गौरब पनेरु युएई मुना मदन डिजिटल म्युजिक प्रालिको प्रस्तृतीमा दिपक खत्रीको वियोगान्त लोक भाकामा आधारित गीतिकथा ‘आमा’ भर्खरै मात्र सार्वजनिक भएको छ ।गीतमा परदेशमा भोगेका कुरालाई एकल रुपमा प्रस्तुत गरिएको छ । गीतमा दिपक खत्रीको शब्द तथा प्रेम रावतको मौलिक लय सिर्जना रहेको छ । आफनो जन्मघर छोडेर धन कमाउने आशामा परार्ईको देशमा गएर परिश्रम गर्दाको पिडालाई गीतमा समेटिएको छ ।

मुकेश हुमागाईँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । आमा गीतमा साया भण्डारी , जय देवकोटा र रश्मि भटट्को अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस