काठमाडौं – संगीतकार नरेश खातीले ‘तिम्रो रुपैको जादु…’ बोलको गीत सार्वजनिक गरेका छन् । गायक मेक्सम खाती र गायिका मेलिना राईको स्वरमा रहेको गीतका शब्द कुमार पौडेल ‘पिरो’ले लेखेका हुन् ।

लोक तथा दोहोरी गीतमा संगीत गर्दै आएका खातीले यसपटक फरक शैलीको गीत बनाएका हुन् । ‘आधुनिक, लोक तथा दोहोरी गीत गर्दै आएको थिएँ’, उनले भने, ‘यसपटक अलिक फरक शैलीमा गीत बनाएको छु । फिल्मी शैलीको गीत बनाएको हुँ ।’

 

 

गतिको म्युजिक भिडियो पनि बनाइएको छ । जसमा मेक्सिम खाती र स्नेहा पौडेलको अभियन देख्न सकिन्छ । म्युजिक भिडियोलाई शिशिर खातीले निर्देशन गरेका हुन् । छायाँकन शंकल भुजेल, सम्पादन बनिश शाहको रहेको छ ।