काठमाडौं, ७ जेठ । अभिनेत्री प्रियंका कार्की फ्रान्सको पेरिसमा छिन । उनि त्यहा जारी कान्स फेस्टिभलमा सहभागी हुन पुगेकी हुन् । विश्वभरका सेलिब्रिटीहरुले आफ्नो सौन्दर्यता प्रदर्शन गर्न आउने कान्समा उनले रेड कार्पेटमा प्रस्तुती दिन भने बाँकी नै छ ।

फ्रान्स पुगेपछि प्रियंकाले केही तस्बिरहरु शेयर गरेकी छिन् । तस्विरहरु निक्कै रोचक छन तर उनले शेयर गरेका उक्त तस्विरमाथि आरोप लागेको छ । किनकी उनि भन्दा केहि दिन अगाडी नै बलिवुड तथा हलिवुड अभिनेत्री प्रियंका चोप्राले उस्तै प्रकारको तस्विर आफ्नो इन्स्टाग्राम मार्फत शेयर गरिसकेकी छिन । प्रियंका चोप्रा ३ वटा तस्विर कान्सलाई जनाएर अपलोड गरेकी छिन भने प्रियंका कार्कीले पनि ३ वटै तस्विर कान्सलाई डेडीकेट गरेर सार्बजनिक गरेकी छिन ।

 

 

फोटोहरुमा उनको स्टाइल दुरुस्तै प्रियंका चोपडासँग मिल्छ । यति सम्म कि पहिरन र तस्विरको ब्यागराउण्ड समेत झन्डै हुबहु छ। दुवैले बाथ टावल लगाएका छन भने प्रियंका कार्कीले अझ ओपन भएर तस्विर खिचाएकी छिन । तस्विरलाई कपि गरेको भनेर उनका फ्यानहरुले आलोचना पनि गरेका छन् भने कत्ति फ्यानहरुले यसलाई सकारात्मक रुपले नै लिनु पर्ने बताएका छन ।

नायिका प्रियंका कार्की ‘कान्स फिल्म फेस्टिभल २०१९’ को रेड कार्पेट समारोहमा नेपालबाट सहभागी हुन लागेको पहिलो कलाकारसमेत हुन्। कार्कीले फेसबुकमा भनेकी थिईन,

‘विश्वमाझ नेपालको प्रतिनिधित्व गर्न कान्स फिल्म फेस्टिभल २०१९ ले हामीलाई मौका दिएर नेपाललाई सम्मान गरेको छ। यो एउटा सपना पनि थियो र अब पुरा हुँदैछ।’ सिवांगीले डिजाइन गरेको ड्रेसमा देखिने उनी प्रियंका कान्समा फिल्म फेस्टिभलमा चारवटा इभेन्टहरुमा सहभागी हुने बताएकी छिन्।

प्रियंका कार्कीका तास्विरहरु हेर्नुहोस :

 

 

 

 

 

 

प्रियंका चोप्राका तस्बिरहरु: