नेपाली म्युजिक भिडियोहरु दिनानुदिन हेर्नलायक बन्दै गैरहेको समयमा अर्को नयाँ म्युजिक भिडियो ‘पिरतिमा यस्तै हुन्छ रे’ सार्बजनिक भएको छ । यस गितमा मोडल तथा अभिनेता आकाश श्रेष्ठ र बर्षा राउतको अभिनय रहेको छ । सागर आले र मेलिना राईको आवाज रहेको गीत उत्कृष्ट बनेको छ ।

यस गितमा अनुभव रेग्मी र सेड्रिना शर्मा पनि देखिएका छन् ।
मेलिना राई नेपाली सङ्गीत क्षेत्रमा सुपरिचित नाम हो । करिब एक दशकको साङ्गीतिक यात्रामा उनले धेरै चर्चित गीत गाइसकेकी छन् । उनको आवाज रहेको ‘कुटुमा कुटु’ युट्युवमा करोडौ पटक हेरिसकिएको छ । त्यस्तै उनका ‘नाच फिरिरी’, ‘पिरिम नलाउने’ लगायतका दर्जनौ गीत लाखौँ पटक हेरिएको छ ।

 

 

त्यस्तै नेपाल आइडलको पहिलो सिजनबाट गायन क्षेत्रमा प्रवेश गरेका सागर आलेका पनि ‘पल्ला घरकी कान्छी नानी’, ‘पल्ला घरे काका’, ‘रोधीमा आको’ लगायतका गीत आइसकेका छन् । उनी नेपाल आइडलको अन्तिम चार सम्म पुग्न सफल भएका थिए ।

शुक्रबार सार्वजनिक भएको ‘पिरतिमा यस्तै हुन्छ रे’ मा भुवन न्यौपानेको शब्द, टिका दाहालको सङ्गीत रहेको छ भने सङ्गीत एरेन्ज अमृत ल्वागुनले गरेका हुन् । प्रेमिल भावमा रहेको गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन्, सुबोइ थापा गीतका छायांकार हुन् ।

 

 

Piratima Yestai Hunchha Re
Singer: Sagar Ale magar/Melina Rai
Lyrics: Bhuban Neupane
Music: Tika Dahal

 

Music Arranger: Amrit Lwagun
Mixing & Mastering: Maheswor Rajbhandari
Artists: Aakash Shrestha/Barsha Raut/Anubhab Regmi/Sedrina Sharma

 

MUA: Sabina Gurung
Choreographer: Subol Thapa
DOP: Hari Humagain
Color: Ujjwal Dhakal
Edit: Prabin Shrestha
Direction: Nikesh Khadka (भिडियो हेर्नुहोस)