अभिनेत्री बर्षा सिवाकोटी र वर्षा राउत यतिखेर फिल्म प्रमोशनमा लागिपरेका छन् । सिवाकोटी अभिनित फिल्म ‘विर विक्रम २’ र राउतको ‘जात्रैजात्र’ को प्रदर्शन एकै दिन हुँदैछ । सिवाकोटी र राउतले म्युजिक भिडियोदेखि फिल्मसम्मको यात्रा एकसाथ सुरु गरेका हुन् ।

दुवै बर्षाले एउटै ब्यानरबाट डेव्यु समेत गरेका हुन् । बर्षा सिवाकोटीले फिल्म ‘नाई नभन्नु ल २’ बाट रजतपटमा डेव्यु गरेकी हुन् भने बर्षा राउतले ‘नाई नभन्नु ल ४’बाट डेव्यु गरेकी हुन् । बजारमा उनीहरुबीच दुस्मन रहेको हल्ला चलिरहेको छ ।

 

 

फिल्मी क्षेत्रमा समय समयमा प्रेम सम्बन्ध, झगाडा लगायतका विषयमा हल्लात जो कोही कलाकारहरुको पनि चलिरहेकै हुन्छ । तर वास्तवीकता भने अर्कै नै हुन्छ । बिवादपछि दुई बर्षा एकसाथ, स्टाटस देखि झगडासम्मको बारे मिडियामा बोले…हेर्नुहोस् भिडियो…

केही समय अगाडि वर्षा सिवाकोटीले दुश्मनी बारे लेखेको स्टाटस
Dear Barsha Raut खै कसले भनेछ हामी दुश्मन अरे । हामीले एक अर्काको अस्तित्व स्वीकार गर्न सकेनौँ अरे । हामी प्रतिस्पर्धी पक्कै हौँला, एकै क्षेत्रमा काम गरिरहेका छौँ । त्यसलाई अस्विकार न तिमीले गर्न सक्छौ न मैले । एकै ओछ्यानमा सुते पछी खुट्टा लाग्नु त स्वाभाविक नै हो नी होइन र ?

हिजो एकै फ्रेममा अटाएका हामी आज एक अर्काको दुस्मन बनाइएका छौँ । के साच्चै तिमी मेरो र म तिम्रो दुश्मन हौँ र ? हामी बिचमा कहिल्लै केही कुरामा असमझदारी आएका छन् र ? न तिमीले मेरो नाममा न मैले तिम्रो नाममा कहिल्लै कसैसामु सङ्कुचित भावना राखेर कुरा काट्दै हिँडेका छौँ ।

तर पनि हामी एक अर्काका दुश्मन कसरी बन्यौँ ? एकै परिवारका दुई सदस्य हामी आखिर यो बजारमा भनिएको जस्तै दुश्मनी बोकेर बसेका छौँ र ? तिमीले तिम्रो कर्म गरिरहेकी छौ मैले मेरो कर्म । कर्म फरक फरक गरे पनि धर्म त हाम्रो उही ‘कलाकारिता’ नै हो नी होइन र ?

भोगाई र मर्म तिम्रो र मेरो उस्तै त छ नि छैन र ? हामीले एकै ब्यानरबाट चलचित्र क्षेत्रमा पाइला टेक्यौँ । हिजो म्युजिक भिडियो अभिनयमा छँदा पनि हाम्रो सुरुवात खासै फरक समयमा भएको जस्तो मलाई लाग्दैन । दिन फरक भए होला समय पक्कै फरक थिएन । फेरी त्यही समयमा फर्कौँ जहाँ हामी एकै फ्रेममा रमाएका थियौँ ।

यो भन्दै गर्दा फेरी केही दिनमा फेरी सुन्न पाइनेछ ‘जेठ ३मा दुई बर्षाको भिडन्त ।’ तर, म भन्छु जेठ ३ गते हाम्रो भिडन्त होइन मिलन हुनेछ हल हलमा । हामी सँगै लाग्दैछौँ । एकै फ्रेममा नदेखिए पनि उही पर्दामा पालो पालो देखिनेछौँ । ‘जात्रै जात्रा’को लागी तिमीलाई शुभकामना ।

यस स्टाटसमा बर्षा राउतको कमेन्ट
Hello Dear ! त्यै त है हामीलाई थाहा नै नपाई एक अर्काको दुश्मनको बिल्ला भिराएछन् ! फुलको आखामा फूलै संसार ! मेरो केहि भन्नु छैन ! मुख्य कुरा हामीले एक अर्का लाई कसरी लिन्छौ भन्ने हो !

हामी आफ्नो आफ्नो काम मा व्यस्त हुदा कुराकानी भेट घाट पातलो भएको पक्कै हो यसको मतलब दुश्मन कुन कोण बाट भयौ भन्ने हरु लाई नै थाहा होला ! हामी कलाकार आज एउटा संग भोलि अर्को संग काम गर्न पर्ने हुन्छ ! हाम्रो आफ्नो भनेको काम हो !

कुन फिल्म कहिले आउने भन्ने हाम्रो कुनै हात हुदैन ! यसमा कुनै हाम्रो गल्ति देख्दिन ! म पनि यहि कुरा सोच्दै थिए तिमीले मेरो मनकै कुरा लेख्यौ ! तिमीलाई पनि बिरबिक्रम २ को शुभकामना ! समग्र मा हामीलाई शुभकामना !बाकी भेटमा है साथी !

भिडियो हेर्नुहोस ।