इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेर आइतबार स्वदेश फर्किएका यूवा लेग स्पिनर सन्दीप लामिछानेले झन्डै १० लाख खर्चेर नयाँ बाइक किनेका छन्।

 

मंगलबार उनले सामाजिक सञ्जालमा आफ्नो परिवारमा नयाँ सदस्य थपिएको भन्दै बाइकको तस्बिर सार्वजनिक गरेका छन्।
बिएमडब्लु कम्पनीको ३१० आर मोडलको ३१३ सिसीको उक्त बाइकको नेपाली बजारमा ९ लाख ७५ हजार रूपैयाँ पर्छ।

बिएमडब्लुको आधिकारिक बिक्रेता हिमालयन मोटराड नारायणचौर नक्सालका व्यापार प्रतिनिधिले विजेश थापाका अनुसार सन्दीपले सोमबार सोही सो रूमबाट बाइक किनेका हुन्।

 

 

गत वर्ष पहिलो पटक आइपिएल खेलेका सन्दीप त्यसपछि संसारभरका टि-ट्वान्टी लिगमा छाएका थिए। यसपालि दिल्लीबाट उत्कृष्ट प्रदर्शन गर्न नसके पनि उनको टिम तेस्रो बनेकाले सन्दीपले २० लाख पारिश्रमिकसहित झन्डै ५५ लाख रूपैयाँ पाउने भएका छन्।

 

बीएमडब्लू कम्पनीको ३१० आर मोडलको ३१३ सिसीको बाइक किनेसँगै मंगलबार फेसबुकमा ‘परिवारमा नयाँ सदस्य’ थपिएको भन्दै उनले आफ्नो नयाँ बाइकको फोटो सार्वजनिक गरेका छन् ।यसअघि टाटा मोटर्सले उनलाई ब्रान्ड एम्बेस्डर बनाउँदै टिगोर कार उपहार दिएको थियो।

 

सन्दिपको बारेमा पढ्नुहोस

छोटो समयमै नेपाली क्रिकेट टिमका चर्चित तथा महत्वपूर्ण खेलाडी बन्न सफल सन्दिप लामिछानेले आफ्नो प्रदर्शन र बलिंगको मदतले नेपालको नाम थुप्रैपटक उँचो पारिसकेका छन्। सानै उमेरमा चर्चाको शिखरमा पुग्न सफल सन्दिपले धेरै फ्यानहरु कमाएका छन्। बिश्वकै धनि क्रिकेट लिग इन्डियन प्रिमियर लिग आईपीएल टि-२० खेल्ने भएपछि उनि पुनः चर्चाको शिखरमा छन्। पढ्नुस सन्दिप लामिछाने बारे १४ रोचक तथ्यहरु एकै ठाउँमा –

 

१. सन्दिपको जन्म स्यांजाको आरुचौर-तालपोखरीमा आज भन्दा १७ बर्ष अघि भएको थियो। सानोमै भारतीय रेलवेमा जागिरे आफ्नो बाबु चन्द्र नारायण लामिछानेसंग सन्दिप पढाईको लागि भारत पुगेका थिए। भारत ४ कक्षासम पढ्ने क्रममा बस्दा सन्दिपको क्रिकेट खेलसंग परिचय भएको थियो।

२. सन्दिपले चितवनको नारायणगढ स्थित क्याम्पसचौरमा ( क्यापाचौर ) रहेको चितवन क्रिकेट एकेडेमीमा क्रिकेट सिकेका हुन्। उनलाई त्यहाँ पुर्ब रास्ट्रिय क्रिकेटर राजु खड्काले क्रिकेट सिकाएका थिए।

 

३. रास्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायके चितवनमा १ दिने प्रशिक्षणको लागि पुग्दा सन्दिपको बलिंगबाट एकै नजरमा प्रभावित भएका थिए। जसपछि आईसीसी बिश्व क्रिकेट लिग अन्तर्गत युएईसंगको खेलको लागि रास्ट्रिय क्रिकेट टिमको छनौट गर्न आयोजित सुपर लिगमा सन्दिपलाई खेल्ने मौका दिईएको थियो। सुपर लिग अन्तर्गत एक खेलमा सन्दिपले ४ विकेट लिएका थिए।

 

४. सुपर लिगमा राम्रो प्रदर्शन गरेपछि बंगलादेश यु-१९ बिश्वकप २०१६ खेल्ने टिममा सन्दिप छनौट भएका थिए। यु-१९ विश्वकप २०१६ मा सन्दिप प्रतियोगिताकै सर्बाधिक विकेट लिने सुचीमा १४ विकेट सहित दोश्रो स्थानमा थिए। आईसीसीले सन्दिपलाई उक्त यु-१९ बिश्वकपको उत्कृस्ट ११ क्रिकेटरको सुचीमा समेत परेका थिए।

 

५. सन्दिपले बंगलादेश यु-१९ बिश्वकप २०१६ मा आयरल्याण्डसंग ह्याट-ट्रिक सहित ५ विकेट लिएका थिए।

६. बंगलादेश यु-१९ बिश्वकपमा सन्दिपको लेग स्पिनले निकै टर्न लिएपछि कमेन्टेटरहरुले उनलाई बिश्व प्रख्यात लेग स्पिनर शेनवार्नसंग तुलना गरेका थिए। त्यसबखत बीबीसी लगायत अन्तर्राष्ट्रिय मिडियाले उनलाई नेपाली शेन वार्न भनेर समाचार लेखेका थिए।

 

७. यु-१९ बिश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि सन्दिपले २०१६ अप्रिलमा नेपालमा सम्पन्न नामिबियासंगको आईसीसी बिश्व क्रिकेट लिग म्याचमा नेपाली रास्ट्रिय क्रिकेट टिमको लागि खेल्ने मौका पाएका थिए। त्यसपछि सन्दिप रास्ट्रिय टिमको लागि लगातार खेलीरहेका छन्।

८. रास्ट्रिय क्रिकेट टिमको लागि डेब्यु गरेपछि सन्दिपले हंगकंगलाई घरेलु टि-२० प्रतियोगिता हंगकंग टि-२० ब्लीटज २०१६ खेल्न बोलाईएको थियो। त्यहाँ उनले अस्ट्रेलियन पुर्ब कप्तान माईकल क्लार्कसंग काउलुन क्यान्टोन क्लबबाट खेल्ने मौका पाएका थिए।

 

९. हंगकंगमा क्लार्कसंग एकै टिममा खेल्न पाएका सन्दिपको प्रदर्शनबाट प्रभावित भएका सन्दिपलाई क्लार्कले अस्ट्रेलियामा खेल्ने प्रस्ताब दिएका थिए।
१०. माइकल क्लार्कको निम्तोमा सन्दिप सेप्टेम्बर २०१६ मा अस्ट्रेलिया पुगेका थिए। अस्ट्रेलिया पुग्ने क्रममा सन्दिपलाई स्वागत गर्न क्लार्क स्वयम् एअरपोर्ट पुगेका थिए। उनलेले अस्ट्रेलियामा वेस्टर्न सबर्ब क्लबबाट न्यु साउथ वेल्स प्रिमियर प्रथम श्रेणी क्रिकेट खेलेका थिए।

 

११. साढे २ महिना अस्ट्रेलिया बसाइँको क्रममा सन्दिप लामिछानेलाई क्लार्कले आफ्नो फेसबुक मार्फत प्रत्यक्ष कुराकानी गर्न निम्त्याएका थिए। जुन क्रममा क्लार्कले सन्दिपको निकै प्रशंशा गरेका थिए। अस्ट्रेलियामा माईकल क्लार्कको निम्तोमा क्रिकेट सिक्न पुगेका नेपाली लेगस्पिनर सन्दिप लामिछानेको क्लार्कले खुलेर प्रशंशा गरे ।

 

आफ्नो जीवनी समेटिएको किताबको अनावरण गर्ने क्रममा आफ्नो फेसबुक पेजमा फ्यानहरु संग प्रत्यक्ष कुराकानी गर्नेक्रममा क्लार्कले सन्दिप लामिछानेको तारिफ गरेका हुन् ।फेसबुक अन्तर्क्रियाको सुरुवातमै फ्यानहरुले सन्दिपको बारे जिज्ञासा राखेपछि क्लार्कले उत्साहित हुँदै भने-

 

“सन्दिप मेरो जवान नेपाली साथी निकै राम्रो गर्दै छ l वेस्टर्न सबर्बबाट खेल्दै छ र निकै राम्रो गर्दै छ, सन्दिपलाई सहयोग गर्न पाउनु मेरो अहोभाग्य हो र आशा गर्छु वेस्ट सबर्बको जितमा सहयोग गर्नेछन्” त्यति भनेर क्लार्कले पुनः अन्य प्रश्नको जवाफ दिए र नेपाल बाट धेरै प्रश्न आएको उल्लेख गरे l तर पुनः सन्दिपको बारे प्रश्न देखेपछि क्लार्कले कार्यक्रम स्थलमै उपस्थित सन्दिपलाई बोलाएका थिए l

 

सन्दिपलाई बोलाउदै क्लार्कले आफ्ना फ्यानहरुलाई हेल्लो भन्न लगाएका थिए l सन्दिप लामिछानेले “नमस्ते” गर्दै अभिबादन गरेका थिए l सन्दिपले आफु अस्ट्रेलियामा रमाइलो महसुस गरेको र आफ्नो बारे कुनै चिन्ता नलिन अनुरोध गरेका थिए –“माईकल म संग हुनुहुन्छ जो निकै राम्रो अभिभावक हुन् र मलाई वहाँ असाध्यै मन पर्छ, मलाई अस्ट्रेलिया मन पर्छ ”

 

सन्दिपलाई क्लार्कले आफ्नो किताबको बारेमा सोध्दा नेपालीमै बोल्छु भन्दै क्लार्क संग अनुरोध गरेका थिए l क्लार्कको अनुमति पाएपछि सन्दिपले अस्ट्रेलियामा मजा आईरहेको र राम्रो गरिरहेको बताउदै सम्पूर्ण नेपाली फ्यानहरुलाई सहयोगको लागि धन्यवाद दिएका थिए l उनले क्लार्कको किताबको केहि पेज पढेको र सबैलाई पढ्न आग्रह गरे l

 

“नेपालको नाम सधै माथि राख्नेछु मात्र मलाई बिश्वास गर्नुहोला ” क्लार्कले सन्दिपलाई निकै राम्रो मान्छे भएको र सन्दिपको भविष्य बारे सोधिएको प्रश्नमा उनको भविष्य उज्ज्वल देखेको बताए- “उनको भबिष्य उज्ज्वल छ, उनलाई म धेरै दबाब दिन चाहन्न l अहिले सन्दिप क्रिकेटमा रमाउनु धेरै जरुरि छ र नियमित रुपमा सिक्न पर्छ l

 

अस्ट्रेलियामा खेल्दै छन् जुन नेपाल भन्दा छुट्टै बातावरण हो तर पनि उनको भविष्यको लागि सहयोग गर्नेछ l मलाई लाग्छ उनि संग निकै धेरै प्रतिभा छ र बिश्वको कुनै पनि स्थानमा प्रदर्शन गरें क्षमता छ” क्लार्कले आफ्नो किताबमा क्रिकेट मात्रै नभई जीवनको धेरै पाटो समेटेको बताएका छन् l