उनी कान सुन्दिनन्, बोल्न सक्दिनन् तर पनि अन्य प्रतियोगी भन्दा कम छैनन्। हामी कुरा गर्दै छौ सुजल बमको। सुदुरपश्चिमको डोटी जिल्लामा स्थायी घर भई हाल काठमाडौंमा बस्दै आएकी सुजलको प्रतिभा देख्दा हर कोहि आश्चर्यचकित पर्ने गर्छ। उनी कान नसुने पनि अत्ति नै राम्रो नृत्य गर्छिन।

विविध अप्ठायाराका बाबजुद पनि फरक क्षमता भएकी उनले राजधानीमा जारी ‘मिस्टर एण्ड मिस एसईई २०१९’को प्रतियोगितामा आफूलाई अब्बल साबित गरिरहेकी छिन्। ‘फेसन ईरा’ काठमाडौंद्वारा आयोजित प्रतियोगितामा देशभरीबाट ८९ जना प्रतिस्पर्धीहरुले सहभागी भएका छन् । सहभागीेमध्ये ८८ जना सबै सपाङ्ग छन् भने सुजल अपाङ्गता असक्षमता होइन भन्ने कुरा आफ्नो प्रतिभाबाट पुष्टि गर्दै आईरहेकी छिन्।

 

आमाको कोखबाट ८ महिना मै जन्मिएकी उनी जन्मजात देखि नै कान कम सुन्नुको साथै आँखा देख्दिनन्। उनका बुबाले उनलाई बायाँ हात जसरी हरेक पाइलामा साथ दिईरहेका छन्। सुजलले केन्द्रीय बहिरा माबि नक्सालबाट एसईई दिएकी हुन्। विद्यालयमा हुने अतरिक्त क्रियाकलापमा सहभागी हुन्छिन।

भविष्यमा डान्स र मोडलिङको क्षेत्रमा आफुलाई स्थापित गर्दै अपाङ्गहरुका क्षेत्रमा काम गर्ने सुजलको योजना रहेको उनका बाबुले बताए। उनका बाबु भन्छन, ‘छोरीको यस योजना आफुलाई निकै मन परेको छ। उनको कार्य देख्दा आफुलाई गर्भको महसुस भएको छ।’

यति बेला जारी ‘मिस्टर एण्ड मिस एसईई २०१९’को प्रतियोगितामा विजेता बन्न भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर f’see (space) 1′ टाईप गरी ‘33001’ मा पठाएर भोट गर्न सकिनेछ । भोट जुनसुकै कम्पनीको मोबाइलबाट गर्न सकिनेछ । भोट गर्ने अन्तिम मिति २०७६ जेष्ठ ५ गते राति १२ः०० बजेसम्म रहेको छ ।

फेसन ईराका अनुसार अनलाइनबाट समेत भोट गर्न सकिने छ । त्यसका लागि Digipay एप डाउनलोड गरी एक पटकमा बढिमा १०० वटा भोटसम्म गर्न सकिन्छ र दिनमा धेरै पटक सम्म भोट गर्न सकिन्छ । यसको फाईनल जेष्ठ ६ गते दिउँसो १ बजे काठमाडौंको कमलादी स्थित प्रज्ञाप्रतिष्ठानमा हुँदैछ । पिएनपी खबर डट कम बाट ।

 

 

किन देखिन्छन डरलाग्दा सपना (जानी राखौ)
मानिसहरू सपना देख्छन्, कहिले राम्रो र कहिले नराम्रो अर्थात् डरलाग्दो। डरलाग्दो सपना देखेपछि मानिस पसिना–पसिना भएर ब्युँझन्छन् पनि। तर, त्यस्ता डरलाग्दा अथवा नराम्रो सपना बिरामी हुने संकेत पनि हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्.। कहिलेकाहीँ नराम्रा सपना रोगको लक्षण देखिनुभन्दा धेरै अघि पनि देखिन सक्छ।

गत महिना अनुसन्धानकर्ताहरूले बाल्यकालमा नियमित नराम्रा सपना देख्ने व्यक्तिमा पछि गएर मानसिक समस्या देखिने बताएका थिए। ६८०० बालबालिकाबीच गरिएको उक्त अध्ययनको प्रतिवेदन ‘स्लीप’ नामक जर्नलमा प्रकाशित गरिएको थियो।

अध्ययनमा दुईदेखि सात वर्षका बच्चाले हप्तामा दुई या तीनपटकसम्म नराम्रा सपना देख्ने गरेको पाइएको थियो। ती बालबालिकाले किशोर उमेर पुग्दासम्म कुनै आवाज सुनेजस्तो भ्रम सिर्जना हुने समस्या देखापर्ने अनुसन्धानकर्ताले बताएका छन्।

बारम्बारको नराम्रा सपनाले बालबालिका भावनात्मक चोट (दुव्र्यवहार, बदमासीलगायत) को सामना गर्नुपर्ने हुनसक्ने अनुसन्धानकर्ताको भनाई छ। उनीहरुका अनुसार नराम्रा सपनाले मानिसभित्र रहेका शारीरिक समस्याको संकेत गर्छ। मानिसले निद्राको र्यापिड आइ मुभमेन्ट (रेम) को चरणमा मात्र सपना देख्छन्, रेम हरेक रात चार या पाँच चरणमा हुन्छ।

यसका साथै थुप्रै मेडिकल समस्याका कारण निद्रा विथोलिन्छ, ‘यसको अर्थ हुन्छ, तपाई रेमको अवधिमा ब्युँझनुहुन्छ र त्यस्ता सपना सम्झनुहुन्छ।’ क्याम्ब्रिजको पापवर्थ हस्पिटालका निद्रा अनुसन्धानकर्ता एवम् कार्डियोलोजिस्ट डा.निकोलस ओस्क्रोफ्टले भने।

यस्तै, अनिद्राको समस्या भएका मानिसले पनि नराम्रा सपना देख्छन्, यस्तो अवस्थामा केही क्षणका लागि श्वासप्रश्वासमा पनि समस्या आउन सक्छ। स्वास्थ्य खबरपत्रिका नियमित नराम्रा सपना मुटुको समस्यासंग पनि गाँसिएको हुन्छ।

अन्य मानिसभन्दा नराम्रा सपना देख्ने मानिसमा मुटुको चाल अनियमित हुने समस्या तीन गुणा बढी हुन्छ भने छाति दुख्ने समस्या सात गुणा बढी हुन्छ। मुटुको समस्या आउँदा फोक्सोमा पानी जम्ने सम्भावना हुन्छ, जसले गर्दा श्वासप्रश्वासमा समस्या आउछ।

गहिरो निद्रामा परेका बेला अरू सबै मांशपेशीले काम नगरेपनि फोक्सोमा पानी जम्दा श्वासप्रश्वासमा भाग लिने मांशपेशीलाई भने असर पार्न सक्छ। यहीकारण मानिस गहिरो निद्राबाट ब्युँझन सक्छ। र मानिसले खराब सपना सम्झन्छ। यसका साथै मिर्गौलामा संक्रमण, रुघाखोकीजस्ता संक्रमण भएका मानिसले पनि नराम्रा सपना देख्ने अनुसन्धानकर्ताको भनाई छ।

यस्तै, अति खराब सपना देख्नु पार्किन्सन रोगको प्रारम्भिक संकेत भएको न्युरोलोजिष्ट डा. रोबर्ट ब्रेनरको भनाई छ। माइग्रेनले पनि नराम्रा सपना देखाउछ। धेरैजसो महिलाले रजस्वला वरपरको समयमा अनेक थरि सपना देख्नछन्।