२०७२ साल बैसाख १२ गतेको विनाशकारी भूकम्पले ठूलो जनधनको क्षती गर्यो । भुकम्प पश्चात सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले भूकम्प पीडितहरुका लागि विभिन्न राहतका कार्यक्रम घोषणा गरे । भुकम्प गएको तीन बर्ष वितिसक्दा पनि राज्यले पूर्ननिर्माणकाे काम उल्लेखनीय ढंगले सम्पन्न गर्न सकेको देखिदैन ।

कयौं भुकम्प पीडित अहिले पनि खुला आकाश मुनि बास बस्न बाध्य छन् । राहतको नाममा आएका पालहरु समेत केही राजनीतिजीवि र कर्मचारीले दुरुपयाेग गरेकाे सर्वसाधरणहरुले भोगेकै हुन् ।

 

 

भुकम्प पीडितका लागि मलम दिने उद्धेश्यले नायिका श्वेता खड्काले श्वेता श्री फाउण्डेशन मार्फत सिन्धुपाल्चोकको माझि बस्तीमा पूर्ननिमार्णको काम गर्ने अठोट गरिन । त्यो कुनै सरल र सहज थिएन । उनले माझि बस्ती निर्माणको जिम्मा लिदैं गर्दा उनलाई कतिपयले उपहास गरे । नायिका खड्काले गत शुक्रबार फेसबुक स्टाटटस लेख्दै माझि बस्ती निर्माणको बारेमा जानकारी दिएकी छिन् ।

यस्तो थियो उनको स्टटास !
भुकम्प पिंडित ५३ घर माझी घरको चाहना र मेरो सपना अनी तपाईं हामी सबैको साझा योजना ! अहिले ५३ परिवारको लागि आवास निर्माण सकिएको छ । अब अन्य आवश्यक भौतिक पुर्वाधारहरु जस्तै बाटो, सामुदायिक भवन, स्वागत मुल गेट, बाल बगैंचा, मन्दिर लगायतका संरचना बनाउने कार्यको सुरुवात गर्दैछौ ।निर्माण कार्य सकिए पस्चात यस्तो देखिनेछ एकीकृत नमुना माझी बस्ती । आउनुस्, एउटा सुन्दर समाज निर्माणको कार्यमा हामी सबैले हात्तेमालो गरौ ।

भिडियो हेर्नुहोस ।

* १८ वर्षपछी लेखियो ‘दरबारको दुःखान्त’, १७ वर्ष दरबारमा बिताएका रानाले पुस्तकमा के लेखे ?

दरबार हत्याकाण्डमा गोली चल्दै गर्दा नारायणहिटीमा प्रवेश गर्ने शाही पाश्र्ववर्ती (एडिसी) सुन्दरप्रताप रानाले १८ वर्षपछि लेखेको ‘दरबारको दुःखान्त’ पुस्तक बजारमा आउने भएको छ । दरबार हत्याकाण्ड र राजपरिवारसँग आफ्नो सम्बन्धमा आधारित रहेर उनले पुस्तक लेखेका हुन् । तत्कालीन राजा, रानी र युवराजको पाश्र्ववर्तीका रूपमा १७ वर्ष दरबारमा बिताएका रानाले पुस्तकमा दरबारबारे आफ्नो अनुभव सार्वजनिक गर्न लागेका हुन् । किताब पब्लिसर्सले प्रकाशन गरेको सो पुस्तकका केही सन्दर्भ यस्ता छन् :

त्रिभुवन सदनभित्र पस्दा मान्छे पूरै सोत्तर भएर लडेको देखेँ,
स्वचालित हतियार नियन्त्रण गर्न स्वचालित हतियारै चाहिन्थ्यो । तर, गजेन्द्र (दीपेन्द्रका एडिसी)ले अटोमेटिक हतियार ल्याउलान् भनेर पर्खिरहने समय थिएन, म आफ्नो ‘होल्स्टर’मा रहेको पिस्तोल निकाल्दै बिलियर्ड हलतिर दगुरिहालेँ । दगुर्दै जाँदा झ्यालबाट मेरा आँखा हलभित्र सरर्र पुगे, मान्छे पूरै सोत्तर भएर लडेको देखेँ ।

बिलियर्ड टेबलनजिक वीरेन्द्र सरकारको शरीर समातेर पूर्वअधिराजकुमार धीरेन्द्रका ज्वाइँ डा। राजीव शाही बस्नुभएको थियो । त्यहाँ छिर्ने एउटै मात्र ढोका पूर्वतिर थियो, प्यासेजपट्टि अलिकति घुमेर जानुपथ्र्यो । म दगुर्दै भित्र पुग्दा केही क्षणअघि मात्र देखिएका डा. शाही त्यहाँ हुनुहुन्नथ्यो । त्यसवेला हलको बाहिरपट्टि गोली चल्दै थियो । हलभित्र पुग्दा भएभरका मानिस भुइँमा लडेका देखेँ । त्यो रगताम्मे माहोलमा सुरुमा त तिरिमिरी भयो । तर, तत्कालै आफूलाई सम्हालेँ ।

को–को लडे र कसलाई के–के भयो भनेर सोच्ने–हेर्ने समय थिएन । एक–एक सेकेन्डको महत्व थियो । मेरो ध्यान महाराजाधिराजतिर मात्र केन्द्रित थियो । लडेका मानिसलाई नाघ्दै म सरकार भएको ठाउँमा पुगेँ । सरकारलाई गोली लागेको प्रस्ट भइसकेको थियो । बिलियर्ड टेबलनजिक भुइँमा ढलेका राजालाई कसरी बाहिर निकाल्ने र अस्पताल लैजाने भन्ने कुरा मेरा लागि मुख्य चुनौती बन्यो ।

* २६ बर्षिया सेलेनाले ६८ बर्षे सेलेना संग बिहे गर्ने

सेलेना गोमेजले ‘द डेड डोन्ट लाइ’ का सहकर्मी बिल मुर्रेसँग विवाह गर्न लागेको जानकारी इन्टाग्राममार्फत् दिएकी छिन् । गायिका एवं नायिका आफ्नो पहिलो कान्स फिल्म फेस्टिबलमा उपस्थिती जनाएपछि घर फिर्ता भएकी छिन् ।

कान्स फिल्म फेस्टिबलको रेड कार्पेटमा हिँड्दाको अनुभव साझा गर्न सेलिनाले इन्स्टाग्रामको सहारा लिएकी छिन् । उनले बिहिबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखेकी छिन्, ‘म यो फिल्मको सदस्य हुन पाउँदा निकै भाग्यमानी महसुस गरिरहेकी छु । अँ साँच्ची, म र बिल मुर्रे विवाह गर्दैछौं ।’

कान्सको रेड कार्पेटमा बिलले गोमेजसँग कानेखुसी गरिरहेको देखेपछि यी दुईको प्रेम सम्बन्धबारे विभिन्न समाचार प्रकाशित भएका थिए । उनीहरु एक–अर्काको हात समातिरहेको पनि भेटिएका थिए ।

६८ वर्षे मुर्रेले भ्यानिटी फेयरसँगको कुराकानीमा गोमेजको निकै तारिफ गरेका थिए । उनले भनेका थिए, ‘मलाई उनी निकै मनपर्छ । उनी निकै तीक्ष्ण छिन्, असाध्यै दयालु पनि । आफूलाई मनपर्ने पप आइकन भेटिँदा निकै खुसी छु ।’

यद्यपी, पिंकभिल्लाका अनुसार सेलेनाको मुर्रेसँग विवाह गर्ने भन्दै ठट्टा मात्र गरेकी हुन् । एजेन्सी