पाँचथर – पाँचथरको फिदिम नगरपालिका–१४, स्थित महादेव गुप्तेश्वर माविका शिक्षक लालबहादुर फागोको मन्तव्य राख्ने क्रममा मृत्यु भएको छ । यो समाचार उज्यालो अनलाइनको लागि उपेन्द्र येक्तेनले लेख्नुभएको छ ।

सोमबार विद्यालयका शिक्षक अशोक तिम्सिनाको बिदाइ तथा नवनियुक्त शिक्षक फागोकै स्वागतका लागि आयोजित कार्यक्रममा मन्तव्य राख्ने क्रममा उहाँको मृत्यु भएको हो ।

 

 

 

अचानक बेहोस भएर ढल्न पुगेका फिदिम–११, मूलडाँडा स्थायी घर भएका ३५ वर्षीय शिक्षक फागोको केहीबेरमै मृत्यु भएको बताइएको छ । शिक्षक फागोलाई केही दिनअघि मात्र करारमा नियुक्त गरिएको थियो ।