लोकप्रिय गायिका सिर्जु अधिकारीको स्वरमा बिल्कुलै फरक धारको नयाँ गीत ‘रेलिमै’ सार्वजनिक भएको छ । उक्त गीतमा गायिका अधिकारीलाई गायक कृष्ण रेउलेले साथ दिएका छन् भने । लय शब्द संगीत पनि गायक स्वयं रेउलेकै रहेको छ ।

गीतको भिडियोमा पछिल्लो समयकी चर्चिच मोडल तथा डान्सर करिश्मा ढकाल भिन्न रुपमा प्रस्तुत भएकी छिन् । गीत सँग उनको हाउभाउ र पहिरनले झनै भिडियो उत्कृष्ट बनेको छ । करिश्मालाई गायक रेउलेले भिडियोमा पनि साथ दिएका हुन् भने दर्जनौ कोरस डान्सर हरु पनि साथमा छन् ।

 

चर्चित नृत्य निर्देशक तथा मोडल शंकर बिसीले निर्देशन गरेको भिडियो  दुर्गा पौडेलले खिचेका हुन् । नवीन घर्ती मगरको सम्पादनमा तयार भएको भिडियो गायिका सिर्जु अधिकारीको आफ्नै अफिसियल च्यानलबाट बजारमा ल्याएका हुन् । भिडियो ।

 

परिक्षामा प्रश्नको उत्तर लेख्ने महत्वपूर्ण टिप्सहरू :
१. कुनै प्रश्नको लामो ब्याख्या नगर्ने, छोटो परिभाषा वा बर्णन गरिसकेको पछि बुदाँगत रूपमा लेख्न शुरू गर्ने ।

२. कुनैपनि प्रश्नमा सोधिएका विषयबस्तुको मुख्य केही हरफहरू लेखिसकेपछि बुँदाबाट लेख्ने । कुनै प्रश्नको सब टपिक बनाएर लेख्ने ।

३ प्रश्नले मागे अनुसार, वर्ड फिगर, चार्ट वा टेबल बनाउने ।

४. लामो ब्याख्या कुनैपनि प्रश्नमा नगर्ने । सकेसम्म प्रश्नको मुख्य विषयबस्तुलाई बुँदागत रूपमै लेख्ने ।

५. हिट अन द डेड शैली अपनाउने, कुरा नघुमाई जे सोधिएकै हो त्यसमा सिधै प्रवेश गर्ने । प्रश्न अनुसार हरेक उत्तर एउटा उदारण समेत प्रस्तुत गर्ने ।

६. यदि परिचय, परिभाषा वा व्याख्या गर भनेको छ भने त्यो विषयसँग सम्बन्धित भनाईलाई कोटेशन गरी लख्ने ।

७. लामो र गन्जागोल उत्तर लेख्न भन्दा उपयुक्त र गुणस्तरीय उत्तर लेखनमा जोड दिने ।