लमजुङको दुधपोखरी गाउँपालिका–१ मलेया डाँडामा रहेको घुम्ती भेडी गोठका २८ वटा भेडा चट्याङ लागेर मरेकाे छ । गत वैशाख २८ गते शनिबार साँझ चट्याङ लागेर भेडीगोठमा भाएकाे २८ वटा भेडा मरेको गाउँपालिका पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक दिनेश गुरुङले जानकारी दिए । यो समाचार नयाँ पत्रीका दैनिकको लागि शान्ता कमलीले लेख्नुभएको छ ।

चट्याङ लागेर भेडा मरेको खबर पाएपछि वैशाख ३० गते गुरुङसहित भेडापालन समूहका १३ जना किसान १२ घण्टा पैदल हिँडेर भेडीगोठ पुगेका थिए । ‘१५ जनाको टोली भेडीगोठमै पुग्यौँ,’ गुरुङले भने, ‘चट्याङ लागेर २८ वटा भेडा मरेछ ।’ उनले पाँच लाखभन्दा बढीको नोक्सान भएको बताए ।

 

 

सुन्दरी अञ्जना क्यानडा जाने तयारीमा थिइन्, तर आफ्नै जेठाजुबाट मारिइन्

अञ्जना लामाको ललितपुरका प्रज्वल महतसँग ६ वर्षअघि विवाह भयो। मकवानपुर स्थायी ठेगाना भएकी लामाकी छोरी ललितपुरको फराकिलो महत परिवारकी सदस्य बनेर आएकी थिईन्। एउटा निजी कम्पनीका जागिरे प्रज्वल, अञ्जना, दाजु उज्वल, भाउजु र आमा–बुबा ललितपुर ढोलाहिटीको घरमा सगोलमै बस्थे। उज्वल ध्वनी इन्जिनियर र म्युजिक कम्पोजर थिए। परिवारका सबै सदस्यको आय राम्रै थियो।

तर, केही महिनाअघिदेखि उज्वलको कानमा समस्या देखियो। उनलाई गितारमा सुर भर्न र सुर भरेका गीतलाई अन्तिम रुप दिन गाह्रो हुन थाल्यो। उनी बिस्तारै कार्यालयबाट बाहिरिए। ‘म कानको उपचार गराइरहेको छु,’ उज्वलले २२ बैशाखमा आफ्नो फेसबुकमा लेखेका छन्, ‘मैले संगीकर्म सधैँका लागि छाडेँ।’

उनले सोही स्टाटसमा आफ्नो फेसबुक अकाउन्टमा केही शंकास्पद गतिविधि भइरहेको समेत उल्लेख गरेका छन्। उज्वलले फेसबुकमा यस्तो स्टाटस लेखेको चौथो दिन २६ बैशाखमा ललितपुर प्रहरीले एउटा समाचार सम्प्रेषण गर्यो। त्यसमा भनिएको थियो, उनले आफ्नै सहोदर भाईकी श्रीमती अञ्जनाको खुकुरी प्रहार गरी हत्या गरे।

 

 

समाचारमा थप भनिएको थियो, ‘उनी घटनामा प्रयोग भएको हतियार सहित प्रहरी नियन्त्रणमा छन्।’ ललितपुर महानगरपालिका–२६ ढोलाहिटी बस्ने २५ वर्षीया अञ्जना लामा महतलाई उनकै जेठाजु उज्वलले हत्या गरेको स्वीकार गर्दै प्रहरीलाई बयान दिएका छन्। कर्तब्य ज्यान मुद्दामा ललितपुर जिल्ला अदालतबाट म्याद लिएर चापागाउँस्थित प्रहरी वृत्तले थप अनुसन्धान गरिरहेको छ।

किन भयो हत्या?
सो प्रहरी वृत्तले उज्वललाई म्याद थपका लागि ललितपुर जिल्ला अदालतमा उभ्याएको थियो। उनले अदालतमा आफूलाई बुहारी अन्जनाको रहनसहन, घर परिवारसँगको व्यवहार र आनीबानी चित्त नबुझेको बयान दिएका छन्।अञ्जनाको व्यवहारबाट उज्वल पहिलादेखि असन्तुष्ट रहेको निष्कर्षमा प्रहरी पुगेको छ। त्यही कारण बिहीबार भाई प्रज्वल र बुवा बाहिर भएको मौका पारेर बुहारी अञ्जनाको हत्या गरेको प्रहरी निष्कर्ष छ।

घटनाको अनुसन्धानमा जुटेको प्रहरीर्लाई उनले दिएको प्रारम्भीक बयानले चित्त बुझेन। उनीहरु उज्ववलसँग नियमित सोधपुछ गरिरहेका थिए। प्रहरी अनुसन्धानमा मृत्तक अञ्जना र प्रज्वल स्थायी बसोबासका लागि क्यानाडा जाने तयारीमा रहेको खुलेको छ। अनुसन्धान अधिकारीहरुले यो जानकारी हिरासतमा रहेका उज्वलसँग फरक कोणबाट सोध्न थाले।

बिस्तारै उज्वल खुल्दै गएका छन्।
‘भाई बुहारी ललितपुरको सगोलको घर बैँकमा धितो राखेर क्यानडा जाने तयारीमा रहेछन्’ एक अनुसन्धान अधिकारीले भने, ‘हत्याको एउटा कारण यो पनि हो।’

अनुसन्धान अधिकारीहरुका अनुसार घर धितो राख्ने र बेच्ने बिषयले केही समयदेखि ढोलाहिटीको महत परिवारमा तनाव उत्पन्न हुन थालेको थियो। अफिस जान छाडेका उज्वल लामो समय घरमै हुन्थे। उनी आफ्नो स्वास्थ्य अवस्थाका कारण तनावमा पनि थिए। ‘हत्याको कारण पारिवारिक हो भन्ने खुलेको छ’ प्रहरी वृत्त चापागाउँका प्रमुख राजकुमार खिउजुले नेपालखबरसँग भने, ‘बयान लिने र थप प्रमाण संकलन गर्ने काममा हामी सक्रिय छौँ।’

 

 

अन्जनाको भेजाईनल स्वाब परिक्षण
मृत्तक अन्जना मोडल पनि हुन्। उनको सुन्दरताका कारण कतिपयले हत्याका पछाडि शारीरिक सम्बन्ध, जबर्जस्ती करणी र शारीरिक आकर्षण पनि हत्याको कारण हुनसक्ने आशंका गरेका छन्। ‘हत्याको कारण अहिलेसम्म पारिवारिक नै भन्ने खुलेको छ, अनुसन्धानबाट पनि त्यही देखिएको छ,’ डिएसपी खिउजुले भने, ‘हामीले मृत्तकको ‘भेजाईनल स्वाब’ समेत परिक्षणका लागि पठाएका छौँ।’

अन्जनाको हत्या भएको घटनास्थलका तस्वीरसमेत हेर्दा उनको हत्यामा उज्वलको क्रुरता कतिसम्म रहेछ भन्ने देखिन्छ। प्रहरीले घटनास्थलमा कुनै भीडन्त वा त्यस्तो कुनै संकेत भेटेको छैन। ‘घटनास्थलको अध्ययन गर्दा कुनै घटनाका कारण रिसमा आएर एक्कासी खुकुरी प्रहार गरेको देखिन्न’ ती अनुसन्धान अधिकारीले भने ‘मृत्तक ढलेपछि पटक–पटक घाँटीमा खुकुरी प्रहार भएको छ।’ डिएसपी खिउजुका अनुसार, घटनास्थलमा भेटिएको हतियार र अन्य सबुत सहित स्वाब विधि विज्ञान प्रयोगशालामा परिक्षणकै क्रममा छ। पाटन अस्पतालमा अन्जनाको पोष्टमार्टम रिपोर्ट समेत आउन बाँकी छ।

नेपालको सबैभन्दा ठूलो नोट कस्तो हुन्छ हेर्छौँ’ भन्दै चोर्दै हिँड्ने पाकिस्तानी नागरिक पक्राउ

 

 

भक्तपुर – ‘नेपालको सबैभन्दा ठूलो नोट कस्तो हुन्छ हेर्छौँ’ भन्दै नेपाली पैसा चोरी गरी लैजाने गरेको अभियोगमा प्रहरीले दुई पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले पाकिस्तानी नागरिक ३२ वर्षीय मोहसिन खान र अर्का पाकिन्तानी नागरिक ३१ वर्षीय पूजा मोहसिन लाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।

निज दुई पाकिस्तानी नागरिकले गएको वैशाख २९ गते बा. १९ च. ७४ नम्बरको कारमा आई सूर्यविनायक नगरपालिका ५ स्थित रामकृष्ण श्रेष्ठले सञ्चालन गरेको आर.के. इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स सेन्टरमा आफूहरुसँग अमेरिकी डलर रहेको र नेपालको सबभन्दा ठूलो नोट कस्तो छ हेरौँ भनी हेर्ने क्रममा नोटको बिटोबाट ३० हजार रुपैयाँ चोरी गरेको प्रहरीको भनाइ छ ।

त्यसैगरी त्यसै नागरिकले मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा सन्तकृष्ण हेक्काले सञ्चालन गरेको हेक्का किचेन स्टोरमा गई नेपाली ठैलो नोट हेर्ने बाहनामा ७० हजार रुपैयाँ चोरी लगेको उजुरीको आधारमा प्रहरीले उनीहरुलाई काठमाण्डौबाट पक्राउ गरेको जानकारी दिएको छ । प्रहरीमा परेको उजुरीको आधारमा गाडी नम्बरबाट खोजी गरेको र उनीहरुलाई काठमाण्डौको सिनामंगलस्थित रुद्र भ्यू होटलबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभयो ।

प्रहरीले उनीहरुको साथबाट २९ सय ५० अमेरिकी डलर, पाकिस्तानी मुद्रा ६३०, नेपाली एक लाख ३७ हजार ५०० रुपैयाँ बरामद गरेको उहाँले जानकारी दिनुभयो । पक्राउ परेका पाकिस्तानी नागरिकलाई महानगरीय प्रहरी वृत्त थिमिको हिरासतमा राखी अनुसन्धान गरी मुद्दा दायर गरिएको उहाँले जानकारी दिनुभयो ।