गितसङित – चर्चित गायिका टिका प्रसाईंको “तिमी साथ भएपछि” बोलको गीत सार्वजनिक भएको छ । सुरेश वाग्लेको शब्द रहेको उक्त गीतमा हरि लम्सालको संगीत रहेको छ भने गोपाल रसाइलीको एरेंज रहेको छ । माया पिरतीको कुरा गरिएको उक्त गीतमा माया नै सबैथोक भएको र माया भए अरु केहि नचाहिने भाव समावेश गरिएको छ ।

नायक पल शाह र नायिका आँचल शर्माको अभिनय रहेको उक्त गीतको भिडियो उत्सव रसाइलीले छायाँकन गरेका हुन् । फिल्ममा धेरै नै रुचाइएको पल शाह र आँचल शर्माको जोडिलाई गीतको भिडियोमा पनि रुचाइएको छ ।

 

 

उक्त गीतको भिडियोमा दुईलाई मायालु प्रेमीको रुपमा निकै रोमान्टिक देख्न सकिन्छ । सुरेश बसेलको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोलाई अर्जुन अधिकारिले निर्देशन गरेका हुन् । गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । भिडियोको लागि यहाँ क्लिक गर्नुहोस ।