ललितपुर-काठमाडौंबाट शनिबार फुलचोकी घुमेर फर्कँदै गर्दा हराएका ४ किशोरी सहित १६ जनालाई प्रहरी परिसर ललितपुरले झन्डै तीन घण्टाको खोजीपछि राति ८ बजेतिर फेला पारेको छ ।
उनीहरुले प्रहरीको टोल फ्रि नम्बर १०० मा कल गरेपछि एक सय प्रहरी १० टोली बनाएर जंगलमा परिचालित गरिएको थियो । प्रहरी परिसर ललितपुरका प्रमुख रविन्द्रसिंह धानुकका अनुसार उनीहरु १६ देखि २४ वर्ष उमेर समूहका छन्।


गत माघ दोस्रो साता सोही स्थानमा अजय शिक्षा सदन, ललितपुर, थसीखेलबाट फूलचोकी हाइकिङ जाने क्रममा हराएका १७ वर्षका विद्यार्थी जोन तामाङ छ दिनमा भेटिएका थिए । उक्त स्थानमा बारम्बार यस्ता घटनाहरु दोहोरीरहेकोले त्यहा घुम्न जादा सजग हुन आवश्यक देखिन्छ ।