शस्त्रधारी स्थानियबासीबिच झडप, ३७ जनाको मृत्यु,

बामाको– मालीको दुर्गम काउलोगोन गाउँमा नयाँ वर्षको अवसरमा शस्त्रधारी स्थानियबासीबिच झडप हुँदा ३७ जनाको मृत्यु भएको छ । माली सरकारका अनुसार उक्त हत्या आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

मालीको गृह मन्त्रालयले मालीको सैन्यबललाई तत्कालै घटनास्थलमा पठाएको जनाएको छ । घटनास्थलमा पुगेको फौजले शंकास्पद ७ जनालाई पक्राउ गरेको छ, तर उनीहरुका बारेमा विस्तृत विवरण दिएको छैन ।
मङ्गलबार भएको उक्त घटनामा डोगोन समुदायका मानिसले फुलानी गाउँका मानिसमाथि आक्रमण गरेको विश्वास गरिएको छ ।