नेपाल आइडका बिक्रम बरालको “कस्तो दुरी” बोलको गीत सार्वजनिक भएको छ । नारायण गौतमको शब्द रहेको उक्त गीतमा हरि लमसालको संगीत रहेको छ भने महाराज थापाको एरेंज रहेको छ । माया प्रेमका गीत गाएर सबको मन जित्न सफल बिक्रम बरालको उक्त गीतमा मायामा भएको बिछोडको पिडा समावेश गरिएको छ ।

बिक्रम बराल , प्रियंका खड्का र मानभि खड्काको अभिनय रहेको उक्त गीतको भिडियो बुद्ध थापाले छायाँकन गरेका हुन् । उक्त गीतको भिडियोमा दुई माया गर्ने मायालुको बिछोडलाई देखाइएको छ । निकेश खड्काको निर्देशनमा तयार भएको गीतको भिडियोलाई बिकास धमलाले संपादन गरेका हुन् ।

 

 

बिक्रम बराल संग सम्बन्धित पहिलेको समाचार
दोस्रो संस्करणको गायन रियालिटी शो नेपाल आइडलको उपाधि सुदरपश्चिमका रवि ओडले हात पारेका छन् । पोखराका बिक्रम बरालले भने फस्ट रनअरपमा चित्त बुझाउनु पर्यो ।

एपिवान टेलिभिजनबाट प्रसारण भएको आइडलको ग्राण्ड फाइनलमा पुगेका अन्य तिन प्रतिस्पर्धीलाई पछाडी पार्दै रवीले उपाधि हात पारे । आइडलको फाइनलमा पोखराका बिक्रम बराल, झापाका सुमित पाठक, अस्मिता अधिकारी र सुदरपश्चिमका रवि ओड पुगेका थिए । विजेता भए सँगै उनले २२ लाख नगद सहित एउटा कार प्राप्त गरेका छन् ।

 

शुक्रबार काठमाडौंको पुलचोकस्थित इन्जिनियरिङ क्याम्पसको खेलमैदानमा भएको ग्राण्ड फिनाले समारोह बिच उनलाई विजेता घोषणा गरियो । ३३ प्रतिशत जज मत, ३३ प्रतिशत रेष्पेक्ट एण्ड राइज मत र ३३ प्रतिशत एसएमएस मतको आधारमा नेपाल आइडल सिजन २ को विजेता रवि बनेका हुन । त्यस्तै दोस्रो, तेस्रो र चौथो पुरस्कार क्रमशः बिक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारीले प्राप्त गरेका हुन ।

 

पुरस्कार स्वरुप उनीहरुले क्रमशः २० लाख नगद, १२ लाख नगद र होण्डा स्कुटर प्राप्त गर्न सफल भएका छन् । नेपाल आइडलको सम्पुर्ण फाइनलिष्टले जापान, अष्ट्रेलिया, बेलायत लगायतका अन्य देशमा पनि सांगीतिक कार्यक्रम गर्न पाउने आयोजकले जानकारी गराएको छ । जजहरू कालिप्रसाद बास्कोटा, न्ह्यु बज्राचार्य र इन्दिरा जोशीको उपस्थितिमा फाइनलमा पुगेका चार प्रतिस्पर्धी सहित अन्य उत्कृष्ट ११ सम्म पर्न सफल भएका गायक गायिकाले प्रस्तुति राखेका थिए ।

 

आनिछोइङ डोल्माको प्रस्तुतिले पनि कार्यक्रमको रौनक बढाएको थियो । हजारौ दर्शकको भिडमा जब गायक पुश्पन प्रधान र अमित बराल एकसाथ उत्रिएको दृश्य टेलिभिजन प्रदामा देखियो सबैको आँखा रसाए । सन्दिप क्षेत्रीको प्रस्तुतिमा दर्शक रमाएका थिए ।