६१ बर्षमा बुलेट उडाउने आमा – भन्छिन मेरो स्पीड अलि बढी छ कमैले मलाई भेटाउछ्न (भिडियो हेर्नुहोस)
हाम्रो जस्तो पुरुषप्रधान समाजमा यस्तो मान्यता छ। महिलाले बाइक लिएर हिँड्दा टक्क अडिएर जिब्रो टोक्दै ओहो!! भन्नेहरू अहिले पनि प्रशस्तै भेटिन्छन। हेभी बुलेट बाइकको भुटुटु.. आवाजमा सवार पुष्पलटा आचार्य र लक्ष्मी खतिवडालाई देखेर समाज अवाक हुन्छ।

साझा यातायात चालक रेबिका थापालाई देखेर चकित हुन्छ। त्यस्तै डोजरको सिटमा बसेर डाँडो खारिरहेकी मुना घिमिरेलाई देखेर आश्चर्यचकित हुन्छ।उनीहरू जस्ता धेरै महिला यो समाजमा छन हाम्रो जस्तो पुरुषको वर्चस्व रहेको समाजलाई थप अवाक्च कित र आश्चर्य चकित बनाएका छन।

 

 

६१ वर्षिया पुष्पलता आचार्य आफूलाई कतै जानुपर्यो भने बुलेट बाइकनै प्रयोग गर्छिन। आफ्नो छोरा हरुसँग राइडमा गएको बेला स्कुटर चलाउँदा आफूलाई दुख लागेको उनी बताउँछिन। स्कुटर चलाउँदा अरुले उछिनेर जाँदा मनमा खिन्न भयो अनि बाइक सिके आचार्यले भनिन्।

आफ्नो टोलमा सिक्न अफ्ठयारो महशुश भएका कारण उनले पृथ्वी राजमार्गमा बाइक कुदाउन सिकिन। अहिले उनी छोरासँगै उनका साथीहरुसँग राइडमा गइरहन्छिन। हालै अब भारत जाने सोच बनाएको उनले भनिन् । उनी बाइक को गतिबारेमा भन्छिन्मेरो स्पिड अलि बढि छ। मलाई कमै व्यक्तिले उछिनेर अघि बढ्छन। उनले बाइकबाटै १६ वटा जिल्ला घुमिसकेकी छन।

उनले बुलेट बाइक यात्रा छोराको लागी चलाएको बताउछिन् भन्छिन बाइक चढेरै १६ जिल्ला घुमे उनले ज्वरो आएर सुत्दा पनि सपनामा बुलेट चढेको सपना दखेको बताएकी छन।उनले बुलेट सिक्नकै लागी सिधै लामो यात्रामा गएकी थिइन। भन्छिन कमै व्यक्ति ले मात्र मलाई उछिनेर हिड्छन। उनी इन्डियाका सबै जसो प्रान्त बाइकमा एक्लै चढेर आफै चलाएर घुमेकी छन।

भिडियो हेर्नुहोस ।