चर्चित लोकप्रिय गायक शिव परियारको “एक चुम्बन” बोलको गीत सार्वजनिक भएको छ। डान्सिङ फ्लेवरको उक्त गीत शिव परियारको १२ औ सांगीतिक संग्रह ‘शिवालय भाग २’ मा समाबेश गरिएको छ । श्वेता मैनालीको शब्द रहेको उक्त गीतमा गायक शिव परियारको नै संगीत रहेको छ भने बिजेस्वर राज तन्डुकारको एरेंज रहेको छ ।

नायिका स्वस्तिमा खड्का र डान्स प्लसका उप बिजेता सुजन मार्पा तामाङको अभिनय रहेको उक्त गीतको भिडियो ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेका हुन् । फिल्मका साथै गीतको भिडियोहरुमा पनि रुचाइएकी नायिका स्वस्तिमा खड्कालाई उक्त गीतको भिडियोमा रोमान्टिक बन्दै सुजन मार्पा तामाङसँग नृत्य गर्दै देख्न सकिन्छ ।

 

 

सुजन मार्पा तामाङको नै कोरियोग्राफी तथा निर्देशनमा तयार भएको गीतको भिडियोलाई बिकास ज्ञवालीले संपादन गरेका हुन् । गायक शिव परियारको नै अफिसियल युट्युबबाट सार्वजनिक गरिएको उक्त गीतको भिडियोलाई निकै रमाइलो र फरक तरिकाले निर्माण गरिएको छ ।

चिनियाँ युवकसँग विवाह गरी “देह ब्यापार”मा लगाईएका पाकिस्तानी महिलाको कथा

चिनियाँ युवकसँग विवाह गरी गएर पाकिस्तान फर्किन सफल भएका केही युवतीले आफूले भोगेको वास्तविकता बाहिर ल्याएका छन् ।

समिना मसिह (परिवर्तित नाम)
मेरो उमेर बीस वर्ष भयो र म गुजरावालामा बस्छु । मेरो छिमेकीका माध्यमबाट चिनियाँ युवकसँग सम्बन्ध भयो । उनले मेरो परिवारलाई चिनियाँ युवकको फोटो देखाए र केटा मन परेमा जीवन बदलिने आश्वासन दिए ।

मेरो जीवन वास्तममै परिवर्तन भयो । मेरो विवाह २४ सेप्टेम्बरमा ली ताओसँग भयो । मलाई एक महिनाका लागि इस्लामाबादमा राखियो ।

जहाँ मसहित अन्य तीन जना युवतीहरू थिए । मेरो विच्याट एकाउन्ट पनि बनाइयो । तर, मेरो पतिले नै यसको प्रयोग गर्ने गर्दथे । कागजपत्र बनाएपछि हामी चीन गयौं । हवाईजहाज, रेल र कारको तीन दिनको यात्रापछि हामी सांघाई नजिकको सहर जियांसु पुग्यौं । ली ताओको घरमा एउटा कोठा र किचन थियो । पुरै घरमा एउटामात्रै बाथरुम थियो ।

ली ताओले मलाई एक महिलासँग भेट गराए र उनी आफ्नी आमा भएको परिचय गराए । उनी हामीसँगै बस्थिन् तर धेरै बोल्दैनथिन् । उनी एकदमै थोरै टुटेफुटेको अंग्रेजी बोल्थिन् र मलाई पनि अंग्रेजी भाषा राम्ररी नआउने भएकाले धेरै कुराकानी हुँदैनथ्यो ।

विवाहका केही दिनपछि नै मेरा श्रीमान् बिहानदेखि साँझसम्मै नसामा हुने गर्दथे र जबर्जस्ती मसँग यौन सम्बन्ध राख्न खोज्थे । म उसले किनेको वस्तु भएको जस्तो व्यवहार गर्दथे ताकि मन लागेको बेला प्रयोग गर्न सकियोस् । मैले यौन सम्बन्ध राख्न अस्वीकार गर्दा मलाई नै पिट्ने गर्दथे ।

मेरो बुबाआमालाई केटा चीन–पाकिस्तान इकोनोमिक कोरिडोर (सीपेक) मा जागिर खान्छ भनिएको थियो । त्यहाँ गएपछि उनी कम्प्युटर इन्जिनियर भएको जानकारी भयो । उनी कम्प्युटर इन्जिनियर पनि हुन् या होइनन् स्पष्ट भने हुन सकेन ।

म केही दिनपछि चीनमा बस्ने युवतीहरूसँग कुराकानी गर्न थाले । म नानजिङमा बस्ने एक युवतीलाई पहिलेदेखि नै चिन्थे । उनलाई मलाई जे भए पनि ऊसँग बाहिर नजान सल्लाह दिइन् । उसका पतिले उनलाई एउटा डान्सबारमा लगेर आफ्ना साथीसँग छोडिदिएका थिए ।

उनी धेरै नै कराइन् तर उनलाई बचाउन कोही पनि आएन । मलाई यो कुरा सुनेर डर लाग्यो । तर, अहिलेसम्म मेरा पतिले मलाई आफ्ना कुनै साथीसँग भेट गराएका थिएनन् । त्यसैले, म आफैं मुस्कुराइरहेकी थिएँ ।

मलाई एक दिन ली ताओले केही मानिसलाई भेटाउन बाहिर लिएर गए । त्यो फ्याक्ट्रीजस्तो स्थान थियो । जहाँ सबै केटाहरू मात्रै थिए र मलाई घुरेर हेरिरहेका थिए ।
मैले ऊसँग आफूहरू त्यहाँ जानुको कारणबारे सोधे ।

उनले कुनै जवाफ दिएनन् । मैले ऊसँग गाडीको चाबी खोसें र आफू गाडीभित्र बसेर बन्द गरें । तमासा भयो र समय पनि खेर गयो तर उनले मलाई त्यहाँबाट फेरि घर नै लिएर आए ।

घर आएपछि उनले मलाई धेरै नै पिटे र मेरो फोन पनि खोसे, विच्याट एकाउन्ट बन्द गरिदिए भने पासपोर्ट, परिचयपत्र, विवाहको प्रमाणपत्र सबै ऊसँग थियो । त्यो रात मैले आफ्नो नसा काट्ने कोसिस पनि गरे । तर, सफल भइनँ । मेरो शरीरमा त्यति रगत पनि थिएन । किनकि मैले तीनतीन दिनदेखि खाना पनि खाएको थिइनँ ।

यो घटना भएको अर्को दिन मेरा पति मेरो लागि मकै र मसरुम सुप लिएर आए । तर, मैले त्यो खाइसकेपछि रातको समयमा मात्रै ब्युझिए । मेरो टाउको बेस्सरी दुखिरहेको थियो । सायद, मलाई निद्राको औषधि दिइएको थियो । किनकि म धेरै चिच्याएर पुकार गर्थें । एक दिन मैले हिम्मत गरेर स्थानीय प्रहरीलाई फोन गरें ।

प्रहरीले अब मेरो घर नै चीन भएको र जस्तो समस्या आए पनि समाधान गर्न सहयोग गर्ने बतायो । मैले मेरा पतिले कब्जा गरेको मेरो फोन र सबै कागजपत्र दिलाइदिन अनुरोध गरें । मैले मलाई सहयोग नगरेमा फेरि उजुरी गर्ने या आफ्नो ज्यान दिने बताएँ । प्रहरीले मेरा पतिलाई सबै कागजपत्र फिर्ता गर्न आग्रह ग¥यो ।

मैले कागजपत्र पाएपछि यसबारेमा सबै जानकारी परिवारलाई गराएँ र परिवारले पाकिस्तानी दूतावासमा सम्पर्क ग¥यो । मेरो बुबाले पाकिस्तानी विदेशमन्त्री महमुद कुरैसीलाई चिठीसमेत लेख्नुभयो ।

यो पुरै मामलामा पाँच महिना लाग्यो र मलाई पाकिस्तान फिर्ता गरियो । म एक महिनाअघि आफ्नो घर आएकी हुँ । मलाई जे हुनु थियो त्यो भयो । मैले अब यो यसकारण बताएकी हुँ कि अब युवतीहरू बाहिर आइरहेका छन् र उजुरी गरिरहेका छन् । जसबाट अब युवतीहरू त्यहाँ जाने छैनन् ।