काठमाण्डाै – धादिङको कुम्पुर आसपास केन्द्रबिन्दु भएर ५.० म्याग्निच्यूडको भूकम्प गएको छ ।

दिउँसो २ बजेर ८ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पकाे धक्का काठमाण्डाैलगायतका आसपासका क्षेत्रमा पनि महसुस भएकाे केन्द्रले जनाएकाे छ । यो भूकम्प २०७२ सालमा गएको शक्तिशाली भूकम्पको परकम्प रहेको भूकम्प मापन केन्द्रका भूकम्पविद भरत कोइरालाले जानकारी दिए ।

 

 

यसअघि वैशाख २९ गते दैलेखमा ५.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।