अमेरिकाको टेक्सास राज्यमा गत आइतबार ४ सय मिटर हर्डल दौड प्रतियोगिता आयोजना भएको थियो। त्यसमा एक प्रतिस्पर्धीले खेल हार्न लागेपछि उफ्रिएर डाइभ हान्छन्। खेल जित्छन्।

यस दौडको भिडियो सार्वजनिक भएसँगै ती खेलाडीले निकै चर्चा कमाएका छन्। उनलाई यतिबेला सुपरम्यानको संज्ञा दिइएको छ। इन्फिनेट टकर नाम गरेका ती व्यक्ति अर्का प्रतिस्पर्धी रोवर्ट ग्रान्टसँग अन्तिम रेसमा सँगसँगै कुदिरहेका हुन्छन्। अन्तिम हर्डल नाघेपछि फिनिसिङ लाइन आइपुग्ने बेला दुवैबीच थप प्रतिस्पर्धा हुन्छन्।

 

 

कडा प्रतिस्पर्धाकाबीच टकरले फिनिसिङ लाइन नजिकै पुगेर डाइभ गर्छन्। नाटकीय रुपमा उनी उक्त दौडको प्रथम हुन्छन्। टकरले खेलपछि आफूले फिनिसिङ लाइन पुग्दैगर्दा आफनो आमालाई दर्शकबस्ने स्थानमा देखेको बताए। उनले आमालाई अंकमाल गर्नका लागि आफूले डाइभ हानेको पत्रकारहरुलाई बताए। एजेन्सीको सहयोगमा नेपाल खबर

भिडियो हेर्नुहोस