भारतको उत्तर प्रदेशस्थित कानपूर जिल्लामा अधबैंसे दुलहालाई देखेपछि दुलहीले विवाह गर्न अस्विकार गरिन् । भारतीय मिडियाका अनुसार दुलहीले दुलहातर्फ माला फ्याँक्दै चिच्याउँदै भनिन्, ‘म माथि धोका भएको छ ।

स्रोतका अनुसार दुलहीको यस्तो व्यवहार देखेपछि त्यहाँ उपस्थित पाहुना, जन्ती अचम्मित भए । त्यतिबेला आमाले छोरीलाई ठूलो दबाब दिइन् तर उनले मानिनन् । रिपोर्टका अनुसार निकै सम्झाएपछि पनि जब छोरी मानिनन् तब दुलहीकी आमा नै दुलहासँग आगरा गइन् ।

 

 

भारतीय मिडियाका अनुसार १७ वर्षीया दुलहीले यसै वर्ष १२ कक्षाको परीक्षा दिएकी छिन् । ती युवतीकी आमाले आगरामा बस्ने आफ्नी काकीकी नन्दका छोरासँग उनको सम्बन्ध तय गरेकी थिइन् । मार्च १० तारिखको बेलुकी आगराबाट दुलाहा जन्ती लिएर दुलहीको घर पुगे । जब दुहली वरमाला लिएर स्टेजमा पुगिन् तब दुलहालाई देखेर भड्किइन् ।

ती युवती आफूमाथि धोका भएको भन्दै चिच्याउन थालिन् । परिवारले के कारणले विवाह गर्न नखोजेको भनेर सोध्दा उनले ‘जस्तोसुकै स्थिती भएपनि म यो बुढासँग विवाह गर्दिनँ’ भन्दै रुन थालिन् । दुलहीले विवाह अघि जुन केटाको तस्बिर देखाइएको थियो त्यो उनी नभएको बताइन् ।

छोरीले दुलाहा अस्विकार गरेपछि भोलिपल्ट बिहान, जे भयो त्यो थप चकित पारिदिने किसिमको भयो। जब छोरीलाई विवाहका लागि मनाउन सकिनन् तब आमा नै सबैलाई छोडेर आफैं दुलहासँग आगरा गइन् । बेहुलीका अनुसार तीन वर्षअघि उनको पिताको मृत्यु भएको थियो । उनका एक बहिनी र एक भाइ छन् । एजेन्सी/नेपाल जापान डटकम

 

अन्य रोचक जानकारीको लागि तल हेर्नुहोस ।

यात्रु भरिएको रेलमा अश्लील फिल्मको आवाज गुन्जिएपछि !
लन्डनमा एउटा विचित्रको घटना भएको छ यात्रुहरु सवार रेल गुडिरहेको थियो । एकाएक रेलको ‘साउन्ड सिस्टममा’ अश्लील फिल्मको आवाज गुन्जियो ।

रेलमा सवार यात्रुहरु चकित भए । केही हास्न थाले । त्यत्तिकैमा एक यात्रु पल ब्रन्टनले एउटा सानो क्लिप बनाए । र ट्विटरमा सेयर गर्दै लेखे, ‘मेरो रेल चालक लापरवाहीपूर्वक अश्लील फिल्म हेरिरहेको छ, जबकि साउन्ड सिस्टम खुलै छ ।’ उक्त क्लिपमा थुप्रै यात्रुहरु हासेको पनि सुनिन्छ ।

‘साउथ वेस्टन रेलवे’ का एक कर्मचारीले माइक्रोफोन खुल्लै छाडेर अश्लील फिल्म हेर्दा त्यसको आवाज यात्रुसम्म प्रसारित भएको जनाइएको छ । त्यो क्लिप सामाजिक सन्जालमा भाइरल बनेको छ । एजेन्सी/ नयाँ पत्रिका

 

साइकल चलाउँदा पुरुषको यौन स्वास्थ वा मूत्र प्रणालीको सञ्चालनमा कुनै नकारात्मक प्रभाव नपर्ने

हालै गरिएको स्वास्थसम्बन्धी एक अनुसन्धानले साइकल चलाउँदा पुरुषको यौन स्वास्थ वा मूत्र प्रणालीको सञ्चालनमा कुनै नकारात्मक प्रभाव नपर्ने तथ्य पत्ता लगाएको छ। अनुसन्धानकर्ताहरुले साइकल चालउनेहरुलाई धावक र पौडीवाजहरुसँग तुलना गर्दा तिनीहरुमा तुलनात्मक रूपमा कुनै पनि कमी नभेटेको बुझिएको छ।

विगतका अध्ययनहरुले साइकल चलाउँदा पुरुषको यौन कार्यमा नकारात्मक प्रभाव पर्ने मान्यता अघि सार्ने गरेका थिए। बरु पछिल्लो अध्ययनले साइकल चलाउने पुरुषहरुमा क्यान्सर हुने सम्भावना ५० प्रतिशतले कम हुने खुसीको कुरा पत्ता लगाएको छ।

यौन स्वास्थ्य र मूत्र प्रणालीको कार्यसम्बन्धी थुपै्र प्रश्नावलीसहित संयुक्त अघिराज्य, संयुक्त राज्य अमेरिका, क्यानाडा, अस्ट्रेलिया र न्युजिल्यान्डका करिब २ हजार ७ सय ७४ जना साइकल चालक र ५ सय ३९ जना पौडीवाज तथा ७ सय ८९ जना धावकमाथि सर्वेक्षण गरिएको थियो। केही साइकल चालकमा भने मूत्रनली साँघुरिने समस्या देखापर्ने बढी खतरा रहेको पाइएको छ।

 

छोरा जन्माएको २६ दिनपछि फेरि सुत्केरी, दोस्रो पटकमा फेरि पाईन् दुईवटा बच्चा !
बंगलादेशमा एक महिलाले छोरा जन्माएको २६ दिनपछि फेरि दुईवटा बच्चालाई जन्म दिएकी छन् । चिकित्साजगतमा यसलाई चमत्कार मानिएको छ ।

२० वर्षीय महिलाले हालै छोरालाई जन्म दिएकी थिइन् । सुत्केरी भएको २६ दिनपछि उनले थप दुई बच्चा जन्माएकी हुन् । उनले पछिल्लो पटक जुम्ल्याहा बच्चालाई जन्म दिएको बताइएको छ ।आरिफ सुल्ताना नाम गरेकी ती महिला श्यामलागाछी गाउँ निवासी रहेको बताइएको छ ।

उनको उपचारमा संलग्न चिकित्सक शीला पोद्दाका अनुसार पहिलोपटक सुत्केरी हुँदा ती महिलाको गर्भमा अन्य बच्चा रहेकोबारे थाहा नै थिएन । सुत्केरी भएको २६ औं दिनमा स्वास्थ्यमा समस्या भएर उनी अस्पताल आएको र स्वास्थ्य परीक्षणपछि उनको गर्भमा शिशु रहेको थाहा भएको डा. शीलाले बताइन् ।

पहिलोपटक सुत्केरी हुँदा उनले सामान्य रुपमा नै बच्चालाई जन्म दिएको बताइन्छ । तर दोस्रोपटक भने शल्यक्रिया गरिएको थियो । पछिल्लो पटक उनले एक छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । चिकित्सकका अनुसार उनको शरीरमा दुईवटा गर्भाशय पाइएको छ । एजेन्सी