कति सुन्दर थियो यो परिवार । प्युठानका २ बर्षका शिशिर खड्का आफ्नो आमा बुवासंग दंग थिए । तर गएको असारको त्यो घटनाले शिशिरको जीवन मात्रै हैन यो परिवारको खुशी नै खोसिदियो । साथीहरुसंग खेलिरहेका शिशिर पुरी पकाउन उमालिरहेको तेलमा डुबे ।

पानी लिन गएकी आमा फर्केर आउंदा छोराको त्यो अवस्था देखेर मुर्छा परेर ढलिन् । भारतमा रहेका शिशिरका बुवा खबर थाहा पाउने बित्तिकै घर फर्के । शिशिरका दाई पनि छन् । चरण चरणको अप्रेशनले शिशिरलाई यो अवस्थामा ल्याउन सकियो । खुशीको कुरा शिशिर बांचे तर उनको त्यो सुन्दर अनुहार र शरीर यस्तो भयो ।

 

 

नमस्कार म शिशिर भण्डारी.. अर्को एउटा दुखद भिडियो लिएर आएको छु । यो भिडियो हेर्ने जति सबैले लाईक गरौ, अनि पुरा भिडियो हेरेर सबैले सेयर गरौं । सबै नेपाली मांझ पुर्याऊं है । गरिब परिवारले शिशिरको उपचारका लागि हालसम्म १२ लाख भन्दा माथि खर्चिसकेको छ । ऋण गरेर छोराको जीवन बचाएका शिशिरको आमा बुवाको रुंदा रुंदा आंशु रित्तिसक्यो । शिशिरको आमा उनको पहिलेको फोटो हेर्नै सक्दिनन् ।

त्यो दुर्घटनापछि शिशिर झनक्क रिसाउने भएका छन् । आफ्नो अनुहार ऐनामा हेर्दै घरभरीका सबै ऐना फुटाईसके । उनलाई आफु भुत जस्तो लाग्छ रे । अहिलेदेखि नै आफ्नो अनुहार प्रति उनलाई ठुलो घृणा छ । यसैबिच अप्रेशनमा ढिलाई भएपछि शिशिरको आँखा र कान टालिन थालेको छ । (ताजाखबर) भिडियो हेर्नु होस्……

 

यसरी आफ्नो फेसबुक सुरक्षीत राखौ

फेसबुक हिजोआज धेरैको दिनचर्या नै भएको छ भन्दा अत्युक्ति हुनेछैन । तर धेरैको दिनचर्या बनिसकेको यही फेसबुकले गर्दा आज धेरैले नोक्सानी पनि व्योहोर्नु परेको छ । फेसबुकका जति सुबिधा र फाइदाहरु छन् त्यति नै मात्रामा तिनका बेफाइदाहरु पनि छन् ।

आजकाल दिनहुँ धेरै फेसबुक एकाउन्ट ह्याक हुने गरेका छन् । अस्लिल सामग्रीहरु पोस्ट गरि अरुलाई ट्याग गरिदिने क्रम बढेर पनि धेरै प्रयोगकर्ताहरुले हैरानी बेहोर्नु परेको तीतो यथार्थ हामीसँग छँदै छ । यसर्थः फेसबुकलाई सुरक्षित राख्न निक्कै गाह्रो हुँदै आइरहेको छ ।

हुन त फेसबुकले यस्ता समस्याबाट बँच्न Security Setting त उपलब्ध गराएको छ तर सबैलाई त्यस बारेमा थाहा नहुन पनि सक्छ । त्यसैले फेसबुकबाट सुरक्षित रहने तरिका थाहा पाउनुहोस र सबैका जानकारीको लागि पनि सेयर गर्नुहोस । तपाईं हाम्रो एक सहयोगले कसैको जिन्दगी बर्बाद हुनबाट जोगाउन पनि सक्छ ।

तपाईहरूले याद गर्नु भएकै होला कहिलेकाहीँ आफ्नै साथीको नाममा अस्लिल भिडियोहरु पोस्ट भएका हुन्छन् । देख्दा ती भिडियो साथीहरुले नै पोस्ट गरे जस्तो देखिए पनि वास्तबमा त्यो भाइरस पनि हुनसक्छ । एक पटक यस्तो भाइरसले धेरै नै दुख दिएको थियो ।

साथीको नामबाट आफ्नो वालमा पोस्ट भएको त्यस्तो भिडियोमा तपाईले क्लिक गर्नुभयो भने तपाईको सबै साथीको वालमा पनि तपाईको नामबाट बिभिन्न भिडियोहरु तथा अस्लिल सामाग्रीहरु पोस्ट हुन जान्छन् ।

त्यसैले त्यस्ता भिडियोमा सकेसम्म क्लिक नगर्नु नै राम्रो हुन्छ अथवा त्यस्तो समस्याबाट बँच्न कसैले ट्याग गरेको फोटो तपाईको अनुमति बिना आफ्नो वालमा पोस्ट गर्न नमिल्ने बनाउन पनि सकिन्छ । साधारणतय यस्ता काम नगर्नुहोस ।

१. नचिनेको ब्यक्तिलाई साथी बनाउदै नबनाउनुहोस ।
२. कुनै पनि जानकारीहरु सबैले हेर्न मिल्ने नबनाउनुहोस ।
३. कुनै पनि फोटो स्टाटस राख्दा सकेसम्म साथिहरुले मात्र हेर्न मिल्ने बनाउनुहोस ।
४. नचिनेको ब्यक्तिले friend request पठाउन नमिल्ने बनाउनुहोस ।

५. चिनजानको ब्यक्ती भएपनी खुलेर जे पायो त्यही कुरा नगर्नुहोस ।
६. ब्यक्तिगत कुराहरु कसैसँग च्याटमा नगर्नुहोस ।
७. कसैले देखेको छैन, भन्ने भ्रममा परेर धेरै स्वतन्त्र महसुस नगर्नुहोस ।

८. आफ्नो मोबाईलमा आएको varification code कसैलाई नदिनुहोस ।
९. कुनै पनि ब्यक्तिले पठाएको चिठ्ठा, पैसा, जागीर, सामानको मेसेज तथा पोस्टहरुमा बिस्वास नगर्नुहोस । धेरै जसो यस्ता सामाग्रीहरु ठग्न्ने मनसायका हुुुन्छन ।

त्यसको लागि Home भन्दा दाँयातिर रहेको logout भएको अप्सन बटममा क्लिक गरी Privacy Setting मा जान सकिन्छ :- PrivacySettings>Timeline and Tagging>Edit Setting मा गएर Review posts friends tag you before they appear in your timeline लाई On गर्न सकिन्छ ।

यस्तै गरि Review tags friends add to your own posts in Facebook मा गएर यसलाई पनि On गर्न सकिन्छ । अब जसले तपाईलाई ट्याग गरे पनि तपाईको अनुमति बिना त्यो वाल मा पोस्ट हुन सक्दैन अथवा ट्याग देखा पर्न सक्दैन र Notification मा “फलानोले ट्याग गरेको छ” भन्ने संदेश आएर बसेको हुन्छ । त्यसलाई तपाईले चेक गरेर Approve वा Decline गर्न सक्नु हुन्छ ।

अर्को कुरा तपाईको फलानो साथीले यो एप्लिकेशन प्रयोग गरेको छ । तपाईको प्रोफाइल कति पटक कसले हेर्यो, कसले फेसबुकमा तपाईलाई ब्लक गरेको छ हेर्न यहाँ क्लिक गर्नुहोस् भन्ने संदेश लिएर बिभिन्न खाले पोस्टहरु फेसबुकमा देख्न सक्नु हुन्छ ।

वास्तबमा यो फेसबुकबाट जारी होइन, यिनीहरु भनेका भाइरस हुन्, कुनै ह्याकरहरुको काम पनि हुन सक्छ । फेसबुकले हालसम्म यस्तो सुबिधा दिएको छैन । त्यसैले सकेसम्म आफ्नो फेसबुक एकाउन्टबाट कुनै पनि एप्सहरुमा log in नगर्नुहोस, इन्ष्टल नगर्नुहोस ।