अभिनेत्री केकी अधिकारी अभिनित लोक गीत ‘फल मिठो’ सार्बजनिक (भिडियो)
अभिनेत्री केकी अधिकारी अभिनित लोक गीत ‘फल मिठो’ सार्बजनिक भएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै उक्त भिडियो सार्बजनिक गरिएको हो। गीतमा रामजी खाँड,राजेश बर्देवा,जुना शिरिस र दुर्गा रोकाको स्वर रहेको छ ।

डि.एन. जोशीको शब्द रचना रहेको गीतमा संगीत राजेश बर्देवाको रहेको छ । राजेश बर्देवाकोले नै संगीत संयोजन गरेका छन् मौसम हिमालीले निर्देशन गरेको भिडियोलाइ करन चैंसिरले छायांकन गरेका हुन् भने भिडियोलाइ मनोज कार्कीले सम्पादन गरेका हुन् भिडियोमा नायिका केकी अधिकारी संग रबिन्द्र टिटुङ्गको अभिनय रहेको छ।

 

 

 

भिडियो सार्बजनिक कार्यक्रममा लोक दोहोरि प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनी,समाजसेवी तथा संगीतप्रेमी पृथ्वी थकाली,शर्मिला तामांग लगायतको उपस्थिति रहेको थियो ।भिडियो