बाँकेको कोहलपुरमा आज एक युवकको घाँटी रेटेर वीभत्स हत्या भएको छ । हत्या हुनेमा सुर्खेतको सिम्ता गाउँपालिका-४ निवासी दीपकसिंह ठकुरी रहेका छन । नेपाल प्रहरीमा भर्ना हुन गएका उनको कोहलपुर नगरपालिका-११ बसपार्क नजिकै खुला चउरमा घाँटी रेटिएको अवस्थामा शव फेलापरेको हो ।

“गए रातिको घटना हुनुपर्छ, घाँटी रेटिएको अवस्थामा शव भेटिएको छ, धारिलो हतियारले घाँटी रेटिएको छ, अनुसन्धान गर्दै छौँ ।” इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए ।

ठकुरीले प्रहरीमा भर्ना हुन अज्ञात व्यक्तिलाई रु. १ लाख ५० हजार बुझाएका थिए । सोही अज्ञात व्यक्तिले बोलाएको भन्दै शुक्रबार घरबाट निस्किएका ठकुरी आज बिहान मृतावस्थामा फेला परेका हुन् ।