धादिङको जगुरी नजिकबाट यात्रु बस त्रिशुली नदीमा बस खसेको छ।

बस त्रिशुलीमा खस्दा कम्तीमा पनि तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा ३० जना घाइते भएका प्रहरीले जनाएको छ।

 

 

 

काकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका–६ बन्छेटारबाट त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा दुई पुरुष र एक महिलाको मृत्यु भएको छ। तर, उनीहरुको परिचय खुल्न बाँकी छ।

प्रहरीका अनुसार घटनास्थलमा अहिले उद्धारको काम भैरहेको छ। दुर्घटनाको थप विवरण आउँन बाँकी छ।

 


Photo Credit : सुदर्शन रञ्जित/अनलाइनखबर