गायक कमल सिंह झक्री र गायिका रितु बासतोलको “सोलु बजार” बोलको लोदोहोरी गीत सार्वजनिक भएको छ । गायिका रितु बासतोलको नै शब्द तथा संगीत रहेको उक्त गीतमा बिनोद पराजुली एरेंज रहेको छ । उक्त गीतमा माया पिरती र सोलु बजारको कुरा गरिएको छ ।

करिश्मा ढकाल र शंकर बि.सिको अभिनय रहेको उक्त गीतको भिडियो दुर्गा पौडेलले छायाँकन गरेका हुन् । लोकदोहोरी गीतमा धेरै नै रुचाइएका करिश्मा ढकाल र शंकर बि.सिको उक्त गीतको भिडियोमा निकै राम्रो नृत्य रहेको छ ।

 

 

शंकर बि.सिको नै निर्देशनमा तयार भएको गीतको भिडियोलाई नबिन घर्ती मगरले संपादन गरेका हुन् ।