लोकप्रिय गायिका मेलिना राई र गायक टंक तिमिल्सिनाको “ज्यान सुकेर लौरी भैगो” बोलको गीत सार्वजनिक भएको छ । राम अविरल बिष्टको शब्द रहेको उक्त गीतमा गायक टंक तिमिल्सिनाको नै संगीत रहेको छ भने केशव बडूको एरेंज रहेको छ ।

धेरै माया प्रेमीका गीतहरु गाएर सबैको मनमा बस्न सफल गायिका मेलिना राई र गायक टंक तिमिल्सिनाको उक्त गीत ज्यान सुकेर लौरी भैगोमा माया , देश र मन बदलिएको कुरा गरिएको छ भने दुई प्रेमी बिचको माया पिरतीको भाव समावेश गरिएको छ । दिपक ढकाल , उर्मिला गुरुङ ,

 

 

राजेश तिमिल्सिना र प्रविना न्यौपानेको अभिनय रहेको उक्त गीतको भिडियो प्रकाश खड्काले छायाँकन गरेका हुन् । गायक टंक तिमिल्सिनाको निर्देशनमा तयार भएको गीतको भिडियोलाई मिलन बिश्वकर्माले सम्पादन गरेका हुन् । भिडियोको लागि यहाँ क्लिक गर्नुहोस ।