म्याग्दीमा ससको बोतलभित्र सुर्तीको खोल भेटिएको छ। रघुगंगा गाउँपालिको केन्द्र मौवाफाँटमा रहेको एक खाजा पसलमा सिल नतोडेको ससको बोतलभित्र सुर्तीको खोल भेटिएको हो। यो समाचार अन्नपूर्ण पोस्टका लागि सन्तोष गौतमले लेख्नुभएको छ ।

आइतबार दिउँसो खाजा खान गएका ग्राहकहरूलाई पसल सञ्चालकले ससको बोत्तल दिएका थिए। अखाद्य बस्तु भेटिएपछि ससको बोतल बरामद गरिएको थियो ।

 

 

तिरुपती फुड्स एन्ड बेभरेजले २०१८ नोबेम्बर २६ मा उत्पादन गरेको उक्त ससको बोतलमा उपभोग्य समयअवधि उल्लेख छैन। ७०० मिलिलिटरको बोतलभित्र ससमाथि तैरिएको अवस्थामा सुर्तीको खोल प्रष्टसँग देखिन्छ।