाडि सर्छु । श्रीमान् फकाउन मलाई रमाइलो पनि लाग्छ । धेरै जसो निश्चलजीले नै मलाई फकाउने गर्नुभएको छ ।

 

जीवनमा गर्न नसकेको कुरा केही छ कि ?
म आर्किटेक्चर अध्यायन गरिरहेकी छु । यसमा मैले ब्याजलर कटाउन सकेकी छैन । पूरा गर्न नसकेको कुरा भनेको यही हो ।
मनपर्ने जनावरको नाम लिनुपर्दा ?
मनपर्ने जनावर कुकुर नै हो । यसमा ह्युम्यान सेन्स रहेको हुन्छ । त्यसपछि मनपर्ने भनेको पान्डा हो । पान्डा अति मनपर्छ, राम्रो लाग्छ ।

 

घुम्न मनपर्ने ठाउँ छन् ?
मलाई पोखरा नै राम्रो लाग्छ । यो ठाउ नै रमाइलो लाग्छ । त्यसपछि रमाइलो ठाउँ भनेको काठमाडौँ नै हो । आफू जन्मेको हुर्केको ठाउँ भएर होला सायद धेरै रमाइलो लाग्छ । काठमाडौँको जाम र धुलो धुवाँबाट भने दिक्दार छु ।

 

कलाक्षेत्रमा लागेका व्यक्तिको मन नपर्ने बानी छन् ?
चलचित्र क्षेत्रका धेरै व्यक्तिहरुसँग मेरो त्यस्तो रिलेसन छैन । प्रायसँग हाइ हेल्लो मात्र हो । अभिनेताहरु पनि धेरै क्लोज छैनन् । तर आफूले चिनेको र बुझेको र थाहा पाएको आधारमा भन्ने हो भने दही चिउरे (जता पनि ठिक्क अर्थात दुई चरित्रका) प्रवृत्ति भएका कलाकार धेरै छन् । यी प्रवृत्ति भएका कोही पनि मन पर्दैन ।

मनपर्ने हिरो ?
हिरो भनौँ कि अभिनेता भनौँ । अभिनेताको रुपमा बिपिन कार्की मनपर्छ ।

 

तस्बिरहरु हेर्नुहोस ; अष्ट्रेलियाको बिच लगायत पहिलेका तस्बिरहरु