युवा र युवती जतिबेला प्रेममा पर्छन, विवाह गर्छन्, त्यसबेला उनीहरु एकअर्काप्रति अघात माया प्रकट गर्छन् । एकअर्काविना बाँच्नै नसक्ने भाव व्यक्त गर्छन् । तर, जति जति समय गुज्रदै जान्छ, उनीहरुको प्रेमको जलप उप्किदै जान्छ । त्यस्तो अवस्था आउँछ, जतिबेला उनीहरु ति सबै नाटकिय व्यवहार गर्न छाड्छन् । वास्तविक रुपमा प्रकट हुन्छन् । यस्तो बेला देखावटी मायाको कुनै अर्थ रहँदैन ।

अक्सर दम्पती यही चरणमा पुगेपछि टुक्रिन्छन् । उनीहरुबिच मनमुटाव हुन्छ । झै-झगडा हुन्छ ।

दाम्पत्य जीवन सुखमय होस भन्ने चाहना सबैको हुन्छ तर यसलाई सुखद बनाउन भने धेरै गाह्रो छ । धेरैलाई लाग्छ विवाह पछि घर र कार्यालयको जिम्मेवारी निभाउन खासै गाह्रो हुँदैन तर, वास्तवमा यो चुनौतीपूर्ण कार्य हो । विवाहपछि समय व्यवस्थापन गर्न नसक्दा वा पतिपत्नीले एक अर्कालाई पर्याप्त समय दिन नसक्दा धेरै वैवाहिक सम्बन्धमा विस्तारै चिसोपना बढ्दै जाने गर्छ ।


खासमा पतिपत्नी बीचमा हुनुपर्ने विश्वास र भरोसा भएन वा दुई बीचमा हुनुपर्ने स्वस्थ मानसिकता भएन भने सम्बन्धलाई सहज रुपमा अगाडि बढाउन धेरै कठिन हुन्छ ।

वैवाहिक जीवनमा प्रवेश गरेको पहिलो पाँच वर्ष धेरै महत्वपूर्ण हुन्छ । सुरुको ५ वर्षमा पतिपत्नीबाट हुने गल्तीहरु यस्ता छन् जसले सम्बन्धलाई कमजोर बनाउँछ ।
१. आफैलाई परिवर्तन गर्नको सट्टा पार्टनरलाई बदल्ने चाहना राख्ने
२. जीवनसाथीसँग आवश्यकता भन्दा धेरै अपेक्षा राख्ने
३. सानो सानो कुरालाई मुद्दा बनाएर लडाईझगडा गर्ने, न आँफू चैनसँग बस्ने न अर्कालाई चैनसँग बस्नदिने ।
४. एक अर्काको दोषहरु खोजीखोजी आलोचना गर्ने र अपमान गर्ने

माथि उल्लेखित कारणहरुले विस्तारै पतिपत्नीमा दुरी बढ्दै जान सक्छ त्यसैले समय छँदै यदि पतिपत्नीले सुझबुझको साथमा देखिएका समस्याहरुको समाधान गर्न सकेनन् त्यसले वैवाहिक जीवन सुखद बनाउँदैन ।

ससाना समस्याहरुको चाँडै नै समाधान भएन भने एकअर्कामा लगाव नहुने र त्यसले अन्त्यसम्ममा सम्बन्ध विच्छेदको नै गराउने सम्भावना बढ्छ । त्यसैले दुवै जनालाईसम्बन्ध धेरै नै नाजुक हुन्छ भन्ने कुराको आभास हुन जरुरी छ । दुवैले एकअर्कालाई सम्मान गर्दै स्वस्थ मानसिकताको साथमा सम्हालिएर अगाडि बढ्नुपर्छ ।