नव गायक सुसान कुइंकेल पहिलो गीत ”कान्छी” को म्युजिक भिडियो सार्वजनिक भएको छ। श्रवण कुमार रिमालको शब्द, संगीत रहेको गीतमा बालकृष्ण सेवाचार्यको म्युजिक एरेन्जमेन्ट रहेको छ ।

लोक पप शैलीको गीत ”कान्छी”को भिडियोमा पछिल्लो समयको अत्याधिक हिट गीत लालुमैकी चर्चित मोडेल सृष्टि खड्काको अभिनय रहेको छ । भिडियोमा चक्र महर्जनको क्यामेरा ,बिजेश पौडेलको सम्पादन र राहुल प्रधानको सम्पादन रहेको छ ।

 

 

काभ्रेको पनौती स्थायी घर भएका गायक कुइंकेलले ”कान्छी” गीतको शब्द संगीत र म्युजिक भिडियोको मेकिङमा विशेष ध्यान दिइएकोको निकै आशावादी रहेको बताउदै आगामी दिनमा पनि सक्रिय भएर नेपाली सांगीतिक छेत्रमा लागिरहने जानकारी दिए ।

भिडियोको लागि यहाँ क्लिक गर्नुहोस ।