नेपालखबर- कपिलवस्तुको तौलिहवाकी एक बालिकाको बोन म्यारो ट्रान्सप्लान्टका लागि उनका आमाबाबुले सहयोगको अपील गरेका छन्। हाल तौलिहवा बस्दै गरेकी कपिलवस्तु बुद्धभुमि नगरपालिका–३ टाँकु निवासी शोभाखर खनालका छोरा बुहारी श्रीधर खनाल र रेखा अधिकारीकी ६ वर्षीया छोरी ग्रीष्मा खनाललाई बोन म्यारो ट्रान्सप्लान्ट गर्नु परेको हो।

जन्मेको ३ महिनादेखि नै आफ्नो शरीरमा रगत नबन्दा अरुको रगतको सहारामा बाँचेकी ग्रीष्मालाई हरेक महिना एक पाउण्ड रगत दिने गरिएको छ।

नेपालसहित भारतका विभिन्न अस्पतालमा उनको उपचारका क्रममा डाक्टरहरुले बोन म्यारो ट्रान्सप्लान्ट गरेमा मात्र ठीक हुने भनेकाले उपचारमा करिब ५० लाख खर्च लाग्ने डाक्टरहरुले बताएका छन्। ५० लाख खर्च गर्ने आर्थिक अवस्था नभएकोले ग्रीष्माका आमा बुबाले उनलाई बचाउन सबैसँग सहयोगको अपील गरेका छन्।

 

 

सहयोगको लागि फोन न. ९८४५१०८७२७, ९८४७२४४५३४ मा सम्पर्क गर्न वा रेखा अधिकारीको नाममा रहेको एभरेष्ट बैंकको तौलिहवा शाखा खाता नं ०३८००५१७२०१९८४ मा रकम जम्मा गरिदिन बालिकाका आफन्तले आग्रह गरेका छन्।