“नेपाल आइडल रिजन २” की सेकेन्ड रनर अफ अस्मिता अधिकारीको स्वर रहेको ‘बारुली कम्मर’ बोलको गीत रेवेल इन्टरटेनमेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। नेपाल आइडल रिजन २ बाट एकाएक चर्चामा आएकी छिन् । गीतको मुख्य भूमिकामा पूजा गिरीले अभिनय गरेकी छिन् ।

गीतमा अस्मिता अधिकारीसँगै गायक कमल खत्रीले स्वरमा साथ दिएका छन् भने शब्द र संगीत गायक कमल खत्रीको रहेको छ। यस गीतलाई किरण तुलाधरले एरेन्ज गरेका छन् । विदुर पाण्डे र रामशरण उप्रेतीद्वारा छायांकन गरेको भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन् । गीतलाई दिपेन्द्र केसीले निर्देशन गरेका छन् ।

 

 

गायन प्रतिभाको खोजीका लागि बहुप्रतीक्षित मानिएको नेपाल आइडलमा आउनु अघि झापामा जन्मिएकी उनी काठमाण्डौ युनिभर्सिटि अन्तर्गतको नेपाल मेडिकल कलेज जोरपाटीबाट बि.एस.सि नर्सिङ बिषयमा ग्राजुएट गरिरहेकी थिईन। पारिवारीक पृष्ठभुमीमा संगीत क्षेत्रमा लागेको कोहि नभएपनी सानैदेखी संगीतप्रती निकै रुचि राख्ने गर्दथिन् । भिडियोका अन्तिममा राखिएको छ ।

खसीको मासुका परिकारहरु : साँधेको कलेजो देखि खुट्टाको सुप सम्म ! जानीराखौं कसरी बनाउने ?

जाडो याममा चिसो फाल्न खसीको खुट्टाको सुप निकै उपयोगी हुन्छ । खसीको खुट्टाको सुप आ–आफ्नै तरिकाले पकाएर खाने गरिन्छ ।खसीको मासुको थरि थरिका परिकार बनाएर खाएको मज्जा नै बेग्लै हुन्छ । अधिकांशले यो परिकार मन पनि पराउँछन् । तल पढ्नुहोस विभिन्न प्रकारका खसीको मासुका परिकारहरु :

साँधेको कलेजो :
पहिले पानी उमाल्ने र त्यसमा सिंगो कलेजो डुबाएर आधा घण्टासम्म छोपेर राख्ने । त्यसपछि बाहिर पाकेको र भित्र काँचो कलेजो पर्ने गरी टुक्रा पार्ने । लसुन र अदुवाको पेस्ट, धनियाँको धूलो, आधा कप धनियाँको पात, खुर्सानी -मसिनो गरी काटिएको), रातो खुर्सानीको धूलो स्वादअनुसार, तोरीको तेल झान्नका लागि, नुन स्वादअनुसार राख्ने ।

सुख्खा मासु :
सबैभन्दा पहिले दही फिट्ने, मासुमा एक ठूलो चम्चा तोरीको तेल, बेसार, नुन तथा दही हालेर करिब दुई घण्टा राख्ने, एउटा कराहीमा तेल तताउने, अनि त्यसमा कोरेको अदुवा तथा लसुन हालेर केही बेर भुट्ने, मोलेर राखेको मासु हाल्ने र केही बेर चलाउने । अब आगो सानो गरेर लगभग आधा घण्टा वा मासु नरम हुन्जेलसम्म पकाउने । जब मासु पाकेर सुख्खा हुन्छ।

साँधेको टाउको:
सबैभन्दा पहिले टाउकोलाई चार भागमा विभाजन गरेर प्रेसर कुकरमा मासु र हड्डी छुट्टनिे गरी उमाल्ने । त्यसपछि मासु र हड्डी अलग-अलग गरी टुक्रा पार्ने । अब त्यसमा तेलबाहेक सबै मसला हालेर मोल्ने । तोरीको तेलमा मेथी फुराएर झान्ने । धनियाँको पातले सजाएर सर्व गर्ने ।

खुट्टाको सुप :
पिस पारेको एउटा खसीको खुट्टा त्यास्मा अदुवा ,लसुन , खुर्सानी , नुन स्वादअनुसार,र ज्वानो आदि ठिक तरिकाले राखेर बनाएमा यक्दम मिठो हुनको साथै शरीरलाई चाहिने शक्ति समेत प्राप्त गर्न सकिन्छ ।

ह्याकुलाको छोइला :
सबै भन्दा पहिले ह्याकुला आगोमा पाक्ने गरी पोल्ने । त्यसपछि टुक्रा पारेर आधा घण्टासम्म छोपेर राख्ने । अब त्यसमा तेलबाहेक सबै मसला हालेर मोल्ने । आधा घण्टापछि तेलमा मेथी फुराएर झान्ने । धनियाँको पातले सजाएर सर्व गर्ने ।

आफ्नो फेसबुक एकाउन्ट यसरी सुरक्षित राख्ने !
फेसबुक हिजोआज धेरैको दिनचर्या नै भएको छ भन्दा अत्युक्ति हुनेछैन । तर धेरैको दिनचर्या बनिसकेको यही फेसबुकले गर्दा आज धेरैले नोक्सानी पनि व्योहोर्नु परेको छ । फेसबुकका जति सुबिधा र फाइदाहरु छन् त्यति नै मात्रामा तिनका बेफाइदाहरु पनि छन् । आजकाल दिनहुँ धेरै फेसबुक एकाउन्ट ह्याक हुने गरेका छन् । अस्लिल सामग्रीहरु पोस्ट गरि अरुलाई ट्याग गरिदिने क्रम बढेर पनि धेरै प्रयोगकर्ताहरुले हैरानी बेहोर्नु परेको तीतो यथार्थ हामीसँग छँदै छ ।

यसर्थः फेसबुकलाई सुरक्षित राख्न निक्कै गाह्रो हुँदै आइरहेको छ । हुन त फेसबुकले यस्ता समस्याबाट बँच्न Security Setting त उपलब्ध गराएको छ तर सबैलाई त्यस बारेमा थाहा नहुन पनि सक्छ । त्यसैले फेसबुकबाट सुरक्षित रहने तरिका थाहा पाउनुहोस र सबैका जानकारीको लागि पनि सेयर गर्नुहोस । तपाईं हाम्रो एक सहयोगले कसैको जिन्दगी बर्बाद हुनबाट जोगाउन पनि सक्छ ।

तपाईहरूले याद गर्नु भएकै होला कहिलेकाहीँ आफ्नै साथीको नाममा अस्लिल भिडियोहरु पोस्ट भएका हुन्छन् । देख्दा ती भिडियो साथीहरुले नै पोस्ट गरे जस्तो देखिए पनि वास्तबमा त्यो भाइरस पनि हुनसक्छ । एक पटक यस्तो भाइरसले धेरै नै दुख दिएको थियो । साथीको नामबाट आफ्नो वालमा पोस्ट भएको त्यस्तो भिडियोमा

तपाईले क्लिक गर्नुभयो भने तपाईको सबै साथीको वालमा पनि तपाईको नामबाट बिभिन्न भिडियोहरु तथा अस्लिल सामाग्रीहरु पोस्ट हुन जान्छन् । त्यसैले त्यस्ता भिडियोमा सकेसम्म क्लिक नगर्नु नै राम्रो हुन्छ अथवा त्यस्तो समस्याबाट बँच्न कसैले ट्याग गरेको फोटो तपाईको अनुमति बिना आफ्नो वालमा पोस्ट गर्न नमिल्ने बनाउन पनि सकिन्छ । साधारणतय यस्ता काम नगर्नुहोस ।

१. नचिनेको ब्यक्तिलाई साथी बनाउदै नबनाउनुहोस ।
२. कुनै पनि जानकारीहरु सबैले हेर्न मिल्ने नबनाउनुहोस ।
३. कुनै पनि फोटो स्टाटस राख्दा सकेसम्म साथिहरुले मात्र हेर्न मिल्ने बनाउनुहोस ।
४. नचिनेको ब्यक्तिले friend request पठाउन नमिल्ने बनाउनुहोस ।
५. चिनजानको ब्यक्ती भएपनी खुलेर जे पायो त्यही कुरा नगर्नुहोस ।

६. ब्यक्तिगत कुराहरु कसैसँग च्याटमा नगर्नुहोस ।
७. कसैले देखेको छैन, भन्ने भ्रममा परेर धेरै स्वतन्त्र महसुस नगर्नुहोस ।
८. आफ्नो मोबाईलमा आएको varification code कसैलाई नदिनुहोस ।
९. कुनै पनि ब्यक्तिले पठाएको चिठ्ठा, पैसा, जागीर, सामानको मेसेज तथा पोस्टहरुमा बिस्वास नगर्नुहोस । धेरै जसो यस्ता सामाग्रीहरु ठग्न्ने मनसायका हुुुन्छन ।

त्यसको लागि Home भन्दा दाँयातिर रहेको logout भएको अप्सन बटममा क्लिक गरी Privacy Setting मा जान सकिन्छ :- PrivacySettings>Timeline and Tagging>Edit Setting मा गएर Review posts friends tag you before they appear in your timeline लाई On गर्न सकिन्छ ।

यस्तै गरि Review tags friends add to your own posts in Facebook मा गएर यसलाई पनि On गर्न सकिन्छ । अब जसले तपाईलाई ट्याग गरे पनि तपाईको अनुमति बिना त्यो वाल मा पोस्ट हुन सक्दैन अथवा ट्याग देखा पर्न सक्दैन र Notification मा “फलानोले ट्याग गरेको छ” भन्ने संदेश आएर बसेको हुन्छ । त्यसलाई तपाईले चेक गरेर Approve वा Decline गर्न सक्नु हुन्छ

अर्को कुरा तपाईको फलानो साथीले यो एप्लिकेशन प्रयोग गरेको छ । तपाईको प्रोफाइल कति पटक कसले हेर्यो, कसले फेसबुकमा तपाईलाई ब्लक गरेको छ हेर्न यहाँ क्लिक गर्नुहोस् भन्ने संदेश लिएर बिभिन्न खाले पोस्टहरु फेसबुकमा देख्न सक्नु हुन्छ । वास्तबमा यो फेसबुकबाट जारी होइन, यिनीहरु भनेका भाइरस हुन्, कुनै ह्याकरहरुको काम पनि हुन सक्छ । फेसबुकले हालसम्म यस्तो सुबिधा दिएको छैन । त्यसैले सकेसम्म आफ्नो फेसबुक एकाउन्टबाट कुनै पनि एप्सहरुमा log in नगर्नुहोस, इन्ष्टल नगर्नुहोस ।

भिडियो हेर्नुहोस