भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको कट्टर आलोचकका रुपमा परिचित पश्चिम बङालकी मुख्यमन्त्री बनर्जीले प्रधानमन्त्री मोदीलाई राम्रोसँग एक लाइन अंग्रेजी पनि बोल्न नआउने आरोप लगाएकी छिन् ।

एक बंगाली भाषाको सञ्चार माध्यमका अनुसार मुख्यमन्त्री बनर्जी भन्छिन्, ‘प्रधानमन्त्री मोदी भाषण त खुब गर्छन् तर ठीकसँग एक लाइन अंग्रेजी बोल्न सक्दैनन् । जब उनी अंग्रेजी बोल्छन् उनी लगातार टेलीप्रम्प्टरमा हेरिरहन्छन् ।’

ममता बनर्जी थप्छिन्, ‘पूरा सञ्चार माध्यमलाई यो कुरा थाहा छ । अरु मानिसलाई पनि थाहा छ । उनी स्क्रीनमा हेरेर अंग्रेजीमा जे भन्नु छ त्यो भनिरहेका हुन्छन् । फेरि यस्तो बोल्छन् कि उनी यसमा निकै पोख्त छन् । तर मलाई त्यस्तो गर्नु पर्दैन ।’

केन्द्र सरकारको आयुष्मान भारत योजनामा भारतीय जनता पार्टीले पश्चिम बंगालका हरेक घरमा मोदीको तस्बिर र कमलको निशान भएको पत्र पठाएको आरोप लगाएकी छिन् । 

केही समय अगाडी गोर्खाल्यान्ड आन्दोलनको ४९ दिन पुगेकी उनले ‘शान्तिपूर्ण रुपमा जे मागे पनि दिन्छु तर बंगाल टुक्रिन दिन्न।’ भन्ने अभिव्यक्ति दिएकी थिइन ।