म्युजिक भिडियो-सुगम पोखरेलको आवाजमा गीत ‘ब्लाइन्ड लभ’ सार्वजनिक भएको छ । गीतमा माधव न्यौपानेको शब्द, अराज केशवको संगीत र सैलेन्द्र एम प्रधानको संगीत संयोजन रहेको छ । अराज केशव निर्देशित म्युजिक भिडियो छायांकन करण चैसिरले गरेका हुन् । प्रविन भट्टको सम्पादन रहेको भिडियोमा रवी चन्द, दीपक सापकोटा र प्रियंका खड्गीको अभिनय रहेको छ । भिडियोमा दृष्टिविहिनको प्रेम देखाइएको छ ।

सुगम पोखरेलको बारेमा: सुगम पोखरेल नेपालका गीतसंगीत दुनियाका एक प्रख्यात पप गायक हुन् । उनको जन्म विराटनगरमा भएको थियो । सुरिलो स्वरका धनी गायक सुगम पोखरेल सानै देखि गायनको सोखिन थिए त्यसैले त उनी विद्यालयका विभिन्न कार्यक्रम तथा साथीभाइको जमघटमा पनि गीत गाएर सबैलाई मनोरञ्जन गराउन पछि पर्दैनथे ।