वि.सं. २०७६ ज्येष्ठ ०६ गते । सोमबार तदनुसार ई. सं. २०१९ मई २० तारिख, ज्येष्ठ कृष्ण द्वितीया, ज्येष्ठा नक्षत्र, बृश्चिक राशिको चन्द्रमा, शिव योग, तैतिल र गर करण, आजको मूहुर्त : अग्निवास(होमादि), चूडाकर्म(छेवर) सोमबार । इस्वी सन् २०१९ मे २० तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । गृष्म ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण पक्ष । तिथि द्वितीया,५२ घडी ०४ पला,रातको ०२ बजेर ०४ मिनेट उप्रान्त तृतीया । नक्षत्र ज्येष्ठ,५५ घडी ३५ पला,रातको ०३ बजेर २९ मिनेट उप्रान्त मूल । योग शिव,१८ घडी २९ पला,दिउसो १२ बजेर ३८ मिनेट उप्रान्त सिद्ध । करण तैतिल,दिउसो ०२ बजेर ०७ मिनेट उप्रान्त गर,रातको ०२ बजेर ०४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा पद्य योग । चन्द्रराशि वृश्चिक,रातको ०३ बजेर २९ मिनेट उप्रान्त धनु । काठमाडौंमा सूर्योदय ०५ बजेर १५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४७ मिनेट । दिनमान ३३ घडी ५२ पला ।

 

 

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
काम गर्ने अवसर प्राप्त भए पनि प्रतिफल प्रतीक्षा गर्नुपर्ला। अरूको भरपर्दा आफ्नो काम प्रभावकारी काम नहुन सक्छ
परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। आलोचकहरूलाई पनि व्यवहारले समेट्ने प्रयास गर्नुहोला। मिहिनेत गर्दा नियमित काम सम्पादन हुनेछन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

शुभरङ्ग : कालो, शुभअङ्क : ८, शुभदिशा : उत्तर, इष्टदेवता : कालभैरव, अशुभ रङ्ग : हरियो, अशुभ अङ्क : ३, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ कालभैरवाय नमः, न्यूनतम जापसङ्ख्या : १०, के गर्ने : उत्ताउलोपन, चञ्चलता र हडबडीमा नियन्त्रण्, के नगर्ने : असुरक्षित यात्रा

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। तापनि प्रबल इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ। लगनशीलताले नयाँनयाँ काम गर्ने अवसरसमेत दिलाउनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला। विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धन लाभ भए पनि आत्मसम्मानमा बाधा पर्न सक्छ। मनोरञ्जनमा खर्च बढ्नेछ।

शुभरङ्ग : गुलाबी वा सिन्दूरे, शुभअङ्क : ७,शुभदिशा : पश्चिम, इष्टदेवता : शिवर्पावती, अशुभ रङ्ग : पहेंलो, अशुभ अङ्क : २, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ गृहलक्ष्म्यै नमः, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : परिवारमा अधिकतम समय दिने, के नगर्ने : ख्यालठट्टा र जिस्क्याउने काम

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
परिस्थितिले आँटेका काममा बाधा पुर्याउन सक्छ। वैधानिक प्रावधानले केही अप्ठ्यारो पार्नेछ भने अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। सानातिना काममै अल्झनुपर्नेछ भने पहिलेका समस्या दोहोरिन सक्छन्। तापनि मिहिनेत गर्दा नियमित काम बन्नेछन्। थोरै भए पनि दिगो काम प्रारम्भ हुनेछ। केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ।
शुभरङ्ग : हलुका सेतो

शुभअङ्क : ६, शुभदिशा : दक्षिण, इष्टदेवता : भगवान् शङ्कर, अशुभ रङ्ग : सुन्तले÷गुलाबी
अशुभ अङ्क : १, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ रां राहवे नमः, न्यूनतम जापसङ्ख्या : ०८, के गर्ने : समस्या र सङ्कटर्लाइ सार्वजनिक गर्ने, के नगर्ने : स्वास्थ्यप्रति बेवास्ता

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
प्रयत्न गर्दा चिताएका काम सम्पादन हुनेछन्। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ।

शुभरङ्ग : हलुका नीलो वा हरियो, शुभअङ्क : १, शुभदिशा : पूर्व, इष्टदेवता : सरस्वती माता,अशुभ रङ्ग : कालो, अशुभ अङ्क : ३, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ सरस्वत्यै नमः,न्यूनतम जापसङ्ख्या : ०७, के गर्ने : सिर्जनात्मकता र रचनात्मकतामा जोड दिने, के नगर्ने : बुद्धिको दुरुपयोग

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
परिवेश सामान्य रहे पनि मनको डरले भने सताउनेछ। ठूला व्यक्तिहरूसँग मतभेद रहनेछ। तापनि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ। आफ्ना कमजोरी बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। अरूको मुख नताकी कर्मयोगमा लाग्दा फाइदा उठाउन सकिनेछ।

शुभरङ्ग : रातो वा पहेंलो, शुभअङ्क : ४, शुभदिशा : उत्तर, इष्टदेवता : भगवती दुर्गा, अशुभ रङ्ग : गाढा नीलो, अशुभ अङ्क : २, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ नमश्चण्डिकायै, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : पति÷पत्नी, प्रेमी÷प्रेमिका वा छोराछोरीको चाहना पूरा गर्ने, के नगर्ने : घरपरिवारका कुरामा बेवास्ता

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। साथीभाइसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। नियमित काम सम्पादन भए पनि सहयोगीहरू पछि हट्न सक्छन्। आँटेको काममा पनि केही व्यवधान हुनेछ। प्रयत्न गर्दा भौतिक साधन जुटाउन सकिनेछ। सेवामूलक कामले प्रतिष्ठा भने दिलाउनेछ।

शुभअङ्क : ३, शुभदिशा : पश्चिम, इष्टदेवता : गणेश, अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे, अशुभ अङ्क : १, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ सिद्धिविनायकाय नमः, न्यूनतम जापसङ्ख्या : ०८, के गर्ने : साथीभाइको सङ्गत र गफगाफमा नियन्त्रण, के नगर्ने : घमण्ड

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ।

शुभरङ्ग : घिउ रङ, शुभअङ्क : २, शुभदिशा : दक्षिण, इष्टदेवता : लक्ष्मी माता, अशुभ रङ्ग : पहेंलो, अशुभ अङ्क : ९, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ महालक्ष्म्यै नमः, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : सुमधुर बोलीवचनको प्रयोग गर्ने, के नगर्ने : अनावश्यक खानपान

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

शुभरङ्ग : सिन्दूरे रातो, शुभअङ्क : ९, शुभदिशा : पूर्व, इष्टदेवता : हनुमान्, अशुभ रङ्ग : हरियो, अशुभ अङ्क : ८, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते नमः, न्यूनतम जापसङ्ख्या : १०, के गर्ने : निर्णय गर्दा राम्ररी सोचविचार गर्ने, के नगर्ने : हडबड र शीघ्रता

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। घरखर्च बढ्नुका साथै अर्थ अभाव देखा पर्नेछ। तापनि विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुन सक्छ। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ।

शुभरङ्ग : सेतो वा बैैजनी, शुभअङ्क : ४, शुभदिशा : उत्तर, इष्टदेवता : धर्मराज, अशुभ रङ्ग : हरियो÷चम्किलो, अशुभ अङ्क : ७, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ चित्रगुप्ताय नमः, न्यूनतम जापसङ्ख्या : १९, के गर्ने : दान, धर्म, परोपकार, के नगर्ने : रिसराग, उद्वेग र क्रोध

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। मिहिनेतले आम्दानी बढाउनेछ। श्रमको उचित मूल्यांकन होला। कृषि, पशुपालन तथा व्यापारमा मनग्गे लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ। दिन उत्साहवर्द्धक रहनेछ।

शुभअङ्क : ३, शुभदिशा : पश्चिम, इष्टदेवता : सरस्वती माता,अशुभ रङ्ग : घिउरङ्ग÷क्रिम, अशुभ अङ्क : ६, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ नीलसरस्वत्यै नमः, न्यूनतम जापसङ्ख्या : २३, के गर्ने : छोराछोरीको उन्नति÷प्रगतिको जानकारी लिने, के नगर्ने : ठूलाबडा र मान्यजनको बेवास्ता

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
अवसर प्राप्त भए पनि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पुरानो हिसाबकिताब सुल्झाउन समय लाग्नेछ। लगनशीलताले लाभ उठाउन सकिनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ। व्यवसायमा फाइदा हुनेछ तर नयाँ काम गर्न समय पर्खनुहोला।

शुभरङ्ग : ध्वाँसे, शुभअङ्क : ६, शुभदिशा : दक्षिण, इष्टदेवता : महालक्ष्मी, अशुभ रङ्ग : कलेजी, अशुभ अङ्क : ५, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ भूमिदेव्यै नमः, न्यूनतम जापसङ्ख्या : २३, के गर्ने : हाकिम, मान्यजन र पिताका चाहना बुझ्ने, के नगर्ने : लोभ र मोह

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्।

शुभरङ्ग : सेतो वा पहेंलो, शुभअङ्क : ५, शुभदिशा : पूर्व, इष्टदेवता : कुलगुरु÷शिवजी, अशुभ रङ्ग : चम्किलो÷उज्यालो, अशुभ अङ्क : ४, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ गुरवे नमः, न्यूनतम जापसङ्ख्या : १९, के गर्ने : बृद्धबृद्धा, असहाय र दीनहीन अवस्थाका व्यक्तिको सहयोग, के नगर्ने : आडम्बर र ढोंगीपन ।
नेपाली पात्रो ।