चर्चित गायक शिव परियारको स्वरमा ‘एक चुम्बन’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । डान्सिङ फ्लेवरको सार्वजनिक गीत ‘एक चुम्बन’लाई गायक शिव परियारकै संगीत, श्वेता मैनालीको शब्द, बिजेस्वर राज तन्डुकारको संगीत संयोजन रहेको छ ।

गीतको म्युजिक भिडियोमा चर्चित नायिका स्वस्तिमा खड्का र सुजन मार्पा तामाङको अभिनय रहेको छ । इन्डियन रियालिटी सो डान्स प्लसमा आफ्नो अमुक डान्स प्रदर्शन गरेर भारतीय र नेपाली दर्शकहरु माझ अत्यन्त चर्चामा रहेका डान्स प्लसका उप(बिजेता सुजन मार्पा तामाङले कोरियोग्राफी तथा निर्देशन गरेको यो गीतको म्युजिक भिडियो पनि गीत जस्तै निकै रमाइलो र फरक तरिकाले निर्माण गरिएको छ ।