काठमाडौं, उत्तरी छिमेकी राष्ट्र चीनले विज्ञान र प्रविधिको उच्चतम प्रयोग गरेको छ । अहिले आधुनिक चीनले विश्वकै सबैभन्दा लामो समुद्री पुल निर्माण गरेको छ । झट्ट हेर्दा आश्चार्य लाग्ने यो पुलको चर्चा विश्वभर भइरहेको छ ।


उक्त समुन्द्री पूल–हङकङ्ग–झुहाई–मकाउ ब्रीज चीनले बनाएको हो । यो पूलको उद्घाटन केही समयअघि मात्र चीनका राष्ट्रपति सी जीन पिङले गरेका थिए । लम्बाई ५५ किलोमिटर रहेको पुल समुद्रमाथि निर्माण भएको हो । यस पूलको निर्माणमा करीब चार हजार टन स्टील प्रयोग भएको बताइएको छ ।


यति मात्र नभई पूलको नजिक कृत्रिम आईल्याण्ड पनि बनाईएको छ । तर, यहाँ यात्रा गर्न कोटा सिस्टम लागु गरिएको छ । एक दिनमा ९ हजार गाडी मात्र पार हुन्छ । यो पूलको निर्माणका क्रममा धेरै कामदारको मृत्यू भएको थियो । त्यसैले यसलाई ब्रीज अफ डेथ पनि भन्ने गरिन्छ । यो पूलको भरपूर फाईदा चीन, हङकङ्ग, र मकाउले उठाउनेछन् ।


लाखौ पर्यटक एक पटक यहाँ बाट यात्रा गर्न लालायीत हुन्छन् । तर त्यसको लागी भने केही समय कुर्नु पर्ने हुन्छ । यो पूल भूकम्प र ताइफून प्रतिरोधात्मक छ । अझ खास विशेषता त के छ भने यो पूल एक प्वाइन्टमा गएर समुद्र मूनि टनेल पनि बनेको छ ।