काठमाडौँ – चौतर्फी चर्चा बटुल्न सफल – सबैको प्रिय गीत सालको पातको टपरीपछि सर्जक नवराज पन्तको नयाँ गीत पिलि पिलि जुनकीरी बजारमा आएको छ। बसन्त थापा, देवी घर्ती र सुनिता गुरुङको स्वर रहेको गीतमा थापा स्वयम्को संगीत छ।

गीतका सर्जक पन्त अमेरिकाको मेरिल्याण्डमा बस्छन्। ‘सालको पातको टपरी हालसम्मकै सर्वाधिक सफल गीतको रेडर्क बनाउन सफल भएको छ’, उप्त उनले भने, ‘हामीले सोचे भन्दा धेरै सफल भयो, पिलि पिलिलाई पनि दर्शक श्रोताले त्यतिनै माया गरिदिनुहुनेछ भन्ने अपेक्षा गरेको छु।’

 

 

लोक दोहोरी गीतको इतिहासमा निक्कै चर्चा कमाउन सफल “सालको पातको टपरी हुनि, ” बोलको गीतको अपार सफलतापछि , गीतकार नवराज पन्तले फेरी अर्को निकै आशालाग्दो लोक दोहोरी

गीत बजारमा ल्याएका छन ।
“पिलि पिली जुनकीरी……
अधेरीमा पंधेरी, पटुकीमा घैला
चोली मैला मैला” ……..

बसन्त थापाको जादूमय संगीतमा बसन्त थापा,देवी घर्ति र सुनिता गुरुङको कर्णप्रिय आवाजले भरिएको यो गीत,आशिस अभिरलको एरेन्जमा तयार पारिएको हो। यस गीतको रिलिज भने आज बिहान मात्र गरिएको छ।

पछिल्लो समय लोक गीतका रचनाकारको रुपमा निकै ख्याती कमाएका गीतकार नवराज पन्त ,”सालको पात” कै हाराहारीमा यो गीतबाट सफलता पाउने कुरामा निकै आशा राखेका छन। अत्यन्तै सुन्दर नृत्यले भरिपूर्ण म्युजिक भिडियोमा ओबी रायमाझी र जुना सुन्दाशको अभिनय रहेको छ।

“गोधुलीमा आउने
ढाकाटोपी लाउने
सुसेलेर गाउने मेरै माया हुन के रे ”