श्वास प्रश्वास प्रणाली सजिवले श्वास फेर्ने क्रियासँग सम्बन्धित प्रणाली हो। यो सजीवको शरीरको एक अभिन्न प्रणाली हो।शरीरको सबै भागमा श्वास आदान प्रदान गर्नु यस्को मुख्य कार्य हो।
हामीले श्वास जीवनको शक्तिकेन्द्र हो भन्ने जान्दाजान्दै पनि सामान्यतया यसमाथि ध्यान दिदैनौं।

का केही फाइदा यस प्रकार छन्ः

तनाब कम गराउँछ: गहिरो श्वासले शरिरमा अक्सिजनको प्रबाह बढाउछ र तनाब, चिन्ता र त्रास घटाउँछ ।

शरिरबाट बिशको मात्रा निकालिदिन्छ: श्वासप्रश्वासबाट मानिसको शरिरबाट ७० प्रतिशत भन्दा बढी खराब तत्व निस्कासन गरिदिन्छ ।

मनलाई शान्त बनाइदिन्छः अत्यधिक तनाब र चिन्ताले विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छ । गहिरो श्वास लिँदा दिमागमा अक्सिजनको आपूर्ती बढाउँछ र चिन्ताको मात्रा घट्नुका साथै शरिरलाई आनन्द र प्रफुल्ल बनाउँछ ।

अन्य अंगलाई पनि सहयोगः गहिरो श्वास प्रश्वासको व्यायामले मुटु, पेट, लिभर, साना आन्दालाई मसाज गरिदिन्छ र ती अंगमा रक्तप्रबाह गरिदिन्छ ।

वातावरण प्रदुषण बढेसँगै अहिले दम लगायतका स्वासप्रस्वास सम्बन्धि रोग आम समस्या बनिरहेका छन् । बच्चादेखि बुढासम्ममा दमको समस्या देखिन थालेको छ । श्वासप्रश्वासमा ध्यान दिने र यसलाई नियमित गर्ने र स्वास्थ हावामा सामान्य शारीरिक व्यायाम गर्नाले यस्ता समस्याहरु धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ।