गर्मी मौसम सुरु भइसकेको छ । यो समयमा स्विमिङ पुल, सामुद्रिक किनार, पिकनिक र अन्य बाह्य गतिबिधिमा जान मन पराउँछन् । तर, योसँगै घाममा डढ्ने समस्या पनि आउँछ । घाममा ड्ढ्नबाट बच्न वा डढिसकेको छालालाई जोगाउन निम्न उपाय अप्नाउन सकिन्छ :

 

– छालालाई चिसो र शान्त बनाउन दिनमा दुई पटक चिसो पानीले नुहाउनुहोस् । यसले डढिसकेको छालाको दाग हटाउँछ।
– घामले डढेर छाला राता भएको वा फुटेको ठाँउमा काँचो आलुलाई पिसेर दल्नुहोस् र नुहाउनुहोस्।
– जौको खोले हालेर नुहाँउदा पनि घामले डढेको दाग हट्छ।

 

– घ्युकुमारीमा छालालाई शान्त र शितल प्रदान गर्ने तत्व हुन्छ। घ्युकुमारीको रस निकालेर केही समय फ्रिजमा राख्नुहोस् र छालामा लगाउनुहोस्।
– चिसो दुधले शरिरलाई पखाल्दा पनि शरिर डढेको निको हुन्छ।
– काँक्रोलाई टुक्रा–टुक्रा पार्नुहोस् र त्यसलाई पिसेर तरल बनाउनुहोस्। यो रसलाई शरिरको प्रभावित क्षेत्रमा दल्नुहोस् घामले डढेको केही दिनमै हराउँछ।

 

– कालो चियामा पनि एन्टि–अक्सिडियन्ट तत्व हुन्छ । घामबाट डढेको छालाको सौन्दर्यलाई पूर्ववत अवस्थामा फर्काउन कालो चियाको केही थोपा लगाउनुहोस्।
– पुदिना प्राकृतिक रुपमा नै शितलता प्रदान गर्ने चिज हो। तसर्थ दैनिक एक गिलास पुदिनाको जुस खाएर पनि घामबाट डढेको छालामा निखारता ल्याउन सकिन्छ।

 

– कटनको कपडालाई भिनेगरमा भिजाउनुहोस् र घामले डढेको भागमा लगाउनुहोस्।
– उपचार गर्न भन्दा रोकथाम गर्नु उत्तम भने जस्तो घाममा जानुभन्दा अगाडि अनुहारमा लोसन लगाउनुहोस्।
– चर्को घाममा जानुअघि घामबाट बच्ने ठूलो चस्मा लगाउनुहोस्।

 

बर्ड फ्लुबाट जोगिने ११ उपाय
– नियमित रुपमा साबुन पानीले हात राम्रोसँग धुने बानी गर्ने।
– व्यक्तिगत सरसफाईमा ध्यान दिने।
– आफ्नो वरिपरिको वतावरण सफा राख्ने।
– बिरामी तथा मरेका कुखुरा तथा चराचुरुङ्गीबाट टाढा रहने।
– प्रत्यक्ष सम्पर्क भएका बिरामी व्यक्तिहरु तथा चराहरु नजिक देखिए वा आफूलाई बिसञ्चो महससु भएमा छिटो उपचारको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने ।
– बच्चाहरालई मृत वा बिरामी पन्छीबाट टाढा राख्ने ।

 

– कुखुराको काँचो मासु काँटछाँट गर्ने वा पकाउने मानिसले नांगो हात, खुला नाक मुख गरी मासु चलाउन हुँदैन। कम्तीमा पनिहातमा पञ्जा मुखमा मास्क वा रुमाल तथा एप्रोन लगाएर मात्र मासुको काम गर्दा यस रोगको जोखिम कम हुन्छ।यसबाहेक मासु काटकुट गरिसकेपछि हात राम्रोसँग साबुन पानीले सफा गर्ने, मासु तयार गर्दा प्रयोग गरिउका भाँडाकुँडा, ओजार, अचानोलाई राम्रोसँग सफा गरी निर्मलीकरण तथा निसंक्रमण गर्नु पनि यस रोगको संक्रमणबाट बच्ने उत्तम उपाय हो

 

– कुखुराको मासु राम्ररी पकाएर खाने (कम्तीमा ७० डिग्री सेल्सियस भएमा भाइरस मर्छ)
– जंगली तथा घरपालुवा पक्षी मरकेो वा बिरामी भएको देखिएमा नजिकको पशुस्वासथ्यकर्मि पशुस्वास्थ्य कार्यालयमा तुरुन्त जानकारी गराउने।
– इन्फ्लुएन्जकाके कुनै पनि शंका लाग्ने बित्तिकै स्वास्थ्य संस्थमा सम्पर्क गर्ने र चिकित्सकको सल्लाह अनुसार गर्ने। चिकित्सकको सल्लाहबिना औषधि सेवन नगर्ने ।
– मृत पक्षी र तिनीहरुको सुलीबाट टाढा रहने र सुरक्षित रुपमा गाड्ने प्रबन्ध मिलाउने। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ।

 

किन चिलाउँछ हत्केला?
हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो भने यसले हाम्रो दैनिक गतिविधिलाई नै प्रभावित पार्छ। हत्केला चिलाउने समस्यालाई पैसा प्राप्त गर्ने वा गुम्ने परम्परागत मान्यतायसँग पनि जोडिएको पाइन्छ। हत्केला चिलाउनु पैसासँग कुनै साइनो छैन। हत्केला चिलाउनु रोग नभए पनि विभिन्न तत्वहको परिणाम हो वा रोगको संकेत हो।

 

छालाको कोषहरु तीब्र बृद्धि भएमा र छालाको सतहमा जम्मा भए पनि हत्केला चिलाउँछ। कहिल्यकाहिँ आफै छाला कन्याउँदा पनि यस्तो समस्या उत्पन्न हुन्छ। झिंगाको संक्रममणले पनि यस्तो समस्या ल्याउँछ। झिंगा हत्केलाको माथिल्लो सतहमा बस्दा यो समस्या आउँछ। बढी भिडभाड भएको ठाँउमा झिंगाको संक्रमण हुने गर्छ। विशेष गरी बालबालिका र बृद्धबृद्धा यस्तो संक्रमणबाट प्रभावित हुन्छन्।मधुमेह र छालाको समस्या पनि एक अर्कासँग सम्बन्धित हुन्छन्। तसर्थ अत्यधिक हत्केला चिलाउनु मधुमेहको पनि संकेत हो।

 

हत्केला चिलाउनका केही कारण यस प्रकार छन् :
प्राइमेरी बिलियरी सिरहोसिसः लिभरसँग सम्बन्धित समस्याले पनि हत्केला चिलाउन सक्छ। कलेजोमा गम्भीर समस्या नआउँदै हत्केला र खुट्टाको पैतला चिलाउँछ। चिलाउने समय र अवस्था फरक फरक हुन्छ। कहिले अकस्मात हुन्छ भने कहिले दिन वा रातमा मात्र चिलाउँछ। रगत प्रवाह गर्ने प्रणालीमा र विशेष गरी लिभरमा एसिड उत्पन्न (बाइल एसिड) हुँदा हात हत्केला चिलाउँछ। हात चिलाउने समस्या रोक्न एन्टिहिस्टामाइन दिइन्छ।

 

खानेकुराको एलर्जीः खानेकुराको एलर्जीले पनि हत्केला चिलाउँछ। कसैकसैलाई कुनै खानाले एलर्जी गरिहाल्छ र त्यसको असर हत्केलामा देखिन्छ। अन्डा, बदाम, दूध र समुद्री खानेकुराले पनि कसैकसैलाई एलर्जी बनाउँछ। यी खाना खानेबित्तिकै कोहीकोहीलाई एलर्जी भइहाल्छ।

 

कार्पल टनेल सिन्ड्रोमः (नाडीेको हड्डीको नसारुमा भएको चोटपछि हात र औलामा हुने पीडा) पनि हत्केला चिलाउँछ। शरिरमा मध्यम खालको नसा दबिएमा कार्पेल टनेल सिन्ड्रोम हुन्छ। अध्यधिक लेख्दा, टाइप गर्दा तथा हात र औलाहरुको बढी प्र्रयोग हुदा यस्तो अवस्था आउँछ। असन्तुलित तरिकाले हत्केला चिलाउनु कार्पल टनेल सिन्ड्रोमको संकेत हो।

औषधी वा शल्यक्तियाको तरिकाले पनि यो सिन्ड्रोमको उपचार गर्न सकिन्छ। एस्पिरिन, आईबुप्रोफिन, कोर्टिकोस्टेरोइड्सले नसाको दबाबलाई शान्त पारी हत्केला चिलाउन रोक्छ। नशालाई दबाब दिने तन्तुलाई शल्यक्रिया गरेर पनि चिलाउने समस्या रोक्न सकिन्छ।

 

इसेजमाः छालाको समस्याले पनि हत्केला चिलाउँछ। छालासमबन्धि यो रोग लाग्दा औलाहमा प्रभाव पार्छ। गर्मी र जाँडो मौसममा यसले प्रभाव पार्छ। अधिकांश इसेज्माको उचित उपचार छैन।

 

कसरी बच्ने ?
हातको राम्रो सरसफाई र विभिन्न प्रकारका लोसन र क्रिमले हत्केला चिल्लो पार्दा धेरै हदसम्म चिलाउने समस्याको समाधान हुन्छ। छालालाई कहिल्यै पनि सुख्खा नराख्ने। चिलायो भन्दै बेस्सरी रगेडेर कन्याउनु हुँदैन्। समस्या गम्भीर भयो भने तत्काल चिकित्सकको सल्लाहमा औषधी प्रयोग गर्नुपर्छ।

 

हत्केला चिलाउने समस्याबाट निको पाउन सबैभन्दा पहिला त हात चिलाउनुको कारण बुझ्नु पर्छ। हत्केला चिलाउनुका विभिन्न कारण हुन्छन्। जाडो याममा हुने सुख्खा छाला वा बेस्सरी हात घोटेर धुदा पनि चिलाउने भएकोले ढुंगा वा जालीले हत्केला रगेड्नु हुँदैन।