थाइल्यान्ड क्रिकेट संघद्वारा आयोजित वुमन्स ट्वान्टी स्म्यास क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटको भारी अन्तरले पराजित गरेको छ। एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा टस जिती पहिले फिल्डिङ रोजेको नेपालले चीनलाई निर्धारित २० ओभरमा ६ विकेट लिँदै ४८ रनको सामान्य योगफलमा रोकेको थियो।


जवाफमा ८.४ ओभरमा नै लक्ष्य पुरा गरेको थियो । नेपालको लागि सीता रानामगरले २५ बलमा अविजित २४ तथा काजल श्रेष्ठले अविजित १४ रन जोडेका थिए।
चीनका लागि ब्याट्सवुमन झाङ चानले १३ रन, वाङ लुवानयुले आठ रन, झाङ यान्लिन सात र हान लिली तीन रन जोडे । अन्य खेलाडीहरुले कुनै रन जोड्न सकेनन ।
नेपालले प्रतियोगिताको दोस्रो खेलका रूपमा आइतबार मलेसियासँग खेल्नेछ।