पाँचथरमा ९ जनाको विभत्स हत्या भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका-३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको हत्या भएको हो ।१ बालिका घाइते छिन् । जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले २ परिवारका ९ जनाको हत्याको जानकारी पाएपछि प्रहरी घटनास्थल जान लागेको जानकारी दिए ।

प्रहरी घटनास्थल पुगिनसकेकाले हत्या गरिएका परिवार र व्यक्तिको पहिचान हुन बाँकी छ । १ बालिका घाइते भएकी छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । विभत्स हत्या कसले, किन गर्यो भन्ने खुलेको छैन ।

 

 

‘घटनाबारे हामीलाई प्रारम्भिक जानकारी आएको छ । अहिले नजिकैको इलाका प्रहरी कार्यालयसँगै जिल्लाबाट टोली घटनास्थलतर्फ लागेको छ’, प्रहरी निरीक्षक अनील पौडेलले अनलाइनखबरसँग भने, ‘प्रहरी घटनास्थल नपुगी यसबारे थप केही भन्न सक्ने अवस्था छैन ।’स्रोत: अनलाइन खबर ।