पाकिस्तानका हुंजा समुदायका महिलाहरु ८० वर्ष पार भएपनि ३० –४० वर्षका जस्ता देखिन्छन् । यो समुदाय उत्तरी पाकिस्तानको कराकोरम पहाडमा बस्ने गर्दछन् जहाँ मानिसहरुको औसत आयु १२० वर्ष हो । कतिपय अवस्थामा १६५ बर्ष सम्म बाचेको देखिन्छ ।

यहाँका मानिसका विशेषताः
– यस समूदायका मानिसहरु शारिरिक र मानसिक रुपमा बलिया हुन्छन् ।

– यहाँका महिलाहरु पाका भएपनि उनीहरु जवान देखिन्छन् भने पुरुषहरु ९० वर्षमा पनि बुवा बन्न सक्छन् ।

 

 

– उनीहरुको जीवनशैली नै उनीहरुको लामो आयुको कारण हो । बिहान पाँच बजे उठिसक्ने यहाँका मानिसहरु धेरैभन्दा धेरै हिँड्ने गर्दछन् ।

– यहाँका मानिसहरुले दिनको दुई पटक मात्र खाना खाने बताइन्छ । पहिलो पटकको खाना उनीहरु दिनको १२ बजे खाने गर्दछन् भने बेलुका आफ्नो काम सिद्धिएपछि ।

– उनीहरुको खाना पूर्ण रुपमा प्राकृतिक हुन्छ । यसमा कुनै प्रकारको औषधी र केमिकलको प्रयोग गरिएको हुँदैन ।

– उनीहरुले आफ्नै बारीमा आफूलाई चाहिने सामग्रीको उत्पादन गर्दछन् । आफूले गरेको खेतीमा किटाणु मार्ने औषधी प्रयोग गर्न मनाही छ ।

– उनीहरु विशेष रुपमा जौ, गौंलगायतका खानेकुरा खान्छन् । यसका साथै आलू, मटर, शलगम, दुधजस्ता खानेकुराहरु पनि प्रशस्त मात्रामा खाने गर्दछन् ।

– यो समूदायले मासुको प्रयोग निकै कम गर्छ । उनीहरु विशेष अवसरमा मात्र मासु पकाउने गर्दछन् । मासुको टुक्रालाई पनि निकै सानो बनाउने गर्दछन् ।

– यस्तो जीवनशैलीका कारण उनीहरुलाई क्यान्सरजस्ता रोग लाग्दैन ।

अलेक्जेन्डर द ग्रेटको सेनाको वंशजः
– यो समूदायका मानिसहरुलाई बुरुशो पनि भनिन्छ । उनीहरुको भाषलाई बुरुशास्की ।

– यो समूदाय अलेक्जेन्डर द ग्रेटको बंशज भएको बताइन्छ ।

– यो समूदाय पूर्ण रुपमा मुस्लिम हो ।

– यो समूदाय पाकिस्तानको अरु समूदायभन्दा धेरै नै शिक्षित छन् ।

– हुंजा घाटीमा यसको जनसंख्या करिब ८७ हजार छ ।

पर्यटकीय गन्तव्य हो हुंजा भ्यालीः
– हुंगा भ्याली पाकिस्तानको सबैभन्दा मनपराइएको पर्यटकीय गन्तव्य मध्येको एक हो ।

– संसारभरका मानिसहरु यहाँको पहाडको लुकेको सौन्दर्य हेर्न आउँछन् ।

– यो समूदायमा धेरै मानिसहरुले थुप्रै किताब लेखिसकेका छन् ।

– यसमध्ये जेआइ रोडालको ‘द हेल्दी हुंजास’ र डा. जो क्लार्कको ‘द लष्ट किंगडम अफ द हिमालयज’ चर्चित छन् । स्रोत :रातोपाटी

 

आफ्नो फेसबुक एकाउन्ट सुरक्षित राखौ
फेसबुक हिजोआज धेरैको दिनचर्या नै भएको छ भन्दा अत्युक्ति हुनेछैन । तर धेरैको दिनचर्या बनिसकेको यही फेसबुकले गर्दा आज धेरैले नोक्सानी पनि व्योहोर्नु परेको छ । फेसबुकका जति सुबिधा र फाइदाहरु छन् त्यति नै मात्रामा तिनका बेफाइदाहरु पनि छन् । आजकाल दिनहुँ धेरै फेसबुक एकाउन्ट ह्याक हुने गरेका छन् । अस्लिल सामग्रीहरु पोस्ट गरि अरुलाई ट्याग गरिदिने क्रम बढेर पनि धेरै प्रयोगकर्ताहरुले हैरानी बेहोर्नु परेको तीतो यथार्थ हामीसँग छँदै छ ।

यसर्थः फेसबुकलाई सुरक्षित राख्न निक्कै गाह्रो हुँदै आइरहेको छ । हुन त फेसबुकले यस्ता समस्याबाट बँच्न Security Setting त उपलब्ध गराएको छ तर सबैलाई त्यस बारेमा थाहा नहुन पनि सक्छ । त्यसैले फेसबुकबाट सुरक्षित रहने तरिका थाहा पाउनुहोस र सबैका जानकारीको लागि पनि सेयर गर्नुहोस । तपाईं हाम्रो एक सहयोगले कसैको जिन्दगी बर्बाद हुनबाट जोगाउन पनि सक्छ ।

तपाईहरूले याद गर्नु भएकै होला कहिलेकाहीँ आफ्नै साथीको नाममा अस्लिल भिडियोहरु पोस्ट भएका हुन्छन् । देख्दा ती भिडियो साथीहरुले नै पोस्ट गरे जस्तो देखिए पनि वास्तबमा त्यो भाइरस पनि हुनसक्छ । एक पटक यस्तो भाइरसले धेरै नै दुख दिएको थियो । साथीको नामबाट आफ्नो वालमा पोस्ट भएको त्यस्तो भिडियोमा तपाईले क्लिक गर्नुभयो भने तपाईको सबै साथीको वालमा पनि तपाईको नामबाट बिभिन्न भिडियोहरु तथा अस्लिल सामाग्रीहरु पोस्ट हुन जान्छन् ।

त्यसैले त्यस्ता भिडियोमा सकेसम्म क्लिक नगर्नु नै राम्रो हुन्छ अथवा त्यस्तो समस्याबाट बँच्न कसैले ट्याग गरेको फोटो तपाईको अनुमति बिना आफ्नो वालमा पोस्ट गर्न नमिल्ने बनाउन पनि सकिन्छ । साधारणतय यस्ता काम नगर्नुहोस ।

१. नचिनेको ब्यक्तिलाई साथी बनाउदै नबनाउनुहोस ।
२. कुनै पनि जानकारीहरु सबैले हेर्न मिल्ने नबनाउनुहोस ।
३. कुनै पनि फोटो स्टाटस राख्दा सकेसम्म साथिहरुले मात्र हेर्न मिल्ने बनाउनुहोस ।

४. नचिनेको ब्यक्तिले friend request पठाउन नमिल्ने बनाउनुहोस ।
५. चिनजानको ब्यक्ती भएपनी खुलेर जे पायो त्यही कुरा नगर्नुहोस ।
६. ब्यक्तिगत कुराहरु कसैसँग च्याटमा नगर्नुहोस ।
७. कसैले देखेको छैन, भन्ने भ्रममा परेर धेरै स्वतन्त्र महसुस नगर्नुहोस ।

८. आफ्नो मोबाईलमा आएको varification code कसैलाई नदिनुहोस ।
९. कुनै पनि ब्यक्तिले पठाएको चिठ्ठा, पैसा, जागीर, सामानको मेसेज तथा पोस्टहरुमा बिस्वास नगर्नुहोस । धेरै जसो यस्ता सामाग्रीहरु ठग्न्ने मनसायका हुुुन्छन ।

त्यसको लागि Home भन्दा दाँयातिर रहेको logout भएको अप्सन बटममा क्लिक गरी Privacy Setting मा जान सकिन्छ :- PrivacySettings>Timeline and Tagging>Edit Setting मा गएर Review posts friends tag you before they appear in your timeline लाई On गर्न सकिन्छ ।

यस्तै गरि Review tags friends add to your own posts in Facebook मा गएर यसलाई पनि On गर्न सकिन्छ । अब जसले तपाईलाई ट्याग गरे पनि तपाईको अनुमति बिना त्यो वाल मा पोस्ट हुन सक्दैन अथवा ट्याग देखा पर्न सक्दैन र Notification मा “फलानोले ट्याग गरेको छ” भन्ने संदेश आएर बसेको हुन्छ । त्यसलाई तपाईले चेक गरेर Approve वा Decline गर्न सक्नु हुन्छ

अर्को कुरा तपाईको फलानो साथीले यो एप्लिकेशन प्रयोग गरेको छ । तपाईको प्रोफाइल कति पटक कसले हेर्यो, कसले फेसबुकमा तपाईलाई ब्लक गरेको छ हेर्न यहाँ क्लिक गर्नुहोस् भन्ने संदेश लिएर बिभिन्न खाले पोस्टहरु फेसबुकमा देख्न सक्नु हुन्छ ।

वास्तबमा यो फेसबुकबाट जारी होइन, यिनीहरु भनेका भाइरस हुन्, कुनै ह्याकरहरुको काम पनि हुन सक्छ । फेसबुकले हालसम्म यस्तो सुबिधा दिएको छैन । त्यसैले सकेसम्म आफ्नो फेसबुक एकाउन्टबाट कुनै पनि एप्सहरुमा log in नगर्नुहोस, इन्ष्टल नगर्नुहोस ।