“हाँस्ने”तरिकाबाटै थाहा हुन्छ, तपाई “कस्तो स्वभाव”को व्यक्ति !

भनिन्छ कि जुन काम ठूला ठूला लडाइँले गर्न सक्दैन, त्यो काम तपाईको एक मुस्कानले गर्न सक्छ । यो मुस्कान हाँसामोमा बद्लियो भने त कुरा नै अर्कै हुन्छ ।

हाँसो एक औषधि हो, जसका धेरै फाइदा छन् । तन मनलाई निखार्नका लागि हाँसो सबैभन्दा उत्तम थेरापी हो ।

तपाईंले आफ्नो वरपर देख्नुभएकै होला केही व्यक्ति यस्ता हुन्छन् जो हरेक कुरामा हाँस्छन् । र कोही यस्ता पनि हुन्छन् जो हाँसो लाग्ने कुरामा पनि मात्र मुस्कुराउँछन् । समुद्रशास्त्रमा व्यक्तिको हाँस्ने तरिकाको आधारमा उसको स्वभावबारे उल्लेख गरिएको छ ।

खित्का छाडेर हाँस्ने व्यक्ति
जो व्यक्ति हाँस्न कन्जुस्याइँ गर्दैनन् अर्थात् खित्का छाडेर हाँस्छन्, यस्ता व्यक्ति उत्साही प्रवृत्तिका हुन्छन् । यस्ता व्यक्तिको बौद्धिक क्षमता उच्च हुन्छ । यस्ता व्यक्ति सहनशील हुनुका साथै मनमा कुनै पनि प्रकारको छलकपट हुँदैन । आवश्यक परेको समयमा मानिसको सहयोग गर्न सदैव तयार रहन्छन् ।

जोड–जोडले आवाज निकालेर हाँस्ने व्यक्ति
कुनै व्यक्ति यस्ता हुन्छन्, जो हाँस्ने बेला जोड(जोडले आवाज निकाल्छन् । यस्ता व्यक्ति स्भाभिमानी र परिश्रमी हुन्छन् । यस्ता व्यक्ति जीवनमा सफल पनि हुन्छन्।

मन्द मुस्कानसहित हाँस्ने व्यक्ति
कुनै व्यक्ति यस्ता पनि हुन्छन्, जो जतिसुकै हाँस्ने कुरा भए पनि मन्द मुस्कान मात्रै दिन्छन् । जो व्यक्ति यसरी मुस्कुराउँछन् मात्रै उनीहरु बुद्धिमानी र गम्भीर प्रवृत्तिका हुन्छन् । यस्ता व्यक्ति छिट्टै रिसाउँदैनन् साथै कठिन समयमा धैर्यताका साथ काम गर्छन् ।

रोकिएर हाँस्ने व्यक्ति
केही व्यक्ति हाँस्न पनि कन्जुस्याइँ गर्छन् । अर्थात् बीचमा रोकिएर हाँस्छन् । यस्ता व्यक्तिको बौद्धिक क्षमता सामान्य हुन्छ । यस्ता व्यक्ति विवेकको सट्टा भावनाले निर्णय लिन्छन् । यस्ता व्यक्तिमा कुनैपनि चीजको बचत गर्ने बानी भने विशेष प्रकारले भरिएको हुन्छ । स्रोत :राष्ट्रिय खबर

 

हत्केलाको यो भागले बताउने छ तपाई भाग्यमानि कि अभागी
हत्केलामा मुख्य रुपमा जीवन रेखा, भाग्य रेखा , हृदय रेखा र मस्तिस्क रेखा हुन्छन। प्राय भविष्यसँग जोडिएका तमाम जिज्ञासाहरुका जवाफ यिनै रेखाहरु बाट मिल्दछ। यी रेखा हरुको अलावा हाम्रो हत्केलामा अरु पनि विभिन्न किसिमका सानातिना रेखा हरु राखेका हुन्छन जसको हस्तरेखा ज्योतिष मा धेरै ठुलो महत्व हुन्छ। हथेली जहाबाट सुरु हुन्छ त्यसलाई मनिबंध भानिन्छ।

मनिबंध मा बनेका केहि रेखा बहुत भाग्यशाली हुन्छन साथै यसबाट जीवनको सबै राज खुल्नेछ। कुनै पनि व्यक्तिको हातमा मनिबन्धमा बन्ने रेखा एकदम सिधा र स्पष्ट देखिन्छा भने उनीहरुलाई भाग्यले सधै साथ दिनेछ। जब हत्केलामा भाग्यरेखा मनिबन्ध बाट शुरू भएर सिधा शनि पर्वत मा मिल्छ भने यस्ता व्यक्ति भाग्यशाली हुन्छन।

जो कसैको हत्केलामा भाग्य रेखा चन्द्रमाको क्षेत्रबाट प्रारम्भ हुन्छ भने उसको हरेक कामहरु सफल हुन्छ अनि जीवनमा धेरेई मान सम्मान प्राप्त हुन्छ।यदि मनिबन्धको नजिकै गहुँ आकारको कुनै पनि निशान बनेको छ भने यसलाई ज्यादै शुभ मानिन्छ। उसको जिन्दगीमा हमेशा खुशी आनन्द भैरहन्छ। ज्ञान बाड्नु धर्महो यो जानकारी शेयर गरी अरूलाइ पनि जान्ने अवसर दिनुहोस।

 

एक कुमारी आमाको कथा “परी”
कुमारी आमा सरस्वतीबाट छोरी परीको जन्म हुन्छ । परी कुमारी आमाको सन्तान भएकै कारण समाजबाट अपहेलनाको पात्र बन्न पुग्छिन् । उनलाई सरस्वतीले समाजले जेजस्तो भने पनि बलियो भएर उभिन प्रेरणा दिन्छिन् । उनको एउटै मात्र सपना ‘आफ्नी छोरीले कालो कोट लगाएको हेर्ने’ हुन्छ । छोरीलाई आफ्नो पहिचान दिलाउन उनले थुप्रै चुनौतीको सामना गर्नुपरेको हुन्छ । परीको एउटै मात्र सपना सरस्वतीलाई कुमारी आमाको दर्जाबाट विवाहित नारी भएको हेर्ने र आमालाई धोका दिने धोकेबाजलाई सजायँ दिने हुन्छ ।

आमाले परीलाई कलेजको क्यान्टिनमा काम गरेर उनको लालनपालन गरेकी हुन्छिन् । एकदिन परीले वकिल भएर आमाको सपना पूरा गर्न सक्छिन् । परीको आफ्नो कमाइको आमालाई पहिलो उपहार ‘पछ्यौरा’ हुन्छ । छोरीको पहिलो कमाइबाट पाएको उपहारलाई आमा अमूल्य ठान्छिन् । आफ्नो वेदना कहिल्यै छोरीलाई नसुनाएकी आमाले उक्त दिन आफू कसरी कुमारी आमा बन्न पुगेको भन्ने सुनाउने निधो गर्छिन् ।

सानैमा सरस्वतीकी आमाको मृत्यु भएकाले क्षेत्री जातका बुवाले अर्कै आमा ल्याएका हुन्छन् । उनलाई पढ्न मन लागे पनि सौतेनी आमाका छोराछोरी हेर्नुपर्ने बाध्यताका कारण पढाइलाई अधूरै छाड्न बाध्य भएकी हुन्छिन् । सरस्वतीका बुवा गाउँका जान्नेबुझ्ने व्यक्ति हुन्छन् । उनलाई गाउँमा सबैले मान्ने गर्छन् ।

खानलाउन दिएर छोरीको आवश्यकता पूरा हुन्छ भन्ने उनका बुवाको सोचाइ हुन्छ तर उनी भने कसैको माया पाउनका लागि सधैंँ तड्पिरहेकी हुन्छिन् । एक दिन उनका बुवाले गाउँको विद्यालयका लागि आएका शिक्षक पीताम्बर उपाध्यायलाई आफ्नै घरमा लिएर आउँछन् । उनी त्यस गाउँको विद्यालयमा पढाउञ्जेल उनकै घरमा बस्नका लागि आएका हुन्छन् । उक्त शिक्षकले सरस्वतीलाई पनि धेरै कुरा सिकाउँदै जान्छन् ।

विस्तारै उक्त शिक्षक र सरस्वती एकार्काको मायामा पर्न थाल्छन् । उनै पीताम्बरसँग मायामा परेपछि सरस्वती गर्भवती बन्न पुग्छिन् । सरस्वतीलाई उनको परिवारले पनि विनाविवाह गर्भवती भएकाले स्वीकार गर्न सक्दैन । पीताम्बर उनलाई आफ्नो नामको सिन्दुर पोते लगाइदिएर समाजमा आफ्नी श्रीमतीको दर्जा दिन धेरै सङ्घर्ष गर्छन् तर पीताम्बरको परिवारले पनि उनलाई स्वीकार गर्दैन । परिवारकै आग्रहमा पीताम्बरको अर्कै केटीसँग विवाह हुने पक्का हुन्छ । अन्ततः पीताम्बरले उनलाई आफन्त पर्ने दिदीको घरमा लगेर राख्छन् ।

पीताम्बरको विवाह भएकै दिन सरस्वतीले परीलाई जन्म दिएकी हुन्छिन् । पीताम्बरको विवाह भइसकेपछि उक्त गाउँमा बसेर आफ्नी छोरीलाई पहिचान दिन नसक्ने कारणले गर्दा उनी काठमाडौँ आइपुगेकी हुन्छिन् । सरस्वतीले आफ्नी छोरीलाई सम्झाउँदै भन्छिन्, “छोरी, तिम्रो शरीरभरि रातो रगत सल्बलाएको छ । तिम्रो बाबा पानी थियो, उसको अस्तित्व सब मभित्र घोलिएर रातो रगत बन्यो । ऊ मभित्र मिसिएर मलाई पानी बनाउन सकेन । ऊ आफैँ मभित्र मिसिएर रगत बनेर रह्यो । तिमीभित्र मेरो रगत छ भन्ने मात्र सोच तिमी ।”

सानैदेखि समाजमा घृणाको पात्र बनेकी परी आमाले आफ्नो कथा सुनाइसकेपछि मामाघर र आफ्नो पिताप्रति उनको मनमा थप घृणाको भावना पैदा हुन्छ । उनी अधिवक्ता बन्छिन् । एक दिन उनको मामाको मुद्दा आइपुग्छ । आफ्नी आमा घृणाको पात्र बनेर सबैबाट चरित्रहीन भनिएको पीडालाई सम्झिएर उनले मामाको मुद्दा नहेरौँ कि भनी सोच्छिन् । उनले मामाको मुद्दा हेरेरै छाड्छिन् र जिताउँछिन् पनि । मुद्दा जितेर छुट्टिने

बेलामा मामाले उनलाई मुद्दावापतको रकम दिन सोध्छन् तर परीले रकम आफूले अहिले नै नलिने, आफूले दिएको ठेगानामा ल्याएर छाडिदिन आग्रह गर्छिन् र ठेगाना छाडेर जान्छिन् । परीको उद्देश्य आमा र मामाको भेट गराउने उद्देश्य हुन्छ ।

मामाकै ठेगानाका आधारमा उनी शिविरको बहाना पारेर आफ्ना हजुरबुवा र बुवाको घरमा समेत पुग्छिन् । आफ्नो बुवा र हजुरबुवाले आफ्नी आमालाई घृणा गर्छन् भन्ने छवि

दिमागमा बनाए पनि परी आमालाई बुवा र हजुरबुवाले धेरै माया गर्नुहुन्छ भन्ने थाहा पाउँछिन् । पहिले आफ्नो मनभित्र बदलाको भावना पालेकी परीले पछि आफ्नो बुवा र आमाको विवाह गराएरै छाड्ने निधो गर्छिन् तर यो काम सहज हुँदैन । धेरै सोचिसकेपछि आफ्नो अमेरिकामा रहेका भाइ प्रकाशको मद्दतबाट उनी आफ्ना आमा र बुवाको मिलन गराउन सफल हुन्छिन् । जातीय छुवाछुतका कारण ब्राह्मण र क्षेत्रीको मिलन हुन नपाएको समाजमा गुरुङ थरको केटासँग परीको विवाह हुन्छ ।

चलचित्रको दृश्यजस्तै उपन्यासकारले थुप्रै प्रसङ्गलाई रचनात्मक शैलीमा प्रस्तुत गर्नुभएको छ । महिलाले चाहे भने कसैको सहाराविना नै आफ्नो पहिचान बनाउन सक्छन् भन्ने सन्देश उपन्यासमा पाइन्छ । उपन्यासकारले आफ्नो कृतिमार्फत समाजमा विद्यमान जातीय छुवाछुतलाई उजागर गर्न खोज्नुभएको छ भने एकै आमाबाट जन्मिएका सन्तानभन्दा फरक आमाबाट जन्मिएका सन्तानको सम्बन्ध मजबुत हुन्छ भन्ने कुरालाई पनि उजागर गर्न खोज्नुभएको छ । रासस