गायिका बबी लिम्बुको सुमधुर स्वरमा लोक आधुनिक गीत “बर्षियो माया” सार्वजनिक भएको छ । संगीतकार एवम गायक बाबुल गिरीको शव्द÷संगीत र संयोजनमा रहेको उक्त गीत ओएसआर डिजीटलको युट्युव च्यानल मार्फत आज सार्वजनिक भएको हो ।

मन्जुश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको रेकर्डिस्ट नारायण आचार्य रहेका छन भने मिक्सिङ प्रकाश् खरेलले गरेका छन् भने गीतको मोडलिङमा एलिशा राई रहेकी छिन् । गीतमा समुह नृत्य एवम एलिशाको नृत्य दमदार देखिएको छ ।

 

थुप्रै आधुनिक एवम चलचित्रका गीतमा संगीत दिइसकेका बाबुल गिरीको उत्कृष्ट शव्द रचना र संगीत रहेकाले यो गीतले सफलता पाउने देखिएको छ । अर्जुन तिवारीले छायाँकन गरेको म्युजिक भिडियोको निर्देशन राजिव समरले गरेका छन् भने भिडियो सम्पादन विवेक सुनारले गरेका छन् । भिडियो ।

 

 

बिबाह गरि चिन लगेर देहब्यापारमा लगाईएका पाकिस्तानी महिलाहरुको जीवन भोगाई

मानव तस्करी गिरोहले पाकिस्तानी महिलाहरूलाई चिनियाँ पुरुषहरूसँग विवाह गराइदिने भन्दै अवैधरूपमा चीन लाने गरेको र त्यहाँ उनीहरूलाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न गराउने गरेको रहस्य चिनबाट भाग्न सफल महिलाहरुले बाहिर ल्याएका छन ।

चिनियाँ युवकसँग विवाह गरी गएर पाकिस्तान फर्किन सफल भएका केही युवतीले आफूले भोगेको वास्तविकता बाहिर ल्याएका छन् ।

१.समिना मसिह (परिवर्तित नाम)
मेरो उमेर बीस वर्ष भयो र म गुजरावालामा बस्छु । मेरो छिमेकीका माध्यमबाट चिनियाँ युवकसँग सम्बन्ध भयो । उनले मेरो परिवारलाई चिनियाँ युवकको फोटो देखाए र केटा मन परेमा जीवन बदलिने आश्वासन दिए । मेरो जीवन वास्तममै परिवर्तन भयो । मेरो विवाह २४ सेप्टेम्बरमा ली ताओसँग भयो । मलाई एक महिनाका लागि इस्लामाबादमा राखियो ।

जहाँ मसहित अन्य तीन जना युवतीहरू थिए । मेरो विच्याट एकाउन्ट पनि बनाइयो । तर, मेरो पतिले नै यसको प्रयोग गर्ने गर्दथे । कागजपत्र बनाएपछि हामी चीन गयौं । हवाईजहाज, रेल र कारको तीन दिनको यात्रापछि हामी सांघाई नजिकको सहर जियांसु पुग्यौं । ली ताओको घरमा एउटा कोठा र किचन थियो । पुरै घरमा एउटामात्रै बाथरुम थियो ।

ली ताओले मलाई एक महिलासँग भेट गराए र उनी आफ्नी आमा भएको परिचय गराए । उनी हामीसँगै बस्थिन् तर धेरै बोल्दैनथिन् । उनी एकदमै थोरै टुटेफुटेको अंग्रेजी बोल्थिन् र मलाई पनि अंग्रेजी भाषा राम्ररी नआउने भएकाले धेरै कुराकानी हुँदैनथ्यो ।

विवाहका केही दिनपछि नै मेरा श्रीमान् बिहानदेखि साँझसम्मै नसामा हुने गर्दथे र जबर्जस्ती मसँग यौन सम्बन्ध राख्न खोज्थे । म उसले किनेको वस्तु भएको जस्तो व्यवहार गर्दथे ताकि मन लागेको बेला प्रयोग गर्न सकियोस् । मैले यौन सम्बन्ध राख्न अस्वीकार गर्दा मलाई नै पिट्ने गर्दथे ।

मेरो बुबाआमालाई केटा चीन–पाकिस्तान इकोनोमिक कोरिडोर (सीपेक) मा जागिर खान्छ भनिएको थियो । त्यहाँ गएपछि उनी कम्प्युटर इन्जिनियर भएको जानकारी भयो । उनी कम्प्युटर इन्जिनियर पनि हुन् या होइनन् स्पष्ट भने हुन सकेन ।

म केही दिनपछि चीनमा बस्ने युवतीहरूसँग कुराकानी गर्न थाले । म नानजिङमा बस्ने एक युवतीलाई पहिलेदेखि नै चिन्थे । उनलाई मलाई जे भए पनि ऊसँग बाहिर नजान सल्लाह दिइन् । उसका पतिले उनलाई एउटा डान्सबारमा लगेर आफ्ना साथीसँग छोडिदिएका थिए ।

उनी धेरै नै कराइन् तर उनलाई बचाउन कोही पनि आएन । मलाई यो कुरा सुनेर डर लाग्यो । तर, अहिलेसम्म मेरा पतिले मलाई आफ्ना कुनै साथीसँग भेट गराएका थिएनन् । त्यसैले, म आफैं मुस्कुराइरहेकी थिएँ । मलाई एक दिन ली ताओले केही मानिसलाई भेटाउन बाहिर लिएर गए । त्यो फ्याक्ट्रीजस्तो स्थान थियो । जहाँ सबै केटाहरू मात्रै थिए र मलाई घुरेर हेरिरहेका थिए ।

मैले ऊसँग आफूहरू त्यहाँ जानुको कारणबारे सोधे । उनले कुनै जवाफ दिएनन् । मैले ऊसँग गाडीको चाबी खोसें र आफू गाडीभित्र बसेर बन्द गरें । तमासा भयो र समय पनि खेर गयो तर उनले मलाई त्यहाँबाट फेरि घर नै लिएर आए ।

घर आएपछि उनले मलाई धेरै नै पिटे र मेरो फोन पनि खोसे, विच्याट एकाउन्ट बन्द गरिदिए भने पासपोर्ट, परिचयपत्र, विवाहको प्रमाणपत्र सबै ऊसँग थियो । त्यो रात मैले आफ्नो नसा काट्ने कोसिस पनि गरे । तर, सफल भइनँ । मेरो शरीरमा त्यति रगत पनि थिएन । किनकि मैले तीनतीन दिनदेखि खाना पनि खाएको थिइनँ ।

यो घटना भएको अर्को दिन मेरा पति मेरो लागि मकै र मसरुम सुप लिएर आए । तर, मैले त्यो खाइसकेपछि रातको समयमा मात्रै ब्युझिए । मेरो टाउको बेस्सरी दुखिरहेको थियो । सायद, मलाई निद्राको औषधि दिइएको थियो । किनकि म धेरै चिच्याएर पुकार गर्थें । एक दिन मैले हिम्मत गरेर स्थानीय प्रहरीलाई फोन गरें ।

प्रहरीले अब मेरो घर नै चीन भएको र जस्तो समस्या आए पनि समाधान गर्न सहयोग गर्ने बतायो । मैले मेरा पतिले कब्जा गरेको मेरो फोन र सबै कागजपत्र दिलाइदिन अनुरोध गरें । मैले मलाई सहयोग नगरेमा फेरि उजुरी गर्ने या आफ्नो ज्यान दिने बताएँ । प्रहरीले मेरा पतिलाई सबै कागजपत्र फिर्ता गर्न आग्रह ग¥यो ।

मैले कागजपत्र पाएपछि यसबारेमा सबै जानकारी परिवारलाई गराएँ र परिवारले पाकिस्तानी दूतावासमा सम्पर्क ग¥यो । मेरो बुबाले पाकिस्तानी विदेशमन्त्री महमुद कुरैसीलाई चिठीसमेत लेख्नुभयो ।

यो पुरै मामलामा पाँच महिना लाग्यो र मलाई पाकिस्तान फिर्ता गरियो । म एक महिनाअघि आफ्नो घर आएकी हुँ । मलाई जे हुनु थियो त्यो भयो । मैले अब यो यसकारण बताएकी हुँ कि अब युवतीहरू बाहिर आइरहेका छन् र उजुरी गरिरहेका छन् । जसबाट अब युवतीहरू त्यहाँ जाने छैनन् ।

मोना गुल (परिवर्तित नाम)
म लाहौरमा बस्छु । म मुस्लिम हुँ र मेरो घरमा धमलाई धेरै महŒव दिइन्छ । यसकारण हाम्रो इलाकामा भएको मदरसाका प्रबन्धले मेरो परिवारसँग सम्बन्धका लागि सम्पर्क गरे र मेरो परिवारले सजिलै मान्यो । किनकि मदरसाको व्यवस्थापनले केही युवतीलाई चिनियाँ नागरिकसँग विवाह गराएको र उनीहरू धेरै खुसी रहेको बताएको थियो ।

मलाई एक महिनासम्म पाकिस्तानमा नै राखियो । जहाँ अरू पनि युवतीहरू थिए । सबै युवतीहरू मजस्तै गरिब परिवारका थिए । केही मुसलमान र धेरैजसो इसाई थिए । सबै राम्रो जीवन हुने आशामा खुसी थिए ।

पाकिस्तानमा हामीलाई धेरै नै ठूलो सपना देखाइएको थियो । जब एक महिनापछि चीन पुगियो तब अवस्थामा परिवर्तन भयो । मलाई बेइजिङ नजिकै सानचा नामको एक गाउँमा लगियो । त्यहाँ एउटा गुफा थियो । जसमा एउटा कोठा थियो । यसमा कुनै चर्पी र बाथरुम थिएन ।

मैले हल्ला गरेपछि मेरा पतिले मलाई मुखमा जोडदार थप्पड मारे र आफूले किनेर ल्याएको बताए । उनले मैले कुनै माग गर्न नसक्ने र यसको हक नभएको समेत बताए । यहाँ मलाई मेरा पतिको कुनै धर्म नै नभएको थाहा भयो । मैले नमाज पढ्दा मेरो मजाक उडाउथे । मैले एक दिन हिम्मत जुटाएर मुसलमान भएको प्रमाणपत्र कसरी प्राप्त भयो भनेर सोधें । तब उनले पैसा दिएर किनेको जवाफ दिए ।

त्यहाँ पुगेको तीन दिनपछि त्यहाँ मदिरामा मातेर लठ्ठ भएका मानिसहरू आए र मेरा पतिले मलाई उनीहरूसँग जान आदेश दिए । मैलै अस्वीकार गर्दा उनीहरूकै सामु मलाई पिटे । म बेहोस भएँ र कति समयपछि होस आयो भन्ने पनि याद भएन ।
त्यसपछि त यस्तो कुरा सामान्य बन्यो ।

त्यहाँ मानिसहरू आउँथे र मलाई उनीहरूका साथमा जान भनिन्थ्यो, मैले अस्वीकार गर्दा पिटाइ खानुपर्दथ्यो । कुटपिटपछि मलाई मेकअप गराएर म धेरै खुसी भएको, ठूलो घरमा बसेको र सबै पाकिस्तानी धेरै खुसी रहेको सन्देश रेकर्ड गराउन बाध्य पारिन्थ्यो । उनीहरू मलाई प्रयोग गरेर अरू युवतीलाई पनि सिकार
बनाउन चाहन्थे ।

मेरो सम्बन्धको कुरा चलिरहेको बेला चीनमा रहेका पाकिस्तानी युवतीसँग कुराकानी गराइएको थियो । उनीहरूले आफू खुसी भएको बताउन भनेका थिए । तर, अवस्था यस्तो थियो कि जब मलाई एकपटक उनीसँग लगियो, त्यतिबेला उनी आठ महिनाकी गर्भवती थिइन् र अवस्था एक दमै खराब थियो ।

मेरा तथाकथित पतिले उनीसँग धेरै बेर त छाडेन तर जति समय भेट भयो, त्यसबेला मैले फोनमा अरू नै कुरा बताएको कुरा सोधें । उनले भनिन्, ‘म बाध्य थिएँ । मलाई जे भन्न लगाइयो, मैले त्यही भनें । चीनमा पाकिस्तानी युवतीको जति खराब अवस्था छ, त्यो म बताउन पनि सक्दिनँ ।’

मैले पटकपटक यौन सम्बन्ध राख्न अस्वीकार गरें । त्यसपछि मलाई आफूले तिरेको पैसा असुल्नका लागि अंग निकालेर बेच्न सक्नेसम्मको धम्की दिन सुरु गरियो । यसअघि उनले चार÷पाँच जना युवतीलाई यसो गरिसकेका थिए । उनले पाकिस्तानमा मेरो परिवार पनि सुरक्षित नहुने धम्की दिए ।

मलाई केही भिडियो पनि देखाइयो, जहाँ मानिसको हत्या गरिरहेको थियो या अस्पतालमा भर्ना गरिएको थियो र बेहोस बनाएर अंग निकालिरहेका थिए । म यो अवस्थामा नराम्ररी फसिसकेकी थिएँ ।

एक रात मैले यसरी बाँच्न सकिन्न भन्ने सोचे । मैले आफ्नो पतिलाई उसका सबै कुरा मान्ने तर यस्तो अवस्थालाई बुझ्न थोरै समय लाग्ने बताएँ । उनले मेरो परीक्षा लिनका लागि विभिन्न कुरा खान दिए । मैले केही दिनदेखि केही खाएकी थिइनँ । त्यसकारण उसले दिएको खाएँ र विश्वास दिलाएँ ।

अर्को दिन मेरा पतिले ग्राहक आएको बताए । तब मैले उनलाई केही दिन अरू समय दिन आग्रह गरे र केही नाटक पनि गरे ।
उनले मेरो कुरा माने र मलाई मोबाइल फोन प्रयोग गर्न पनि अनुमति दिए । यसको फाइदा मैले उठाएँ र आफ्नी बहिनीलाई फोन गरेर सबै कुरा बताएँ ।

बहिनीले पाकिस्तान र बेइजिङस्थित दूतावासमा सम्पर्क गरिन् । बहिनीसँग कुराकानी भएको ६ दिन भइसकेको थियो । म जीवनमा धेरै हरेक खाइसकेकी थिएँ । अचानक प्रहरी र सामाजिक सुरक्षा एजेन्सीले छापा मा¥यो । उनीहरूसँग पाकिस्तानी अधिकारीहरू पनि थिए ।

उनीहरूले तत्काल मलाई उद्धार गरे । उनीहरूले मेरी बहिनीको उजुरीका आधारमा पाकिस्तानी दूतावासले कारबाही गरेको जानकारी दिए । त्यतिबेला मेरो अवस्था देखेर पाकिस्तानी अधिकारीहरू पनि रोएका थिए । उनीहरूले त्यहाँबाट मलाई बेइजिङ ल्याएर अर्को दिन पाकिस्तान पठाए ।